सिरहा | सिरहाको अर्नमा गाउँपालिका १ महनौरमा घरको छतबाट लडेर एक बालकको मृत्यु भएको छ । आफ्नै घरको छतमा खेलिरहेको अवस्थामा लडेर स्थानीय मोहमद वारिदको ५ वर्षीय छोरा रहमान अन्सारीको मृत्यु भएको हो ।
छतबाट लडेर गम्भीर घाइते रहमानलाई उपचारको लागि लहान अस्पताल लगेपनि उनको बाटैमा मृत्यु भएको अस्पतालले जनाएको छ । बालकको टाउकोमा गम्भीर चोटलागेको अस्पतालले जनाएको छ । रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पताल लहानमा पोष्टमार्टम पछि शव आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।