मलेसिया १४ दिनकाे लागि बन्द जनताहरू खानेकुरा जाेहाे गर्ने हत्तारमा
वीरगंज संजाल
४ चैत्र २०७६, मंगलवार ०६:३४
१४७५९
मलेसिया । दिनदिनै सयाैंकाे संख्यामा काेराेना भाईरसका बिरामि बढ्न थालेपछि मलेसियन सरकारले मार्च १८ तारिक देखि ३१ तारिक सम्मकाे लागि बाहिरि जनजीवनमा प्रतिबन्ध लगाउने भएकाे छ ।
आजै मात्र मलेसियन प्रधानमन्त्रि मुयाद्दिन यासिनले जनताकाे नाममा संबाेधन गर्दै काेराेना भाईरसका कारण यश कदम चाल्नु परेकाे बताए । बाहिरि जनजीवन प्रतिबन्धमा सामुहिक भेटघाट, धार्मिक, खेलकुद, सांस्कृतिक कार्यक्रमहरू रहेका छन् भने अन्य ब्यापारिक संस्थाहरू पनि बन्द गर्नुपर्नेछ । तर, जनतालाई अत्यावश्यक सामान बेच्ने पब्लिक मार्केट, औषधी पसल, खाद्यान्न पसलहरू भने खुल्ला रहनेछन् ।
त्यसैगरि मलेसिया प्रवेश गर्ने जाेकाेहि ले १४ दिन अनिवार्य क्वारेन्टाईनमा बस्नुपर्नेछ भने मलेसिया घुमघाम गर्न आउने जाेकसैलाई प्रतिबन्ध गरिएकाे छ । त्यसैगरि बिद्यालय, कलेज, ट्रेनिङ सेन्टरहरू पनि बन्द रहनेछन् भने मलेसियाका अत्यावश्यक कार्यालयहरू बाहेक अन्य सरकारि संस्था पनि बन्द रहनेछन् । प्रधानमन्त्रिकाे यश घाेषणासँगै मलेसियामा खाद्यान्न पसल, सुपरमार्केट, पब्लिक मार्केटहरूमा खानेकुरा जाेहाे गर्नकाे लागि मानिसहरूकाे भिड लाग्न थाली सकेकाे छ । साभार