• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    कोरोना भाइरस विरुद्ध प्रभावकारी कदम चाल्न युवा संघको ध्यानाकर्षण

  • वीरगंज संजाल
  • २७ फाल्गुन २०७६, मंगलवार १९:३३
  • ५५०९

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई कोरोना भाइरसको सङ्क्रमण हुनै नदिने प्रभावकारी कदमका लागि पूर्व तयारी गर्न राष्ट्रिय युवा सङ्घ नेपालले ध्यानाकर्षण पत्र बुझाएको छ ।आज मन्त्री ढकाललाई भेटी सङ्घका संयोजक रामप्रसाद सापकोटाले सरकारलाई भाइरसको सङ्क्रमण हुन नदिन पूर्वसचेतनाका लागि आठ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् । पत्र बुझ्दै मन्त्री ढकालले सङ्क्रमण फैलिन नदिन सरकारले पर्याप्त तयारी गरेको बताए । उनले कोरोनाको सङ्क्रमण रोक्न पहल गरिएको जानकारी दिए ।

    ध्यानाकर्षण पत्रमा सामाजिक सञ्जाल तथा आमसञ्चार माध्यममा यथार्थ भन्दा अड्कलबाजीका सूचना सम्प्रेषण भइरहेका सन्दर्भमा सरकारले तत्काल सबै सञ्चार माध्यममा आधिकारिक सूचना जारी गर्ने र यसको सङ्क्रमणबाट जोगिने, सङ्क्रमित भइहालेमा आवश्यक उपचार गर्ने तथा अन्यमा फैलन नदिने विधिबारे प्रचारप्रसार गर्न व्यवस्थित कदम चाल्नुपर्ने उल्लेख छ ।यस्तै भाइरसबाट सङ्क्रमण भइहालेमा मृत्युदर एकदमै कम रहेको र उपचार हुने कुरामा नागरिकलाई विश्वस्त बनाउनुपर्ने, विमानस्थल, भारतीय सीमा नाकामा स्वास्थ्य चेकचाँजको प्रभावकारी व्यवस्था गर्नुका साथै भाइरस सङ्क्रमित मुलुकबाट नेपाल आउने जोकोहीलाई क्वारेन्टाइनमा राख्ने व्यवस्थाले मात्रै सङ्क्रमण नफैलने सुनिश्चितता गर्नुपर्ने माग राखिएको छ ।

    यसैगरी भाइरस सङ्क्रमित बिरामीलाई उपचार गर्ने सामग्रीको प्रर्याप्त व्यवस्था गर्नुपर्ने, राजधानी शहर काठमाडौंँलगायत उपत्यकामा कम्तीमा तीन र देशका मुख्य शहरमा रहने गरी प्रदेशस्तरमा एक-एकवटा रुघाखोकी, ज्वरो परीक्षण र आइसोलेशन वार्डसहितको अस्थायी कोरोना फोकल अस्पताल, सम्भव भएसम्म आइसोलेशन ल्याब र नमूना सङ्कलन केन्द्र तोक्ने व्यवस्था गर्नुपर्ने माग सङ्घको छ ।सङ्क्रमणको अवस्था आइहाले नागरिकको स्वास्थ्य उपचार निःशुल्क हुने व्यवस्था गर्नुका साथै निजी अस्पताललाई पनि सङ्क्रमणसम्बन्धी एकीकृत योजनाभित्र राखी परिचालन गर्नुपर्नेसमेत माग राखेका छन् ।

    युवा सङ्घले विदेशमा रहेका नेपालीमा सङ्क्रमण भएका समाचार आइरहेका भन्दै उनीहरुको उपचारमा नेपाली दूतावासको परिचालन तथा बाँकी नेपालीका बारेमा सम्बन्धित देशमा रहेका दूतावासमार्फत नेपाली नागरिकलाई सङ्क्रमणबाट जोगिने उपाय, भइहाले उपचारको प्रबन्ध र स्वदेश फर्कन चाहनेलाई क्वारेन्टाइनमा बस्ने व्यवस्था गरी देश फर्कने अवस्था सिर्जना गर्नुपर्ने माग राखेको छ ।नजिकैका छिमेकी दुवै मुलुक कोरोनासँग लडिरहेको यस परिवेशमा स्वास्थ्य क्षेत्रका औजार, औषधि र खाद्यान्न जस्ता सामग्रीको आवश्यक आपूर्ति नहुन सक्ने र औषधि, सेनेटाइजर तथा मास्क, खाद्यान्न र इन्धन जस्ता सामग्रीको कृत्रिम अभाव सिर्जना हुन थालिसकेकाले गृह तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार व्यवस्थापन, खाद्य तथा जनस्वास्थ्य सामग्रीको आपूर्ति र कालोबजारी रोक्ने काममा प्रभावकारी कदम चाल्नुपर्ने समेत युवा सङ्घले माग गरेको छ । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑