• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    न ग्यास न मास्क

  • वीरगंज संजाल
  • २८ फाल्गुन २०७६, बुधबार ०७:२०
  • ५८७७

    काठमाडौं | मंगलबार बिहान ११ बजे। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको हटलाइन नम्बर ११३७ मा गुनासो आयो– ‘हेलो सरकार ! तीन दिनदेखि ग्यास लिन सबै पसल चहारें। तर कतै पाइनँ। एक थान सिलिन्डर मिलाइदिनुपर्‍यो।’ यो कीर्तिपुरका सुरेश महर्जनको गुनासो थियो। महर्जनको कुरा नटुंगिँदै अर्का एक सर्वसाधारण लाइनमा आइसकेका थिए।

    विभागका शाखा अधिकृत दीपक पोखरेलले महर्जनसँग स्थानीय क्षेत्रमा कुनकुन कम्पनीको ग्यासको डिपो छ र उपलब्धताका विषयमा ग्यास उद्योगसँग आवश्यक पहल गरिने जवाफ मात्रै फर्काउन पाए। ‘हेलो विभाग ! म भक्तपुरबाट सोनम मगर बोलेको। यहाँ ग्यास र मास्क पाइएन। ग्यास नपाए मेरा बालबच्चा र जहान भोकै बस्नेछन्।’

    पोखरेलले मगरसँग भने, ‘मगरजी तपाईंको गुनासो मैले टिपें। सरोकारवाला निकायसँग सहकार्य गरी सकेसम्म तपाईंलाई ग्यास उपलब्ध गराउन प्रयास गर्छौं।’ लगत्तै लाइनमा आइपुगेका अर्का सर्वसाधारण झापाका उमेश कार्कीले पनि त्यस्तै गुनासो तेर्साए।

    ‘सर हाम्रोतिर मास्क र ग्यासको चरम अभाव भयो। किन्न पाइएन। हुनेखानेले पहुँचको भरमा ३–४ वटा सिलिन्डर पाए। जसरी पनि एउटा सिलिन्डर उपलब्ध गराइदिनुपर्‍यो,’ कार्कीले भने।

    कार्कीलाई पनि पोखरेलले ग्यास उपलब्ध गराउन सकेसम्म प्रयास गर्ने बाचा गरे। लगत्तै अर्को फोन उठाए। काठमाडौं बागबजारकी राधिका तामाङले ग्यास नपाएर कठिन भएको गुनासो गरिन्।

    हटलाइनमा एक घण्टामै करिब डेढ सय संख्यामा गुनासा आउँछन्। कतिपयको गुनासो टिप्नै नभ्याउने पोखरेलले बताए। गुनासो केलाएर काठमाडौंमा सकेसम्म अनुगमन टोली पठाउने गरिएको छ।

    विभागले बाहिर भने स्थानीय प्रशासनसँग समन्वय गरी जानकारी गराउँदै आएको छ। कोरोना भाइरसको सन्त्रासका कारण उपभोक्ताले दैनिक उपभोग्य वस्तु सञ्चित गर्न थालेपछि हटलाइन व्यस्त छ।

    ‘बिहानैदेखि अबेर रातिसम्म गुनासै–गुनासा आउँछन्,’ पोखरेलले भने, ‘एकछिन फुर्सद हुन्न। शौचालय जान पनि पाउन्नँ।’ उनका अनुसार ग्यास र मास्क अभाव, मास्कको मूल्य बढी लिएको, नुन नपाएको, औषधि पसलले कालोबजारी गरेको, खाद्यान्न नपाएको जस्ता गुनासा बढी आउँछन्।

    हटलाइनमा मकवानपुर, झापा, रूपन्देही, सुर्खेत, उदयपुर, धनुषा, महोत्तरी, इलाम, महेन्द्रनगर, पर्सा, मोरङ, सिरहा, नेपालगन्ज, कास्कीलगायतका जिल्लाबाट अत्यधिक गुनासो आइरहेको पोखरेलले बताए।

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले हटलाइनबाटै कालोबजारी भएको, ठगिएको, मूल्यभन्दा बढी असुल गरेको, कृत्रिम अभाव सिर्जना गरेको लगायतका विषयमा जानकारी उपलब्ध गराउन आग्रह गरेपछि नम्बर व्यस्त छ। दैनिक एक हजारभन्दा बढी गुनासा आए पनि विभागले सम्बोधन गर्न सकेको छैन। विभाग आफैं ग्यास, मास्क, औषधि, खाद्यान्न र नुनजस्ता उपभोग्य वस्तु उपलब्ध गराउने निकाय होइन।

    ‘हामीकहाँ दैनिक एक हजारभन्दा बढी गुनासा प्राप्त भए पनि सबैको सम्बोधन गर्न सक्दैंनौं,’ विभाग स्रोतले भन्यो, ‘हामी विक्रीवितरण गर्दैनौं। नियमन मात्रै गरिदिने हो।’

    मन्त्री भट्टले हटलाइनमा आउने गुनासो सम्बोधन गर्न विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीलाई निर्देशन दिएका छन्। गुनासो सम्बोधन भए–नभएको विषयमा मन्त्रालय आफैंले नियमन गर्ने व्यवस्था मिलाएको मन्त्री भट्टका स्वकीय सचिव हितेश ओझाले जानकारी दिए। ओझाले भने, ‘गुनासो टिपेर मात्र समस्या समाधान हुँदैन भनेर मन्त्रालयले आफैं उक्त हटलाइनलाई निगरानीमा राख्न सुरु गरेको छ। प्राप्त गुनासालाई कुनकुन तह र निकायसँग मिलेर सम्बोधन गर्न सकिन्छ भनेर हामी गृहकार्य गरिरहेका छौं।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑