• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / देश

    रङ्गेहात घुससहित समातिंदा पनि कर्मचारीलाई सफाइ

  • वीरगंज संजाल
  • २९ फाल्गुन २०७६, बिहीबार ०६:४६
  • १५०३

    Shares

    काठमाडौं । रंगेहात घुससहित पक्राउ गर्नुलाई भ्रष्टाचार मुद्दामा सबैभन्दा ठूलो प्रमाण मानिन्छ । तर, त्यसरी पक्राउ परेका कर्मचारीले सफाइ पाउने क्रम बढेको छ ।घुस र रिसवत मुद्दामा पछिल्लो तीन महिनामा विशेष अदातलबाट १७ जना कर्मचारीले सफाइ पाएका छन् ।रंगेहात पक्राउ परेका कर्मचारीले समेत सफाइ पाउन थालेपछि भ्रष्टाचारलाई प्रश्रय दिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारीको चिन्ता छ । विशेष अदालतले भने अख्तियारले दायर गर्ने मुद्दामा पर्याप्त प्रमाण नहुने गरेको फैसलामा उल्लेख गर्ने गरेको छ ।

    सेवाग्राही बाहेकसँग घुस लिँदा सफाइ ?
    घुस दिने व्यक्ति सेवाग्राही नभएका कारण पनि कतिपयलाई विशेष अदालतले सफाइ दिएको छ । नेपाल प्रहरीका डिएसपी श्यामकुमार राईलाई सफाइ दिँदा घुस दिने व्यक्ति प्रहरी कार्यालयको सेवाग्राही नभएको उल्लेख छ ।

    बालुवा तस्करीको सहजीकरणका लागि भन्दै राईले घुस मागेको अख्तियारको दाबी थियो । पैसा भाटभटेनी सुपरमार्केटमा लगेर दिन उनले भनेको एसएमएस समेत प्रमाणका रूपमा पेस गरिएको थियो । आफूलाई थाहा नै नदिई घर्रामा पैसा राखिदिएको डिएसपी राईको जवाफ थियो । त्यसैलाई आधार मानेर उनलाई सफाइ दिइएको थियो ।

    घुससहित पक्राउ परेका कोटेश्वरका ट्राफिक प्रहरीलाई सफाइ दिँदा पनि यही कुरालाई आधार बनाइएको छ । बालुवा व्यवसायीहरू ट्राफिक प्रहरीका सेवाग्राही नभएको भनिएको छ ।

    अख्तियारका अधिकारीहरू भने सेवाग्राहीबाहेक अन्य व्यक्तिसँग समेत घुस लेनदेन हुने बताउँछन् । ‘कतिपय घुस लेनदेन नीतिगत रूपमा हुन्छन्,’ आयोगका एक अधिकारी भन्छन्, ‘कुनै प्रहरीले अवैध काममा कारबाही नगरेर घुस लिएको हुन सक्छ, त्यो अवस्थामा घुस दिने व्यक्ति सेवाग्राही होइन भनेर उन्मुक्ति दिन मिल्छ ?’

    अख्तियारले आफै पैसा दिएर पक्राउ गर्नु कति उचित ?
    स्टिङ अप्रेसनका सबैजसो घटनामा अख्तियारले पहिले नै सेवाग्राहीलाई पैसा दिएर सम्बन्धित कर्मचारीलाई दिन लगाउँछ । आफैले घुस दिन लगाएर पक्राउ गर्नु उचित हो कि होइन भन्ने बहस समेत सुरु भएको छ ।

    यससम्बन्धी विवाद सर्वाेच्च अदालतसम्म पुगेको छ । अधिवक्ता विष्णुप्रसाद घिमिरेले अख्तियारको यस्तो कदम गैरसंवैधानिक भएको भन्दै रिट दायर गरेका हुन् । यससम्बन्धी मुद्दा सर्वाेच्चको संवैधौनिक इजलासमा विचाराधीन छ ।

    भ्रष्टाचार निवारण तथा अख्तियारसम्बन्धी ऐनमा यससम्बन्धी प्रस्ट प्रावधान छैन । आयोगले बनाएको कार्यविधिमा भने आफैँ पैसा दिएर समेत पक्राउ गर्न सकिने प्रावधान छ । अख्तियारले दिने पैसामा रातो मसीको समेत प्रयोग गरिएको हुन्छ ।

    त्यो पैसा सम्बन्धित कर्मचारीले समाउँदा हातमा मसी लाग्ने र त्यसैलाई एउटा प्रमुख प्रमाण मान्ने गरिएको छ । पहिला पैसा नदिँदा त्यो आफ्नै पैसा हो भनेर ढाट्न सक्ने भएकाले पनि यस्तो शैली अपनाउनु परेको आयोगका पदाधिकारी बताउँछन् । साथै सेवाग्राहीकै पैसा घुसबापत दिनुपर्दा आफ्नो पैसा गुम्न सक्ने भएकाले उनीहरूले उजुरी नगर्ने जोखिम हुन सक्ने आयोगका कर्मचारी बताउँछन् ।

    वास्तविक रंगेहातलाई अदालतले सफाइ दिँदैन
    पुष्पराज पाण्डेय, प्रवक्ता, विशेष अदालत
    अख्तियार मुद्दाको एउटा पक्ष हो । अदालतले निष्पक्ष भएर हेर्नुपर्छ । कुनै पनि आरोप प्रमाणबाट पुष्टि हुनुपर्छ ।

    अभियोगपत्रमा लेख्दैमा त्यो पुष्टि हुँदैन । व्यक्ति टेबुलमा नभएका वेलामा कसैले घर्रामा पैसा राखिदियो र उसलाई पक्राउ गरियो । न त्यसको अडियो छ, न भिडियो । त्यसलाई रंगेहात पक्राउ भन्न मिल्दैन नि !

    त्यस्ता घटनामा कि त बलजफ्ती पैसा भिराइएको हुन्छ कि त्यो रंगेहात नै हुन्न । वास्तविक रंगेहात पक्राउमा अदालतले सफाइ दिँदैन । नयाँ पत्रिका दैनिकबाट

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्रदेश २ मा फेरि बढ्न थाले कोरोना संक्रमित
  • ११३ जनाको परीक्षण गर्दा ५९ जनालाई काेराेना संक्रमण
  • वीरगञ्ज नर्सिङ क्याम्पसका २२ जनामा कोरोना सङ्क्रमण पुष्टि
  • भैँसी बाँध्ने डोरीमा अल्झिएर मृत्यु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्रदेश २ मा फेरि बढ्न थाले कोरोना संक्रमित

    ११३ जनाको परीक्षण गर्दा ५९ जनालाई काेराेना संक्रमण

    वीरगञ्ज नर्सिङ क्याम्पसका २२ जनामा कोरोना सङ्क्रमण पुष्टि

    भैँसी बाँध्ने डोरीमा अल्झिएर मृत्यु

    बीरगन्जकाे नारायणीमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु

    भारतमा उच्च संख्यामा बढ्दै कोरोना संक्रमित, एकै दिन ८८० को मृत्यु

    कोरोना संक्रमण फेरि भयावह बन्दा यसपटक किन बालबालिका धेरै प्रभावित भए ?

    महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएर भए पनि ओलीको विकल्प खोज्नुपर्छ : डा. कोइराला

    तत्काल स्कुल बन्द नगर्ने, स्वास्थ्य मापदण्डमा कडाइ गर्ने मन्त्रिपरिषद्को निर्णय

    रोमाञ्चक खेलमा पञ्जाबसँग राजस्थान ४ रनले पराजित, सन्जुको शतक काम लागेन

    प्रदेश २ मा फेरि बढ्न थाले कोरोना संक्रमित

    ११३ जनाको परीक्षण गर्दा ५९ जनालाई काेराेना संक्रमण

    वीरगञ्ज नर्सिङ क्याम्पसका २२ जनामा कोरोना सङ्क्रमण पुष्टि

    भैँसी बाँध्ने डोरीमा अल्झिएर मृत्यु

    बीरगन्जकाे नारायणीमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्रदेश २ मा फेरि बढ्न थाले कोरोना संक्रमित

    News

    ११३ जनाको परीक्षण गर्दा ५९ जनालाई काेराेना संक्रमण

    News

    वीरगञ्ज नर्सिङ क्याम्पसका २२ जनामा कोरोना सङ्क्रमण पुष्टि

    News

    भैँसी बाँध्ने डोरीमा अल्झिएर मृत्यु

    News

    बीरगन्जकाे नारायणीमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑