प्रदेश २ लाई ‘विशेष प्रदेश’ बनाउन प्रतिनिधिसभामा प्रस्ताव दर्ता
वीरगंज संजाल
२९ फाल्गुन २०७६, बिहीबार १५:०१
४४०५
काठमाडौं । प्रदेश २ लाई ‘विशेष प्रदेश’ बनाउन माग गर्दै प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद प्रभु साहले जातीय विभेद, गरिबी तथा पछौटेपनबाट मुक्ति पाउन र आधारभूत स्वास्थ्य, शिक्षा र रोजगारी बढाउन पहल गर्न छलफल गर्न भन्दै प्रस्ताव दर्ता गरेका हुन् ।
प्रदेश २ मा पहलकदमीको अभावमा एउटा पनि विश्व सम्पदा सूचीमा सूचिकृत हुन नसकेको र देशमा समान विकासका लागि प्रदेश २ मा विशेष अनुदान प्याकेज लागु गर्नेपर्ने आवश्यक्ता देखिएको भन्दै प्रस्ताव दर्ता गरिएको हो ।प्रस्तावको समर्थकमा दल नेपाली कांग्रेसका सांसद अमरेश सिंह, समाजवादी पार्टीका सांसद उमाशंकर अरगरिया र राजपा नेपालका सांसद लक्ष्मणलाल कर्ण रहेका छन् ।