उतिबेलाका अयोद्दा राज्य होस् या अवध राज्य, मीथिला राज्य होस् या २२से या २४से राज्यहरुनै किन नहुन्, बसन्त ऋृतुको यो महान चाड होलीका पृष्ठभुमी यसलार्इ मनाइने चलनलार्इ इतिहासले वर्णन गरेको छ । काठमाण्डौको बसन्तपुरमा विधीपूर्वक चिर ठड्याएपछी होलीपर्वको औपचारीक शुरुवात हुन्छ । हनुमान ढोकाको गद्धि बैठकमा तीनतले चीर ठड्याईन्छ, असत्यमाथि सत्यको जीत भएको सुचककारुपमा यो चीर राखिने र पछि टुँडीखेलमा चीरलाई विर्सजन गर्ने चलन रहेको छ । जलेको चिरको खरानीलार्इ शुभ कुराका रुपमा जो कोहीले घर लैजाने गर्दछन् । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रहलादसंग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रहलाद लाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आँफै आगोमा भष्म भएकी दिनका रुपमा होलीको पर्व पर्दापण भएको मानिन्छ । विष्णुको नरसिंह अवतार को वर्णन अनि उत्पती पनि होली अनि प्रहलाद घटना क्रम सँग समबन्धीत छ । नारद पुराण र भविष्य पुराणमा होलीको महत्व अनि चलनको चर्चा गरिएको छ, भगवान श्रि कृष्णलाई दुध खुवाएर मार्न आएकी राक्षसनी पुतनाको पनि आजकै दिन बालक कृष्णले वध गरेको उल्लेख गरिएको छ, यसरी पुतनाको बध भएपछी गोपालवासीहरुले जयजयकार गर्दै आजको दिनको रंगीन उत्सव मनाएको विवरण पनि ईतिहासले वयान गर्दछ । नीलो रंगले मानवता र धैर्यतालाई दर्शाउछ भने पहेलो रंग भगवान श्रि कृष्णको प्रिय रगं हो । शौभाग्यको सुचक रातो रगंको प्रयोग पनि आज ब्यापक गरिन्छ, अनुहार अनि शरीर भरि लागेका रगंहरु धुँदा हातैभरि रगंहरु हुने गर्दछ, खलल बगेका पानीका धारा या नुहाउने ईनार अनि पोखरीका डिलहरु आज रंगिन हुनेगर्दछन् । शुक्ल पक्षको ठूलो चन्द्रको छत्रछायामा होलीका गीतहरु गाँउदै रातभरि विभिन्न कार्यक्रम आयोजना गर्ने चलन पनि रहेको छ । आजको दिन नेपालमा सार्वजनिक विदा दिईन्छ, उपत्यका लगायत अन्य ठाँउहरुमा आजै अर्थात फागुन पूर्णिमाकै दिन अनि तराई क्षेत्रमा भोलीका दिन विदा दिईन्छ ।
वास्तवमा भन्ने हो भने होलीले मानिस अनि रगंहरु विचको सम्बन्ध अनि रंगले पार्ने उत्साहजनक प्रभावको पनि ब्याख्या गर्दछ, के बालक के बृद्ध अनि के वयस्क ? होली सबैको चाड हो । धार्मिक मान्यतावाट अलग्ग बनाएर केवल उत्साह अनि सदभावका रुपमा हेरेरै त होला नेपालीजनहरु चाहे जुनसुकै धर्म या समुदायका हुन्, होलीमा एउटै आँगन र तालमा झुम्मीन्छन् । बालक बालिकाले पिच्कारी अनि ससाना बेलुनहरुका साथमा मज्जा लन्छन्, फेरि पिच्कारी बजारमा किन्न पाउने मात्र नभई तराई तिर बाँस काटेर त्यसका ढोडवाट बनाईएका पिच्कारीहरु अथवा प्रयोग गरिसकेका पुराना प्लास्टीकका बोतलवाट बनाईएका पिच्कारीहरु पनि हुन्छन्, वयस्ककालागी होली रंगहरु अनि भातृत्व र साहसको पर्व हो । शुरुशुरुमा जो कोही पनि यसपाला म रंग खेल्दिन भनेर बसेतापनि सुस्तरि रंगीन माहोल अनि साथीभाईको रंग भरिएका हात अनि पानीका फोहोरावाट वच्न हम्मे हम्मे पर्दछ । पुराना यादहरु सँगाल्दै अनि अविर र केसरीको चुटुक्क टिकाका साथमा वृद्ध पुस्ताले दिएका आशिषको पनि होलीमा विशेष महत्व रहन्छ ।
तराईतिर त झन पोखरीनै रंगिन हुनेगर्दछ, रंगहरुले । खेल्न नमान्ने अनि आनाकानी गर्ने हरुलाई चोपलेर पोखरीमै फालिदिने चलन पनि रहेको छ । उपत्यकाको भन्दा एकदिन पछी मात्र तराईमा होली मनाउने चलन छ, तराईको होली विशेषकं भोली हामी पूनः लिपिवद्ध गर्नेछौ ।खानेकुराहरुमा आज मालपुवाको विशेष महत्व रहन्छ भने तराई तिर भने तरुवा, भरुवाको विशेष महत्व हुन्छ । सरसुको दानालाई सिलौटोमा पिसेर अनि मरमसलाहरु मिसाएर भान्टा भित्र राखि तारिएको भरुवाको आज विशेष महत्व हुन्छ । अर्कोतर्फ भाँगंको घोटा अर्थात गाँउतिर पाईने भाँगको दानाको धुलो बनाई दुध अनि चिनीको मिश्रणमा हालेर बनाईएको घोटा खाँदै अनि खुवाँउदै जोगीरा सरररररर को तालमा नाच्नुको विशेष महत्व हुन्छ ।
पहिले पहिले होलीको दिनमा लोला अनि फोहोर पानीहरु मिसाएर पदयात्री अनि काममा निस्केका मान्छेहरुलाई ताकेर हानिने चलन धेरै थियो तर विस्तारै यस्ता असभ्य होली मनाउने चलनहरु घट्दै गएको छ, होलीको कृपाले भातृत्व अनि सदाचारको वृद्धी होस् । जनकपुर देखि टनकपुरसम्म अनि बिराटनगर देखि ब्रिस्वेनसम्म बस्ने नेपालीहरुमा यस पर्वले खुशीयाली ल्यायोस्, जय होस् ।