प्याब्सनको आकस्मिक बैठक : भोलिबाट पर्साका सम्पुर्ण निजी विद्यालय बन्द हुने
वीरगंज संजाल
६ चैत्र २०७६, बिहीबार ११:०८
२९७१
वीरगञ्ज | केही बेर अघि सम्पन्न प्याब्सन पर्साको आकस्मिक बैठकले प्याब्सन पर्सा अन्तर्गत रहेका सम्पुर्ण विद्यालयहरु अर्कोे सुचना जारी नहुन्जेल सम्मका लागि बन्द गर्ने निर्णय गरेको प्याब्सन पर्साका अध्यक्ष डा.हरिशंकर शाहले बताएका हुन् । केही विधालयमा अन्तिम परिक्षा जारी रहेपनि सम्पुर्ण विद्यालयहरु बन्द गर्न प्याब्सन पर्साले रुलिंग गरेको छ ।
कोरोना संक्रमणको कारण देखाउँदै माध्यमिक तह परीक्षा एसईई अर्को सुचना जारी नहुन्जेल सम्मका लागि स्थगित भएको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।