• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    होमपेज / देश

    एसईई परीक्षामा विशेष सावधानी

  • वीरगंज संजाल
  • ३ चैत्र २०७६, सोमबार २३:४६
  • ५९३९

    काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणबाट जोगिन तथा सहज रूपमा विद्यार्थीलाई एसईई परीक्षा दिने प्रबन्ध मिलाउन परीक्षा केन्द्रमा विशेष सावधानी अपनाइने भएको छ । झण्डै पाँच लाख विद्यार्थी सहभागी हुने तथा लाखौँ अभिभावकको चासो हुने एसईईका विद्यार्थीलाई मानसिक रूपमा परीक्षाका लागि तयार पार्न पूर्णसरसफाइ, विद्यार्थीको स्वास्थ्य परीक्षण, परीक्षामा अनावश्यक भीडभाड हुन नदिने लगायतका योजना कार्यान्वयन गर्ने तयारीमा परीक्षा केन्द्र जुटेको बताइएको छ ।

    विद्यालयमै नर्सको सुविधा
    ललितपुरको आदर्श शौल युवक माध्यमिक विद्यालयमा झण्डै डेढ वर्षअघि स्टाफ नर्सको स्थायी दरबन्दी नै व्यवस्था गरिएपछि विद्यार्थीको दैनिक उपचारका साथै एसईई परीक्षामा समेत सहज हुने भएको छ । प्रदेश सरकारको ‘एक विद्यालय एक स्टाफ नर्स’ कार्यक्रम अन्तर्गत विद्यार्थीले स्टाफ नर्सको सुविधा पाएका हुन् ।
    विद्यालयका प्रधानाध्यापक सरोज आचार्यले विद्यार्थीलाई समस्या भएको अवस्थामा विद्यालय भित्रकै क्लिनिकमा उपचार गर्न सक्ने सुविधा रहेको जानकारी दिनुभयो । एसईईलाई दृष्टिगत गरेर आफूहरूले तयारी सुरु गरेको जानकारी उहाँले दिनुभयो । विद्यार्थीले तीन घण्टा परीक्षा र झण्डै एक घण्टा परिसर वरपरमा बिताउने भएकाले भाइरसबाट सावधान हुनुपर्ने जरुरी भएको उहाँले बताउनुभयो । विद्यालयमा चउर, शौचालय, पानीको धारा भ¥याङ लगायतका धेरै प्रयोग हुने क्षेत्रमा विशेष सरसफाइ गरिएको र यसलाई दैनिक निरन्तरता दिइने प्रधानाध्यापक आचार्यको भनाइ छ । विद्यार्थी बिरामी भएको अवस्थामा परीक्षण गरी उनीहरूलाई अलग्गै कोठामा परीक्षा लिने प्रबन्ध मिलाइएको जानकारी उहाँले दिनुभयो ।

    डेस्कबेन्चको समेत सरसफाइ
    कलङ्कीस्थित जनपथ माध्यमिक विद्यालयले कोरोना भाइरसको सङ्क्रमणले विद्यार्थीमा परीक्षाको अवधिमा मनोबल घट्न नदिन सरसफाइ लगायत कार्य सुरु गरेको छ । परीक्षामा आएका विद्यार्थीलाई मास्क प्रयोग गर्न लगाउने, बिरामी भए अलग्गै कोठामा राख्ने र अभिभावकलाई परीक्षा केन्द्र वरपर अनावश्यक जमघट र भीडभाड नगर्न आह्वान गरिएको छ । विद्यार्थीले प्रयोग गर्ने डेस्क, बेन्च, कोठामा दैनिक विशेष सरसफाइ गरिने र परीक्षामा बस्ने शिक्षकलाई समेत यस विषयमा जानकारी गराइएको विद्यालयले जनाएको छ । विद्यालयका प्रअ जितबहादुर लामिछानेले विद्यार्थीले तीन घण्टा उत्तरपुस्तिकामा केन्द्रित भएर लेख्न सकून् र उनीहरूलाई कुनैखाले सङ्क्रमणको त्रास नहोस् भन्नेमा आफूहरू सचेत रहेको बताउनुभयो ।

    घरबाटै पानी ल्याउन सुझाव
    डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्रमा आउँदा घरबाटै पानी ल्याउन, एक अर्कामा धेरै नजिक नहुन, परीक्षामा आउँदा मास्कको अनिवार्य प्रयोग गर्न, साथीसित परीक्षा हलभित्र धेरै नजिक नहुन, शौचालय गएको अवस्थामा साबुनपानी प्रयोग गर्न सुझाव दिएको छ । विद्यार्थीलाई भाइरसको कुनै भय नहोस् भन्ने हिसाबले आफूहरू यसखाले तयारीमा जुटेको प्रअ डिल्लीप्रसाद शर्माले जानकारी दिनुभयो । शिक्षकले कक्षामा मास्क लगाएर पढाउन निकै असजिलो हुनेगरे पनि परीक्षा अवधिमा भने शिक्षकले पनि मास्क प्रयोग गर्ने उहाँ बताउनुहुन्छ । कीर्तिपुरस्थित मङ्गल माध्यमिक विद्यालयले परीक्षामा आएका विद्यार्थीलाई भाइरसबाट कसरी सुरक्षित हुने भन्ने जानकारीसमेत दिनेभएको छ । यसअघि विद्यालयको कक्षा १ देखि ९ सम्मको परीक्षामा कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन अभिभावकलाई जानकारीमूलक ब्रोसिएर उपलब्ध गराइएको विद्यालयले जनाएको छ । यसपटक अभिभावकको भीडभाड हुन नदिने, विद्यार्थीलाई भीडभाड नगराइकन परीक्षा हलमा प्रवेश गराउने, विद्यार्थीमा ज्वरो आए नआएको तथा मास्क प्रयोग गरे नगरेको बारेमा सरोकारवाला निकायको सहयोग लिएर परीक्षा सञ्चालन गर्ने योजनामा आफूहरू रहेको प्रधानाध्यापक लोकलाल महर्जनले जानकारी दिनुभयो ।

    अलग्गै हेल्थ डेस्क
    राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले एसईई परीक्षा मर्यादित र भाइरसको सङ्क्रमणबाट समेत सुरक्षित बन(ाउनुपर्ने चुनौती आएको छ । त्यसमा आवश्यक काम भइरहेको जानकारी दिनुभयो । स्थानीय तथा प्रदेश सरकारसित समन्वय गरेर अघि बढ्नुपर्ने उल्लेख गर्दै उहाँले स्वास्थ्यकर्मीको सहयोगले विद्यार्थीको तापक्रम परीक्षण गरेर मात्रै परीक्षामा राख्ने प्रवन्ध मिलाउनुपर्ने कुरा बताउनुभयो । परीक्षा केन्द्रले यसको सम्पूर्ण व्यवस्था मिलाउने उहाँको भनाइ छ । एसईई परीक्षा चैत ६ गतेबाट सुरु हुँदैछ । यसपटक सबै प्रदेशमा गरेर एक हजार ९९४ वटा परीक्षा केन्द्र तय गरिएको छ ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ५ वर्षीया बालिका १६ वर्षीय किशोरबाट ब’लात्कृत
  • वीरगञ्जको गौतम स्कुलले अभिभावकसँग करोडौँ ठग्दै
  • पर्साको बहुदरमाई नगरपालिकाका किसानहरु चिन्तीत
  • बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ५ वर्षीया बालिका १६ वर्षीय किशोरबाट ब’लात्कृत

    वीरगञ्जको गौतम स्कुलले अभिभावकसँग करोडौँ ठग्दै

    पर्साको बहुदरमाई नगरपालिकाका किसानहरु चिन्तीत

    बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते

    वीरगंजमा केन्द्रीय कार्यकारिणी समितिको बैठक

    बाराको कलैया बजारमा अनुगमन : खरिद बिल नदेखाउने ९ पसललाई कारवाही

    त्रियुगा नदी नियन्त्रणका लागि लगाइएको बाँध भत्कियो, १० बिगाहा खेतमा बाढी

    बागलुङमा गुडिरहेको बसबाट खसेर एक जनाको मृत्यु

    निजी विद्यालयको शुल्कको विरोध

    निजगढमै कम क्षतिमा विमानस्थल बनाउँछौं: प्रधानमन्त्री

    ५ वर्षीया बालिका १६ वर्षीय किशोरबाट ब’लात्कृत

    वीरगञ्जको गौतम स्कुलले अभिभावकसँग करोडौँ ठग्दै

    पर्साको बहुदरमाई नगरपालिकाका किसानहरु चिन्तीत

    बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते

    वीरगंजमा केन्द्रीय कार्यकारिणी समितिको बैठक

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ५ वर्षीया बालिका १६ वर्षीय किशोरबाट ब’लात्कृत

    News

    वीरगञ्जको गौतम स्कुलले अभिभावकसँग करोडौँ ठग्दै

    News

    पर्साको बहुदरमाई नगरपालिकाका किसानहरु चिन्तीत

    News

    बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते

    News

    वीरगंजमा केन्द्रीय कार्यकारिणी समितिको बैठक


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑