हतपत्ती उठ्दैन उपभोक्ताको गुनासो सुनुवाइ हुने ११३७ नम्बर
वीरगंज संजाल
२८ फाल्गुन २०७६, बुधबार ०७:१७
२७६१
काठमाडौं | ११३७, यो उपभोक्ताको गुनासो सुनुवाइ गर्न भनेर खोलिएका टोल फ्री नम्बर हो। तर, समस्या परेर यसमा फोन गर्दा हतपती ‘रिसिभ’ हुँदैन, कहिलेकाहीं त अफ नै रहेको सन्देश आउँछ। वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले टोल फ्री नम्बर ११३७ मा चलाएको चार वर्ष भयो। तर, उपभोक्ता यसबारे बेखबर थिए। गत शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले फोनबाट उजुरी गर्न आग्रह गरेपछि टोल फ्री नम्बर बाक्लै घण्टी बजिरहेको छ।
‘फोन उठाउन भ्याइनभ्याई हुन्छ। सबै फोन बेलाबखतमा अफ गर्न बाध्य हुन्छौं,’ विभागका एक अधिकारीले बताएको समाचार कान्तिपुर दैनिकमा छ। विभागका अनुसार ११३७ नम्बर फागुन २३ यता दिनमा ३०० भन्दा बढी कल आउने गरेको छ। पहिलो भने छिटफुट मात्र घण्टी बज्थ्यो। विभागका सहसूचना अधिकारी दीपक पोखरेलले टोल फ्री नम्बरमा बिहान ४ देखि राति १२ बजेसम्म फोन आउने गरेको बताए।