• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    कोरोनाबाट बच्न घरमै कसरी बस्ने क्वारेन्टाइन

  • वीरगंज संजाल
  • २ चैत्र २०७६, आईतवार ०६:१५
  • ५२९१

    काठमाण्डाै | सरकारले रुघाखोकी र सामान्य ज्वरो आएका तथा विदेशबाट फर्किएकालाई १४ दिनसम्म घरमा छुट्टै बस्न अनुरोध गरेको छ ।

    १ सय ४ डिग्रीभन्दा माथि ज्वरो आए तत्काल अस्पताल जान र सामान्य ज्वरो र रुघाखोकी लागेमा चाहिँ घरमै क्वारेन्टाइनमा अर्थात छुट्टै बस्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको हो । तर विदेशबाट फर्किएका जोकोहीलाई पनि घरमै क्वारेन्टाइनमा बस्न मन्त्रायलको आग्रह छ ।

    कोरोनाको लक्षण १४ दिनभित्र देखिने र संक्रमित व्यक्तिमा लक्षण नदेखिइकनै उसको सम्पर्कमा रहेका व्यक्तिमा कोरोना सर्ने जोखिम हुने भएकाले विदेशबाट आएका व्यक्तिलाई १४ दिन दुःख खप्न मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आग्रह गर्नुभयो ।

    घरमै क्वारेन्टाइनमा रहँदा हावा ओहोरदोहोर गर्ने छुट्टै कोठामा बस्ने, मास्क लगाउने, सकेसम्म छुट्टै शौचालय प्रयोग गर्ने, छुट्टै शौचालय सम्भव नभए नियमित सरसफाइ गर्ने, अरु व्यक्तिसँगको दूरी बढाउने, भान्सा, बैठक कोठा लगायत जमघट हुने ठाउँमा नजाने, घरबाट बाहिर ननिस्कने, बारम्बार साबुनपानीले २० सेकेण्डसम्म मिचिमिची हात धुने, हात धुने अवस्था नभए ह्यान्ड स्यानिटाइजर प्रयोग गर्ने, आफूले प्रयोग गरेका कपडा, रुमाल अरुलाई प्रयोग गर्न नदिने र मानिससँगको दूरी कम्तीमा एक मिटर कायम गर्न पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाले आग्रह गर्नुभयो ।

    यस्तै छुट्टै बस्दा पनि नियमित तापक्रम जाँच्ने र रुघाखोकी लागे तत्काल अस्पताल जान पनि उहाँको सुझाव छ । छुट्टै बसेको १४ दिनपछि कोरोनाको कुनै लक्षण नदेखिए मात्र आफन्त भेट्न उहाँको सुझाव छ ।

    आफन्तलाई भेट्नुअघि आफ्नो नजिकैको स्वास्थ्य संस्थामा जँचाउन पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । सरकारले विदेशबाट आउने नागरिकलाई आजदेखि विमानस्थलदेखि नै निगरानीमा राख्ने निर्णय यसअघि नै गरिसकेको छ ।

    त्यसै अनुसार विमानस्थल ओर्लनेबित्तिकै उनीहरुलाई १४ दिनभित्र गर्न हुने र नहुने कामको विवरण सहित फारम भर्न लगाउने र उनीहरुसँग नियमित सम्पर्कमा रहने सरकारको तयारी छ ।

    यसैबीच अहिलेसम्म ४ सय ५६ जनाको कोरोना परीक्षण गरिएकामा एक जनाबाहेक अरुमा कोरोना नभएको पाइएकाले नआत्तिन तर सावधानी भने अपनाउन सरकारले आग्रह गरेको छ ।

    विदेशबाट आएका व्यक्ति र उसको सम्पर्कमा रहेका व्यक्तिमा १४ दिनभित्र रुघाखोकी तथा ज्वरो आए निगरानीमा राख्ने गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिले पनि काठमाण्डाै टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ५ जना र एक जना ललितपुर लगनखेलमा रहेको पाटन अस्पतालमा गरी ६ जनालाई निगरानीमा राखिएको छ ।

    रुघाखोकी लाग्नु तर खकार नआउनु, १ सय ४ डिग्री भन्दा धेरै ज्वरो आउँनु, घाँटी दुख्नु, मासु दुख्नु र सास फेर्न गाह्रो हुनु कोरोनाका लक्षण हुन् । कोरोना भएपछि निमोनिया हुने र मिर्गौलालगायत शरीरका मुख्य अंग खराब भएर ज्यानै जाने गरेको पाइएको छ ।

    बाहिरबाट घर फर्किएपछि साबुनपानीले मिचिमिची हात धुन, बिरामीको छेउमा जाँदा अनिवार्य मास्क लगाउन, खोक्दा र हाच्छँयु गर्दा नाक र मुख छोप्न तथा ज्वारो आउने, घाँटी दुख्ने र सास फेर्न गाह्रो भए स्वास्थ्य संस्थामा जान पनि डाक्टरको सुझाव छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑