काठमाडौं । चीनको वुहानबाट फैलिन थालेको कारोना भाइरस (कोभिड–१९) विश्वका एक सय १२ देशमा पुगिसकेको छ । धेरै देशमा फैलिए पनि यसको असर बिस्तारै कम हुँदै गएको छ । अहिलेसम्म ४ हजार १२ जनाको ज्यान गएको छ । चीनमा सबैभन्दा धेरेको मृत्यु भएको छ । इटालीमा भने मृतक बढिरहेका छन् । ४६३ जनाको ज्यान गइसकेको छ । संक्रमितको संख्या १ लाख १३ हजार ६०५ पुगेको छ । चीनमा मात्रै संक्रमितको संख्या ८० हजार ७ सय ५४ पुगे पनि ५० हजार भन्दा बढी निको भएर घर फर्किसकेका छन् । इटालीमा संक्रमित ९ हजार १७२ जना छन् । जहाँ एक करोड ६० लाखलाई क्वारेन्टाइनमा राखिएको छ ।
इरानमा २३७ जना मर्दा ७ हजार १६१ जना संक्रमित छन् । दक्षिण कोरियामा ५३ जनाको ज्यान जाँदा ७ हजार ४ सय ७८ जना संक्रमित छन् । इरानबाट २ हजार ३९४ जना निको भएर फर्केका छन् । इटालीमा ७२४ जना घर फर्केका छन् । चीनमा संक्रमित हुनेको संख्या घट्दै जाँदा निको भएर फर्कने बढ्दै गएका छन् । तर इटालीमा भने संक्रमण नियन्त्रणमा आउन केही समय लाग्ने देखिएको छ ।