बारा । सशस्त्र प्रहरी बल १७ नम्बर गुल्म, राजश्व चुहावट नियन्त्रण कार्यालय पथलैयामा कार्यरत सशस्त्र प्रहरी जवान विमल भण्डारी झुण्डिएको अवस्थामा फेला परेका छन् । उनी कार्यरत गुल्मको हाता भित्रै झुण्डिएको अवस्थामा भण्डारीको शव फेला परेको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख, प्रहरी नायब उपरिक्षक गोविन्द पुरीले जानकारी दिए ।
राती डिउटी गरेका भण्डारीलाई बिहान साथीहरुले मृत भेटेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी नायब उपरिक्षक पुरीले जानकारी दिए ।