• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    अस्वस्थ्यकर माछा–मासु खान उपभोक्ता बाध्य, व्यवसायीले निर्णय लत्याए

  • वीरगंज संजाल
  • २ चैत्र २०७६, आईतवार १५:०८
  • ५३१९

    बीरगन्ज | बीरगंज नगरमा खुल्ला तथा दुर्गन्धित ठाँउमा माछा–मासुको बिक्री वितरणले उपभोक्ता अस्वस्थ्यकर माछामासु खान बाध्य भएका छन् । माछामासु बिक्रीवितरण गर्ने ठाउँको सरसफाई तथा व्यवस्थापनको विषय पटक–पटक उठ्ने गरेको भएपनि सरोकारवालाको उदासिनता तथा बेवास्ताले गर्दा उपभोक्तामा स्वास्थ्यको संक्रमणको खतरा देखिएको छ । उपभोक्तावादी संघसंस्था पनि यस विषयमा चुप्पी साँधेर बसेका छन् ।

    यसै विषय सम्बन्धमा सरोकारवाला निकायहरु बीच गत फागुन १८ गते बसेको बैठकले विभिन्न निर्णयहरु गरेको भए पनि निर्णय कार्यन्वयन र नियमनतर्फ कसैको पनि चासो देखिएको छैन । पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा सरोकारवालाहरुको उपस्थितिमा बसेको बैठकले महानगरसहित जिल्लामा सञ्चालित माछा मासु पसल व्यवस्थापन सम्बन्धी विभिन्न निर्णयहरु गरेको भएपनि माछामासु व्यवसायीले निर्णय लत्याएका छन् ।

    बैठकले खुल्ला स्थानमा अस्वस्थ्यकर तरिकाले माछामासु बिक्रीवितरणले उपभोक्तामा गम्भीर समस्या सिर्जना भएकाले सो को व्यवस्थापनका लागि १५ दिनको समय दिएको थियो । त्यस्तै, बैठकले तोकिएको समय अवधि भित्र माछामासु पसल व्यवस्थापनका लागि सरोकारवालाबीच जनचेतनाका लागि प्रचारप्रसार गर्ने निर्णय गरेको थियो । त्यसैगरी, दिइएको समय अवधि पश्चात पनि अटेर गरी खुल्ला स्थानमा अस्वस्थ्यकर तरिकाले माछामासु विक्रीवितरण भए नभएको अनुगमन गर्न बीरगंज महानगरपालिकाको नेतृत्वमा व्यवसायीको प्रतिनिधि सम्मिलित टोलीले संयुक्त अनुगमन गर्ने र मापदण्ड विपरीत कार्य गर्नेलाई कानुन बमोजिम कारवाही गर्ने निर्णय गरेको छ ।

    यस्तै, माछामासु विक्रीवितरणबाट निस्किएको फोहोर व्यवसायी आफैले व्यवस्थापन गर्नुपर्ने पनि निर्णय भएको छ । यसैगरी, सो बैठकले माछामासु विक्रीवितरणलाई मापदण्ड योग्य बनाउन बधशाला घर लगायतका पूर्वाधार निर्माणका लागि महानगरपालिकालाई अनुरोध गर्ने सहित मुल्य निर्धारण तथा नियन्त्रण गर्ने सम्बन्धमा वाणिज्य कार्यालयको संयोजनमा सरोकारवाला सम्मिलित समितिको सिफारिस गर्ने निर्णय भएको छ ।

    तर दिइएको समय अवधि घर्किनै लाग्दा समेत माछामासु व्यवसायीले निर्णयहरु कार्यन्वयन गर्नु साटो निर्णय लत्याएकै छन्, अग्रसरता लिनुपर्ने निकाय पनि कानमा तेल हालेर बसेका छन् । हरेक पल्ट चाडपर्व नजिकिएसँगै उपभोक्ता हितका लागि विभिन्न निर्णय हुने गरेको र चाडपर्व सकिए पश्चात यी सबै विषय सेलाएर जाने गरेको बीरगंज महानगरपालिका वडा नं. १५ का उपभोक्ता सुनिल साहले गुनासो गर्नुभयो । अहिले पनि व्यवसायीले खुल्ला स्थानमा अस्वस्थ्यकर तरिकाले माछामासु विक्रीवितरण गरिरहेको अर्का उपभोक्ता किरण उदासले बताउनुभयो । साथै, बधशाला स्थल फोहोर रहने र विक्रीवितरण गर्ने ठाउँमा पनि त्यसै किसिमको लापरवाही भइरहेको उपभोक्ताहरु बताउँछन् । यस्तै, माछामासु पसलबाट निस्केका फोहोर पनि जथाभावी रुपमा फ्याँकिने गरेको पाइएको छ ।

    यसैबीच, बैठकले दिएको समय अवधि सकिन लागेको हुदाँ अब अनुगमन कार्यलाई अघि बढाइने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताउनुभयो । नेपाल पोष्ट डेलीसँग कुराकानी गर्दै बस्नेतले चैत्र ३ गते यस विषयमा थप छलफल गर्न सरोकारवालाहरुको बैठक बोलाइएको जानकारी दिनुभयो । चैत्र ३ गते बस्ने बैठकमा निर्णय कार्यन्वयन नगर्ने र मापदण्ड विपरीत कार्य गर्ने व्यवसायीहरुलाई कारवाही गर्ने सम्बन्धमा छलफल भई कारवाही प्रक्रिया अघि बढाइने उहाँको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑