काठमाण्डाै | नेपालमा चार सय ९६ जनाकाे स्वास्थ्य परीक्षण गर्दा एक जनाबाहेक अरु सबैमा काेराेना भाइरस (काेभिड–१९) काे सङ्क्रमण नपाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसअघि गएको माघ ९ गते चीनबाट आएका एक जनामा कोरोना भएको पुष्टि भएको थियो । अहिले ती व्यक्ति पनि निको भएर काममा फर्किसकेकाले नेपालमा कोरोना सङ्क्रमित नरहेकाे विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।
यसैबीच काठमाण्डाैको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा अझै पनि चार जना आइसोलेशन अर्थात् डाक्टरको निगरानीमा राखिएकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभयो ।
अहिलेसम्म डाक्टरको निगरानीमा राखिएका ५२ जनालाई कोरोना नभएको पाइएपछि घर पठाइएको पनि उहाँले जानकारी दिनुभयो ।
साथै सरकारले कोभिड–१९ काे रोकथाम तथा नियन्त्रणका लागि स्वयंसेवक परिचालन गर्ने भएको छ । स्वयंसेवक परिचालनको लागि सबै पालिका र वडामा स्थानीय समन्वय समिति गठन गर्न सरकारले निर्देशन दिएको छ ।
समितिमा शिक्षक, विद्यार्थी र कर्मचारीलाई राखेर स्वयंसेवकको रुपमा परिचालन गर्न पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निकालेको सूचनामा भनिएको छ ।