• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    ग्यासको आयात औसत खपतभन्दा बढी

  • वीरगंज संजाल
  • ३ चैत्र २०७६, सोमबार २३:५४
  • ४३२१

    वीरगञ्ज । बजारमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि केही दिनअघि नेपाल आयल निगमले एउटा सूचना निकाल्यो । सूचनामा उल्लेख थियो– खाना पकाउने ग्यासको औसत मासिक खपत ३८ हजार मेट्रिकटन (मेट) मात्रै हो । ग्यास किनेर सञ्चय नगर्न उपभोक्तालाई आग्रह गर्दै निगमले बढ्दो मागलाई ध्यानमा राखेर आपूर्ति परिमाण ४५ हजार मेट पुर्‍याउने पनि बतायो ।

    ग्यास आयातको तथ्यांक हेर्ने हो भने एउटै वीरगञ्ज नाकाबाटै भित्रिएको परिमाणले देशको खपत धान्ने देखिन्छ । गत फागुन महीनामा वीरगञ्ज नाकाबाट मात्रै ३८ हजार मेट ग्यास आएको वीरगञ्ज भन्सारले बताएको छ । तर, बजारमा उपभोक्ताले सहज रूपमा ग्यास पाएका छैनन् ।

    भन्सार नाकाबाट भित्रिने खाना पकाउने ग्यासको परिमाण बढेको बढ्यै छ । सरकारले ग्यासको आपूर्ति बढाइएको बताए पनि ग्यास विक्रेताकहाँ उपभोक्ताको लाम घटेको छैन ।

    ग्यास भित्रिने मुख्य नाका वीरगञ्ज आसपासका क्षेत्रमा समेत ग्यास किन्न उपभोक्ता लाइनमा बसेको देखिन्छ । २०७२ सालको नाकाबन्दीपछि पहिलोपटक यस्तो दृश्य देखिएको हो ।

    विश्वभरि त्रास बनेको कोरोना भाइरस (कोभिड १९) संक्रमणविरुद्ध सतर्कता बढेसँगै बजारमा ग्यासलगायत उपभोग्य वस्तुको अभाव देखिन थालेको छ । नाका बन्द र आपूर्ति असहज हुने आशंकाबीच व्यापारीहरूले चलखेल गरेका छन् ।

    वीरगञ्ज भन्सारका सूचना अधिकृत विमल साहका अनुसार फागुन महीनामा वीरगञ्ज नाकाबाट ग्यास आयात बढेको छ । माघमा ३७ हजार मेट आयात भएकोमा फागुनमा यो परिमाण ३८ हजार मेट पुगेको हो ।

    आइतवार यो नाकाबाट ९० बुलेट ग्यास आएको छ । शनिवार ग्यासका ३० बुलेट भित्रिएका थिए ।

    उद्योगी र विक्रेताको मिलेमतोमा कृत्रिम अभाव सृजना गरिएको आरोप उपभोक्ताको छ । खुलेआम ग्यासको अभाव देखिँदासमेत सरकारले प्रभावकारी नियमन गर्न नसकेको गुनासो उनीहरूको छ ।

    अभाव सृजना गरेर विक्रेताले प्रतिसिलिन्डर १ सय रुपैयाँसम्म महँगोमा बेचेको उपभोक्ताले बताए ।

    वीरगञ्जस्थित मनोज ग्यास उद्योगका सञ्चालक मनोज दासले ग्यास आपूर्तिमा कुनै समस्या नरहेको बताए । ग्यासको आयात र उत्पादनमा कमी नआए पनि बजारमा विक्रेताले बदमासी गरेको आशंका उनको छ । ‘हामीले साविक परिमाणमै पठाइरहेका छौं । विक्रेताले बदमासी गरेका हुन सक्छन्,’ दासले भने । ग्यास विक्रेता भने उद्योगले आवश्यक परिमाणमा ग्यास उपलब्ध नगराएको बताउँछन् । अभावको हल्लाका कारण उपभोक्ताले ग्यास सञ्चित गर्दा पनि समस्या भएको उनीहरूको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑