• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / अर्थतन्त्र

    पर्यटक नआउँदा बिकेनन् हस्तकलाका सामग्री

  • वीरगंज संजाल
  • ३ चैत्र २०७६, सोमबार २३:५३
  • ६५८१

    काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण नेपालमा विदेशी पर्यटक आउन नसकेपछि हस्तकलाको व्यापार लगभग ठप्प जस्तै भएको छ । साथै, मेटलक्राफ्ट, फेल्ट, पश्मिनाजस्ता हस्ताकलाका विभिन्न सामग्रीको निर्यातमा पनि ह्रास आउन शुरू गरिसकेको छ ।

    कोरोना भाइरसका कारण विदेशी पर्यटक नआउँदा ठमेल, बौद्ध, पाटनजस्ता पर्यटक स्थल सुनसान भएका छन् । फलस्वरूप ती स्थानका पसलमा राखिने हस्तकलाका सामग्री बिक्न छोडेका छन् । नेपाली नागरिकले पनि केही मात्रामा हस्तकलाका सामग्री किन्छन् । नेपालीले विदेशमा जाँदा पनि चिनोका रूपमा हस्तकलाका सामान लैजाने गर्छन् । तर, त्यो निकै सानो परिमाणको हुने व्यवसायीको भनाइ छ । अहिले नेपालीहरू पनि विदेश जान सक्ने अवस्थामा छैनन् । यसरी हस्तकलाको आन्तरिक व्यापार लगभग ठप्प जस्तै भएको व्यवसायीहरू बताउँछन् ।

    नेपालको आन्तरिक बजारमा वार्षिक रू. ६ अर्ब बराबरको हस्तकलाका सामग्री विक्री हुन्छ । तर, यो वर्ष आन्तरिक व्यापारमा ठूलो मात्रामा ह्रास आउन सक्ने व्यवसायीहरूको भनाइ छ ।

    व्यवसायीहरूका अनुसार हस्तकलाका सामग्रीको निर्यातमा पनि करीब ७० प्रतिशतले ह्रास आइसकेको छ । नेपाल हस्तकला महासंघका अनुसार नेपालबाट वार्षिक ११ अर्बदेखि १५ अर्ब बराबरको हस्तकलाका सामग्री निर्यात हुन्छ । तर, यो वर्ष हस्तकलाका सामग्रीको निर्यातमा ह्रास आउन थालेको महासंघको अनुमान छ । नेपाली हस्तकला सामग्रीको ठूलो बजार भनेको अमेरिका, चीन र यूरोपेली मुलुक हुन् । तर, ती मुलुकमा कोरोनाको संक्रमण पैmलिएको छ । फलस्वरूप ती मुलुकसँगै अन्य देशले पनि कोरोनाबाट बच्न विदेशी सामानको आयातमा कडाइ गर्दा नेपालबाट हस्तकलाका सामग्री पनि जान नसकेको बताइन्छ ।

    कोरोनाकै कारण हस्तकलाका लागि आवश्यक कच्चा पदार्थ नेपालमा भित्रिन पनि सकेको छैन । हस्तकला सामग्रीका अधिकांश कच्चा पदार्थ चीनबाट आयात हुने गर्छ । तर, कोरोनाका कारण विगत २ महीनादेखि चिनियाँ नाका बन्द हुँदा यस्तो कच्चा पदार्थ उतै रोकिएका छन् । फलस्वरूप हस्तकलाका सामग्री उत्पादनमा समेत ह्रास आएको महासंघको भनाइ छ ।

    महासंघका अध्यक्ष सुरेन्द्रभाइ श्रेष्ठले कोरोना भाइरसका कारण हस्तकला व्यवसाय क्षेत्र नमज्जाले प्रभावित भएको बताए । ‘हस्तकला व्यवसायीका लागि ठूलो बजार विदेशी पर्यटक र मुलुक हुन् । तर, विदेशी पर्यटक नआउँदा व्यवसायमा ह्रास आउन थालिसकेको छ,’ उनले भने, ‘कामदारहरूलाई तलब दिन पनि नसक्ने स्थिति छ ।

    पसलमा काम केही नभएपछि कामदारहरू अन्य क्षेत्रमा काम खोज्न थालेका छन् ।’ उनका अनुसार हस्तकला क्षेत्रमा करीब ११ लाख कामदार कार्यरत छन् ।

    महासंघका निवर्तमान अध्यक्ष धर्मराज शाक्यले कोरोना भाइरसको त्रासले विदेशी मुलुकहरूका नाका बन्द भएपछि नेपालबाट हस्तकलाका सामग्रीको निर्यात हुन नसकेको बताए । ‘पहिलेको तुलनामा अहिले निर्यात भएको छैन नै भन्दा पनि हुन्छ । तर, फाट्टफुट्ट निर्यात भएको पाइन्छ,’ उनले भने, ‘कोरोनाको त्रासले हामी आफै पनि सामान लिएर विदेश जान सकेका छैनांै । फलस्वरूप, कोरोनाका कारण हस्तकला व्यवसाय एकदमै प्रभावित भएको छ ।’

    यस्तै, नेपाल हस्तकला कालीगढ संघका अध्यक्ष हरि सिन्चुरी विकले कोरोना भाइरसका कारण साना तथा मझौला व्यवसायी पनि समस्यामा परेको बताए । ‘व्यापार नै नभएपछि काम धन्दा हुन सकेको छैन । फलस्वरूप ठूला व्यवसायीसँगै साना व्यवसायी पनि मर्कामा परेका छन्,’ उनले भने, ‘मेटलक्राप्mट सामग्री सबैभन्दा बढी चीनमा निर्यात हुन्छ । तर, कोरोनाका कारण यसको निर्यात गर्न सकिएको छैन ।’

    कोरोना भाइरसले हस्तकला व्यवसाय क्षेत्र प्रभावित भएपछि व्यवसायीहरूले बैंक ब्याजदर तथा करका विषयमा सहुलियतपूर्ण प्याकेज लिइनुपर्ने बताएका छन् । ‘व्यापार नभएका कारण कर तिर्नेे अवस्था पनि छैन । यो चैत मसान्तसम्म तिर्नुपर्ने करको समय अवधि बढाउन आवश्यक छ,’ संघका अध्यक्ष विकले भने, ‘साथै, बैंकबाट कर्जा लिएका व्यवसायीलाई पनि ब्याजमा सहुलियत दिने नीति सरकारले ल्याउनुपर्छ ।’

    तयारी पोशाक उद्योग पनि समस्यामा 
    कोरोना भाइरसका कारण तयारी पोशाकका लागि चाहिने कच्चा पदार्थ पनि आयात हुन सकेको छैन । नेपालमा विशेष गरी चीन, ताइवान, दक्षिण कोरियाबाट हस्तकलाका लागि कच्चा पदार्थको आयात गरिन्छ । तर, चीन र कोरियामा कोरोनाको संक्रमण जारी रहेकाले त्यहाँबाट यसको आयात गर्न सकिएको छैन ।

    नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष चण्डीप्रसाद अर्यालले यस्तो कच्चा पदार्थको आयात नभएको पुष्टि गरे । ‘यसअघि आएको कच्चा पदार्थबाट नै अहिलेसम्म उत्पादन भइरहेको छ । तर, अहिले भने उद्योगहरूले कच्चा पदार्थ नपाएको गुनासो आइरहेको छ,’ उनले भने, ‘कोरोनाकै कारणले कच्चा पदार्थ भित्र्याउन सकिएन भने अबको २ हप्तामा उद्योगहरू बन्द गर्नुपर्ने अवस्था आउन सक्छ ।’

    नेपालमा उत्पादन हुने तयारी पोशाक यूरोप, अमेरिका र अस्ट्रेलियामा निर्यात हुने गरेको छ । पछिल्लो १० दिनदेखि तयारी पोशाकको निर्यातमा पनि ह्रास आउन थालेको उनी बताउँछन् । विगत ५ आर्थिक वर्षको तथ्यांक हेर्दा नेपालबाट वार्षिक ६ अर्ब बराबरको तयारी पोशाक निर्यात हुने गरेको छ ।
    सम्बद्ध निकायले आवश्यक कच्चा पदार्थ देशमै उत्पादन गर्ने व्यवस्था गरेमा प्रतिकूल अवस्थामा पनि अरूको भर पर्नु नपर्ने उनको भनाइ छ । सरकारले कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्ने आश्वासन दिए पनि त्यसतर्फ काम नभएको उनले बताए ।

    तर, कोरोनाले कार्पेट व्यवसायमा भने ठूलो असर नगरेको उद्योगीहरू बताउँछन् । नेपाल कार्पेट संघका प्रमुख कार्यकारी अधिकृत अमृत तामाङले कार्पेट दैनिक उपभोग्य वस्तु नभएका कारण समस्या नदेखिएको बताए । ‘केही हदसम्म कच्चा पदार्थको आयातमा असर परेको छ । तर, त्यसले खासै असर गर्दैन,’ उनले भने, ‘यद्यपि, पछिल्लो समय कोरोनाको त्रास बढ्दै गएकाले निर्यातमा असर पर्न सक्छ । तर, तत्काललाई भने कुनै समस्या छैन ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम
  • पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    News

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    News

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑