कोरोना विरुद्ध सार्क मुलुक एकजुट, बन्यो विश्वकै उदाहरण
वीरगंज संजाल
३ चैत्र २०७६, सोमबार ०६:०८
२६७९
विश्वव्यापी महामारीका रूपमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लडाईंमा दक्षिण एसियाली मुलुक एकजुट भएका छन् ।
आइतवार साँझ भएको भिडियो सम्मेलनमार्फत सार्वजनिक सार्क मुलुकको यो ऐक्यबद्धतथा विश्वकै लागि नमुना उदाहरण बनेको छ ।
गत चार वर्षदेखि हुन नसकेको सार्क शिखर सम्मेलनको तीतो बिर्साउने गरी भएको भिडियो सम्मेलनले सार्क अरू बेला मात्र होइन संकटको बेला पनि एकजुट हुने क्षमता राख्छ भन्ने सन्देश विश्वमाझ दिन सफल बनेको छ । गोरखापत्र दैनिकमा खबर छ ।