• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आज तराई होली अझ भनौ मधेशको फागू, होली, फागू पूर्णेको शुभकामना !

  • वीरगंज संजाल
  • २७ फाल्गुन २०७६, मंगलवार ०८:०१
  • ६३३७

    बिरगंज | सबै तर्फबाट नेपालीजनका कुराहरु एकै थलोमा भेला पार्दछ, आज तराई होलि विशेषलाई विट मार्यौ । अर्को वर्ष फेरि तराईका परिवेश लिएर आउने छौ । आज समस्त तराईले एउटै गीत गाँउछ होली हे~

    जोगिरा सरररररररर,
    कुन तालमे ढोलक नाचे कुन ताल मजीरा
    कुन तालमे नटुवा नाचे कुन ताल नजारा
    के वोलो सारारारारारारारारारारा
    के वोलो सारारारारारारारारारारारा

    जोगिरा सारारारारााराररारारा, यो गीत अनि वाक्याशंले तराईको जिवनशैलीलाई टपक्कै टिपेको छ । ढोलक अर्थात चेप्टो खाले विशेष मादल, तराईको विशेष अनि मौलिक ढोलकको तालमा तराईवासीले कुनैपनि शुभकार्य या चाडवाड या समारोहको जनाउ गर्दछन् । अनि यो होली या फागुमा जोगीराको चर्चा चल्दछ । ठ्याक्कै यकिन गरेर जोगीराको अर्थ निकाल्न गाह्रो छ तथापि जोगीरा त्यो हो जो रंग र भाङ्गको तालमा हूल बनाएर एक टोलबाट अर्को टोल, एक अाफन्तकोबाट अर्कोमा अनि एउटा साथीकोबाट अर्को साथीको घरमा पुगी मालपूवा, नरीवल तथा अन्य सुख्खा बदाम, छोकडा खाएर एक अापसमा रङ्ग दलेर खुशियाली साटासाट गरिन्छ । जोगि अर्थात केही लिन र केही दिनसंग वास्ता नभएको, सुख्ख र दुख्खको झेलमा नअल्झिएको अनि समपूर्ण रुपमा साधूजस्तो सांसारीक बन्धनवाट टाढिएको मान्छे, जोगीरा, विन्दास अनि फिक्री नभएको मान्छे । मजीरा अर्थात आफूलाई जनाएको हो, फरक तालको नचाई तथापि एउटै समानता सरररररररररर भन्नाले मिठो नशाको रिङ्गटालाई ब्यक्त गरिएको छ ।

    जोगीरा हुनकालागि आज केही मात्रामा भाँगको घोटा पिईन्छ । भाँगको नशाले सबैलाई जोगीरा बनाउँछ कि बनाउँदैन त्यो त दैव जानोस तर भाङ्ग लगायत अन्य नशालु पदार्थको प्रयोग र चाडवाडको सन्दर्भलाई फरक रुपमा देख्न जरुरी छ ।

    झण्डै कुरा अन्तै मोडेको, आउनुहोस् तराईकै ढोलकको तालमा गफिअाैं न… पूर्वि तराईका राजवंशी, सन्थाल, मुसहर, थारु, तथा अन्य विभिध जातजातीहरु लगायत पश्चिमी भेगका नेपाली तराईवासीहरुसम्म आज यो रङ्गिन चाड मनाउँदैछन् । अब हामी यस विशेष दिन तरार्इमा पारम्परीक नृत्यको जग सम्हाल्दै अाएका नटुवा समूदायको प्रसङ्ग उल्लेख गर्न चाहन्छौं । डोरीको खाटमा बसेका धोती कुर्ता लगाउनुभएको हजुरवुवाले सुनाउनुहुन्थ्यो र म आज यादगर्दै लेख्दै छु । उहिले तराईमा अहिलेजस्तो मनोरञ्जनका साधन थिएनन, रमाईलो गर्नकालागि सिमापारीबाट अार्केष्ट्रा ल्याईन्थ्यो अनि विभिन्न गीतहरुमा नाच्दै अर्केष्ट्राका सदस्यले मनोरञ्जन गराउँदथे । वारीपारी गाउँ थर्किने गरि तेर्सो पारिएको बडेमानको एम्पलीफायरमा आवाज अनि गीतहरु बजिरहन्थ्यो । यस्ता कार्यक्रमहरु नवरात्री या अन्य चाडहरु जस्तै होलीताका ल्याईने चलन अझै छ र यसरी आएका अार्केष्ट्राका सदस्यहरुमा नाच्ने सदस्यहरुलाई नटुवा भनिन्छ, गाउँ-गाउँमा यस्ता नटुवाहरु हुन्छन् जसले पुरुष भएतापनि महिलाको झै देखिने पैतला सम्मको फराक जस्तो पहिरन लगाएर घुमी घुमी नाच्दै नृत्य प्रस्तुत गर्ने गर्दछन् ।

    आज होलीमा पनि तराईका धेरै ठाउँहरूमा पारम्परीक नटुवा नृत्यका साथ नटुवाहरु नाच्दछन् । तरार्इको पारम्परीक यी कलाकार समूदायले फागुको रङ्गमा नृत्य प्रस्तुत गर्दै एउटा गाँउबाट अर्को गाँउमा पुग्ने गर्दछ । साईकलका घण्टहरु अनि पाईडलका कुँई कुँई आवाज, खेतका आली आली कुदेका होलीका खेलाडी, घर पछाडीको परालको टाली अनि आँगन छेउको धानको भकारी । थालमा पस्किएको मालपुवा लगायत तरुवा, बगरुवा, माछा मासु अचार अनि तिल या आलसको अदुवा हालेर वनाएको छोपको अचार अनि विभिन्न मिठाईहरु आज विशेष महत्वसहित खाईन्छ । अब हाम्रो पात्रो मोबाईल एप्स, सम्पूर्ण नेपालीजनलाई प्रविधीको एउटै सुत्रमा बाँध्ने सुत्रधार हो र यो सुत्रधारले के पडाड, के तरार्इ नि के हिमाल ?

    वास्तवमा अहिलेको जस्तो कृत्रिम रङ्गहरू नभईकन होलीको वास्तविक खेलिने रङ्गहरुमा, पँहेलोकालागि, केशर रातोकोलागी अबिर या लालगुलाल पनि भनिन्छ र चामलको पिठोको सेतो पिठो, चन्दन लगायत अन्य प्राकृतीक रङ्गहरुको चलन थियो । सुस्तरि यी कुराहरुलाई बजारमा सहज उपलब्ध रङ्गहरुले विस्थापन गर्दै गएको हो । ल है लगाएको रङ्ग त भोलीसम्ममा उत्रेला तर होलीको यो भाईचारा र उत्साहका साथै सकारात्मक सोंच कहिल्यै नघटोस् । तरार्इ, पहाड र हिमाललार्इ यसले जोडीरहोस् ।

    अझ होलीमा भक्त प्रल्हादलाई आगोमा जलाउन खोज्ने राक्षसनी होलिकालाई दहन गर्ने चलन छ । तराईमा गाईगोरुको गोबरलाई सुकाएर आगोको दाउराकारुपमा प्रयोग गर्न गुईठा बनाउने चलन छ, यस्ता गुईठाहरुलाई खुल्ला ठाँउमा जम्मा गरेर अनि त्यसमा होलीकाको पुत्ला राखेर आगो बालि होलिका दहन गर्दै अन्यायमाथि न्यायको विजयको रूपमा विजय उत्सव मनाउने चलन पनि छ । सुस्तरि यस्ता चलनहरु घट्दो क्रममा भने रहेकै हुन् । मिथिला भुमीमा भने धनुषा धामको कचुरीबाट डोला उठाएर जटही लगायत महोत्तरीको मठियानी, जलेश्वर, डाम्ही, धनौरा हुँदै कन्चनवन आएर होली मनाउने धेरै पुरानो चलन छ । यस्तो डोलीको तिर्थालु पदयात्रालाई परिक्रमा भनिन्छ । कन्चनवनमा सकिएको परिक्रमा यात्रीहरु जनकपुरमा आएर अन्तगृह घुमेपछी होलीको समापन गरिन्छ । यस्ता पदयात्रामा राम अनि सीताका कथाहरु अनि भजनहरु गाईन्छ ।

    कन्चन वन राम खेले होरी भन्दै गीत गाईन्छ, अस अर्थमा भगवान राम पनि कन्चन बनमा होली खेल्न आएको जनविश्वास र किम्बदन्ती छ । होलीको छनक यस दिनमा अभुतपूर्व रहन्छ ।

    पश्चिम नेपाली तराईहरुमा भने माटोले होली खेल्ने चलन पनि छ, बहुतै सदभावका साथ सुख्खा या भिजेको माटोको सुस्त लेप एकअर्कामा लगाएर होली प्रारम्भ गरिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑