काठमाडौं। काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। शुक्रबार बिहान ७ बजेर २० मिनेततिर भूकम्पको धक्का महसुस गरिएको हो। चीनको तिब्बत केन्द्रविन्दु भएर ६.२ म्याग्निच्युड स्केलकाे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पको धक्का नेपालका पूर्वी पहाडी क्षेत्रमा पनि महसुस भएको छ । मापन केन्द्रका अनुसार ताप्लेजुङभन्दा माथिको क्षेत्रमा केन्द्रबिन्दु भएकाले नेपालका पूर्वी पहाडी जिल्लामा यसको धक्का महसुस भएको हो ।