चन्द्रागिरीमा १७ बर्षीया किशोरीलाई ट्रकभित्र सामुहिक बलात्कार गर्ने तीनजना पक्राउ
वीरगंज संजाल
५ चैत्र २०७६, बुधबार १६:१५
५२१७
काठमाडौं । प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिका १५ तीनथानाबाट सामुहिक बलात्कार गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत थानकोट र महानगरीय प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरी टोलिले सामुहिक बलत्कार गरेको आरोपमा ३ जनालाई बुधबार गरेकाे हो ।
पक्राउ पर्नेमा जिल्ला दाङ राप्ती गाउँपालिका वडा न १ घर हुने बर्ष २४ को संजय घर्ती मगर, जिल्ला सिन्धुली सुनकोशी गाउँपालिका वडा न ९ का बर्ष १९ को पासाङ तामाङ, जिल्ला रामेछाप गोकुलगंगा गाउँपालिका वडा न। २ घर हुने बर्ष १९ को कपिल खडका रहेका छन् । महानगरीय प्रहरी बृत थानकोटका प्रमुख डिएसपी घनश्याम श्रेष्ठका अनुसार तिनथानास्थित गस्ति गर्ने क्रममा वर्ष १७ की एक वालिकालाई अपरिचित ३ जना व्यक्तिहरूले जवर्जस्ती करणी गरेको सुचनाको आधारमा प्रहरी टोलिले उक्त घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल नियन्त्रणमा लिएको बताए ।
प्रारम्भिक अनुसन्धानको क्रममा तिनजनाले बालिकालाई उक्त स्थानमा सडक किनारामा पार्किङ्ग गरी राखेको ना ३ ख ६९४ नम्बरको ट्रकको अगाडिको भागमा लगी जबरजस्ती करणी गरेको थिए । प्रहरीले पक्राउ गरेका तीनजनालाई मुलुकी अपराध संहिता २०७४ को करणी सम्वन्धि कसुरमा कारवाही गरिने बताएको छ ।