• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    थप विवरण

    होमपेज / देश

    अन्तरिक्षमा पहिलोपटक उमारिएको साग खानयोग्य र मिठो पनि !

  • वीरगंज संजाल
  • २५ फाल्गुन २०७६, आईतवार ०७:३८
  • ३२३३

    एजेन्सी । अन्तरिक्षयात्रीहरुले पृथ्वी बाहिर उमारिएको पहिलो खानेकुरा सेवन गरिसकेपछि अत्याधिक उत्साह र खुसी व्यक्त गरेका छन् । ‘रेड रोमेन लेट्युस’ नामक साग खाँदैगर्दा उनीहरुले त्यो स्वादिष्ट भएको प्रतिक्रिया दिएका हुन् । उक्त साग उनीहरुले अन्तरिक्षमै रोपेर उमारेका हुन् ।अन्तरिक्षमा ताजा तरकारी उमार्नु अगाडि अगाडि आइस–क्रिम बनाएर खान सम्भव थियो । तर यसमा पहिलोपटक त्यहाँ रोपिएको भए पनि सागको स्वाद पृथ्वीमा जस्तै भएको उनीहरुले बताएका हुन् जबकि क्रिमयुक्त खानेकुराको स्वाद भने अन्तरिक्षमा फरक हुने गर्दछ ।

    अन्तरिक्षमा साग उमार्ने सम्बन्धी रिसर्च २०१४ देखि थालिएको थियो जसको निष्कर्ष शुक्रबार ‘फ्रन्टियरर्स इन प्लान्ट साइन्स’ मा प्रकाशित गरिएको छ । उक्त अध्ययनका अनुसार अन्तरिक्षको साग स्वादिष्टका साथै पूर्ण रुपमा सुरक्षित पनि रहेको स्पष्ट भएको छ । २०१४ मा नासाले सागसब्जी उत्पादनका लागि पहिलोपटक सामग्री र उपकरणहरु स्पेस स्टेसन पुर्याएको थियो । तर त्यतिबेला उमारिएका साग जमेपछि रिसर्च असफल भएको हो । तापनि उत्पादित बिरुवालाई परीक्षणका लागि पृथ्वी पठाइएको थियो जसमा साग खानका लागि सुरक्षित रहेको पत्ता लागेको हो । त्यसपछि नै हरिया सागसब्जीहरु स्पेस स्टेसनमा उमार्ने काम सुरु भयो ।

    यसमा उक्त रोमेनियन साग, अन्तरिक्षयात्रीहरुका लागि पोषणको राम्रो स्रोत र रोग लगाउन सक्ने किटाणुमुक्त पनि भएको पाइएको थियो ।यसरी नासाले भविष्यमा लामो दुरीको मिसन तय गर्दा यस किसिमका स्पेस स्टेसनमै उत्पादन गर्न मिल्ने खाद्यान्नको महत्व अधिक हुने क्रिस्टिना बताउँछिन् जो फ्लोरिडास्थित नासाकी अनुसन्धानकर्ता हुन् । यसअघि अन्तरिक्षयात्रीहरु विशेष रुपमा प्याक गरिएका खानेकुरामा निर्भर रहँदै आएका थिए । जसमा ड्राइ फ्रुट, पिनट बटर, कुखुराको मासु लगायत हुने गर्दथ्यो ।

    तर सागसब्जीको सलाद भने सेवन गर्न पाइँदैनथ्यो । यस्तोमा प्याक गरिएका खानेकुरामा भिटमिन सी, बी१, भिटमिन के लगायतका केही अति जरुरी पोषण तत्वहरु समयअनुसार हराउँदै जान्छन् । जसकारण पनि ताजा उत्पादन सबैभन्दा राम्रो विकल्प हुने वैज्ञानिकहरुको निष्कर्ष थियो । यस्तोमा चन्द्रमा, मंगल ग्रह लगायतको लामो मिसनमा अब अन्तरिक्षयात्रीहरुले खानाका लागि पृथ्वीमा निर्भर रहनु नपर्ने सम्भावना खुलेको नासाले बताएको छ । यसरी स्पेस स्टेसनको सागसब्जी बगैँचामा ६ वटा बिरुवासम्म उमार्न सकिने नासाको भनाइ छ ।

    यसमा सबै बीउहरु स्टेरिलाइज गरिएको हुन्छ भने माटोका रुपमा विशेष ‘पिलो’ को प्रयोग गरिन्छ । ती पिलोमा मल पनि हुन्छ जसले बिरुवाको जरासम्म पर्याप्त पोषण र पानी पुगेको सुनिश्चित गराउँछ । त्यसैगरी एउटा फ्यान पनि जडान गरिएको हुन्छ जसले हावालाई सबैतिर बराबरी फैलिन मद्दत गर्दछ । हालसम्म त्यसमा तीन प्रजातिका सागहरु उत्पादन गरिएको छ – चाइनिज बन्दा, मिजुना तोरी, रसियन केल । यी सागहरु उम्रिसकेपछि सिधै टिपेर खान सकिन्छ तर हालसम्म तिनलाई स्पेस स्टेसनमै पकाउने तरिका भने पत्ता लागेको छैन । २०१४ देखि १६ का बीच गरिएका केही अनुसन्धानमा पृथ्वीको तुलनामा स्पेस स्टेसनका बिरुवामा ‘पोटासियम, सोडियम, फस्फोरस, ससल्फर र जिंक’ पदार्थहरु उच्च मात्रामा हुने गरेको पाइएको थियो । त्यस्तै टमाटर, स्याउ लगायतका खानेकुरामा पनि फेनोलिक्सको मात्रा जमिनमा भन्दा उच्च हुने गरेको पत्ता लागेको थियो । सो पदार्थमा इन्फ्लामेटरी, क्यान्सर र एन्टिभाइरल विरुद्धको गुण हुन्छ । त्यसैले पनि अन्तरिक्षमै उत्पादित तरकारीको धेरै महत्व हुने बताइएको हो ।  सीएनएनबाट

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मधेश प्रदेश लगायत अन्य प्रदेशहरुमा आजबाट तीन दिन मनसुन थप सक्रिय हुने
  • आज मंगलवार २०७९ आषाढ १४ को राशिफल
  • बिरगंजका हन्ड्रेड्स ग्रुपले दिए मेयर र उपमयरलाई मायाको चिनो र कार्यकालको शुभकामना
  • फतुवा विजयपुर नगरपालिकाको नेकपा एमालेको समिक्षा बैठक सम्पन।
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मधेश प्रदेश लगायत अन्य प्रदेशहरुमा आजबाट तीन दिन मनसुन थप सक्रिय हुने

    आज मंगलवार २०७९ आषाढ १४ को राशिफल

    बिरगंजका हन्ड्रेड्स ग्रुपले दिए मेयर र उपमयरलाई मायाको चिनो र कार्यकालको शुभकामना

    फतुवा विजयपुर नगरपालिकाको नेकपा एमालेको समिक्षा बैठक सम्पन।

    बहुदरमाइ नगरपालिकामा रहेको भंगी साह उच्च माध्यमिक विधालयमा विधार्थीहरुले लगाएको ताल्चा खोलियो

    वीरगन्जका निजी विधालय विरुद्ध अभिभावकको आन्दोलन शुरु , कार्वाहीको माग गर्दै सिडिओ र मेयरलाइ ज्ञापनपत्र

    भारतीय बजारमा गएका दुइ नेपाली युवती माथि सामुहिक बलात्कार

    एउटा महिलाको पेटमा १३ वटा बच्चा

    बिरगंजको कृषि ज्ञान केन्द्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (रापप्रपा)को प्रदर्शन

    हतियार सहित तीन जना भारतीय युवक पक्राउ

    मधेश प्रदेश लगायत अन्य प्रदेशहरुमा आजबाट तीन दिन मनसुन थप सक्रिय हुने

    आज मंगलवार २०७९ आषाढ १४ को राशिफल

    बिरगंजका हन्ड्रेड्स ग्रुपले दिए मेयर र उपमयरलाई मायाको चिनो र कार्यकालको शुभकामना

    फतुवा विजयपुर नगरपालिकाको नेकपा एमालेको समिक्षा बैठक सम्पन।

    बहुदरमाइ नगरपालिकामा रहेको भंगी साह उच्च माध्यमिक विधालयमा विधार्थीहरुले लगाएको ताल्चा खोलियो

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    मधेश प्रदेश लगायत अन्य प्रदेशहरुमा आजबाट तीन दिन मनसुन थप सक्रिय हुने

    News

    आज मंगलवार २०७९ आषाढ १४ को राशिफल

    News

    बिरगंजका हन्ड्रेड्स ग्रुपले दिए मेयर र उपमयरलाई मायाको चिनो र कार्यकालको शुभकामना

    News

    फतुवा विजयपुर नगरपालिकाको नेकपा एमालेको समिक्षा बैठक सम्पन।

    News

    बहुदरमाइ नगरपालिकामा रहेको भंगी साह उच्च माध्यमिक विधालयमा विधार्थीहरुले लगाएको ताल्चा खोलियो


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑