जोगीरा हुनकालागि आज केही मात्रामा भाँगको घोटा पिईन्छ । भाँगको नशाले सबैलाई जोगीरा बनाउँछ कि बनाउँदैन त्यो त दैव जानोस तर भाङ्ग लगायत अन्य नशालु पदार्थको प्रयोग र चाडवाडको सन्दर्भलाई फरक रुपमा देख्न जरुरी छ ।
झण्डै कुरा अन्तै मोडेको, आउनुहोस् तराईकै ढोलकको तालमा गफिअाैं न… पूर्वि तराईका राजवंशी, सन्थाल, मुसहर, थारु, तथा अन्य विभिध जातजातीहरु लगायत पश्चिमी भेगका नेपाली तराईवासीहरुसम्म आज यो रङ्गिन चाड मनाउँदैछन् । अब हामी यस विशेष दिन तरार्इमा पारम्परीक नृत्यको जग सम्हाल्दै अाएका नटुवा समूदायको प्रसङ्ग उल्लेख गर्न चाहन्छौं । डोरीको खाटमा बसेका धोती कुर्ता लगाउनुभएको हजुरवुवाले सुनाउनुहुन्थ्यो र म आज यादगर्दै लेख्दै छु । उहिले तराईमा अहिलेजस्तो मनोरञ्जनका साधन थिएनन, रमाईलो गर्नकालागि सिमापारीबाट अार्केष्ट्रा ल्याईन्थ्यो अनि विभिन्न गीतहरुमा नाच्दै अर्केष्ट्राका सदस्यले मनोरञ्जन गराउँदथे । वारीपारी गाउँ थर्किने गरि तेर्सो पारिएको बडेमानको एम्पलीफायरमा आवाज अनि गीतहरु बजिरहन्थ्यो । यस्ता कार्यक्रमहरु नवरात्री या अन्य चाडहरु जस्तै होलीताका ल्याईने चलन अझै छ र यसरी आएका अार्केष्ट्राका सदस्यहरुमा नाच्ने सदस्यहरुलाई नटुवा भनिन्छ, गाउँ-गाउँमा यस्ता नटुवाहरु हुन्छन् जसले पुरुष भएतापनि महिलाको झै देखिने पैतला सम्मको फराक जस्तो पहिरन लगाएर घुमी घुमी नाच्दै नृत्य प्रस्तुत गर्ने गर्दछन् ।
आज होलीमा पनि तराईका धेरै ठाउँहरूमा पारम्परीक नटुवा नृत्यका साथ नटुवाहरु नाच्दछन् । तरार्इको पारम्परीक यी कलाकार समूदायले फागुको रङ्गमा नृत्य प्रस्तुत गर्दै एउटा गाँउबाट अर्को गाँउमा पुग्ने गर्दछ । साईकलका घण्टहरु अनि पाईडलका कुँई कुँई आवाज, खेतका आली आली कुदेका होलीका खेलाडी, घर पछाडीको परालको टाली अनि आँगन छेउको धानको भकारी । थालमा पस्किएको मालपुवा लगायत तरुवा, बगरुवा, माछा मासु अचार अनि तिल या आलसको अदुवा हालेर वनाएको छोपको अचार अनि विभिन्न मिठाईहरु आज विशेष महत्वसहित खाईन्छ । अब हाम्रो पात्रो मोबाईल एप्स, सम्पूर्ण नेपालीजनलाई प्रविधीको एउटै सुत्रमा बाँध्ने सुत्रधार हो र यो सुत्रधारले के पडाड, के तरार्इ नि के हिमाल ?
वास्तवमा अहिलेको जस्तो कृत्रिम रङ्गहरू नभईकन होलीको वास्तविक खेलिने रङ्गहरुमा, पँहेलोकालागि, केशर रातोकोलागी अबिर या लालगुलाल पनि भनिन्छ र चामलको पिठोको सेतो पिठो, चन्दन लगायत अन्य प्राकृतीक रङ्गहरुको चलन थियो । सुस्तरि यी कुराहरुलाई बजारमा सहज उपलब्ध रङ्गहरुले विस्थापन गर्दै गएको हो । ल है लगाएको रङ्ग त भोलीसम्ममा उत्रेला तर होलीको यो भाईचारा र उत्साहका साथै सकारात्मक सोंच कहिल्यै नघटोस् । तरार्इ, पहाड र हिमाललार्इ यसले जोडीरहोस् ।
अझ होलीमा भक्त प्रल्हादलाई आगोमा जलाउन खोज्ने राक्षसनी होलिकालाई दहन गर्ने चलन छ । तराईमा गाईगोरुको गोबरलाई सुकाएर आगोको दाउराकारुपमा प्रयोग गर्न गुईठा बनाउने चलन छ, यस्ता गुईठाहरुलाई खुल्ला ठाँउमा जम्मा गरेर अनि त्यसमा होलीकाको पुत्ला राखेर आगो बालि होलिका दहन गर्दै अन्यायमाथि न्यायको विजयको रूपमा विजय उत्सव मनाउने चलन पनि छ । सुस्तरि यस्ता चलनहरु घट्दो क्रममा भने रहेकै हुन् । मिथिला भुमीमा भने धनुषा धामको कचुरीबाट डोला उठाएर जटही लगायत महोत्तरीको मठियानी, जलेश्वर, डाम्ही, धनौरा हुँदै कन्चनवन आएर होली मनाउने धेरै पुरानो चलन छ । यस्तो डोलीको तिर्थालु पदयात्रालाई परिक्रमा भनिन्छ । कन्चनवनमा सकिएको परिक्रमा यात्रीहरु जनकपुरमा आएर अन्तगृह घुमेपछी होलीको समापन गरिन्छ । यस्ता पदयात्रामा राम अनि सीताका कथाहरु अनि भजनहरु गाईन्छ ।
कन्चन वन राम खेले होरी भन्दै गीत गाईन्छ, अस अर्थमा भगवान राम पनि कन्चन बनमा होली खेल्न आएको जनविश्वास र किम्बदन्ती छ । होलीको छनक यस दिनमा अभुतपूर्व रहन्छ ।
पश्चिम नेपाली तराईहरुमा भने माटोले होली खेल्ने चलन पनि छ, बहुतै सदभावका साथ सुख्खा या भिजेको माटोको सुस्त लेप एकअर्कामा लगाएर होली प्रारम्भ गरिन्छ ।