• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    होमपेज / Breaking News

    मास्कको कालोबजारी गर्ने ‍औषधि पसलहरुलाई २ लाख रुपैयाँ जरिवाना

  • वीरगंज संजाल
  • २५ फाल्गुन २०७६, आईतवार ००:१४
  • २९६९

    काठमाडौँ |  बजारमा मास्कको अभाव बढ्दै गइरहेका बेला काठमाडाैँकाे महावाैद्धमा (वीर अस्पताल नजिकै) रहेका केही औषधि पसलले मास्क लुकाएको र महँगोमा बेचेकाे पाइएपछि कारबाहीमा परेका छन्।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले शुक्रबार अनुगमन गर्दा वीर अस्पताल नजिकै रहेको आयुष फार्मेसीले मास्क लुकाएको र धेरै मूल्यमा बेचिरहेको पाइएकाले कारबाही गरेको हो।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले कारबाहीमा पर्ने आयुष फार्मेसी तथा क्षेत्रपाटीमा रहेको आइज्याक हस्पिटेक सपोर्टलाई दुई–दुई लाख रुपैयाँ जरिवाना तिराएको बताए।

    उनले औषधि पसलहरुले मास्कको अभाव सिर्जना गरेको तथा चर्को मूल्यमा विक्रि वितरण गर्दै आएकाले कारबाही गरेको बताए। उनले भने, ‘पसलले धेरै मूल्यमा मास्क बेच्ने र लुकाउने गरेकाले अनुगमन टोलीले दुई लाख रुपैयाँ जरिवाना गरेको हो।’कोरोना भाइरसको त्रासले बजारमा मास्कको माग बढेपछि व्यापारीहरुले मास्कको कालोबजारी गरेका छन्।सुवेदीका अनुसार औषधी पसललाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार अनुगमन अधिकृतले तत्कालै २ लाख रुपैयाँ जरिवाना गराएका थिए।कानुनमा कुनै व्यवसाय वा संघसस्थाले कुनै पनि उपभोग्य सामानको कृत्रिम अभाव सिर्जना गरेमा, तौल र साइज फेरबदल लगायतका कसुर गरेमा उक्त ऐनको दफा ३८ (ङ) को कसुरमा दफा ३९ बमोजिम अनुगमन अधिकृतले तत्कालै २ देखि ३ लाख रुपैयाँसम्म जरिवाना गर्नसक्ने व्यवस्था छ।

    यस्तै शुक्रबार क्षेत्रपाटीकै औषधि पसल एसजे मेडिको सर्जिकललाई २० हजार रुपैयाँ र महाबाैद्धमा रहको आरएफ फार्मेसीलाई १० हजार रुपैयाँ जरिवाना तिराइएको सुवेदीले बताए।उनले भने, ‘उक्त पसलहरुले बेचिरहेको मास्कको खरिद बिल देखाउन नसकेपछि उनीहरुलाई तत्कालनै जरिवाना तिराइएको हो।’केही दिनदेखि औषधी पसलहरुमा तिव्र रुपमा अनुगमन भइरहेको उनले बताए।चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस नेपालमा पनि फैलिने डरले मास्क तथा औषधिको अभाव हुन थालेपछि अनुगमन तीव्र पारेको विभागले जनाएको छ। विभागका महानिर्देशक सुवेदीले पछिल्लो १० दिनदेखि औषधि पसल तथा सर्जिकलहरुमा अनुगमन गरिरहेको बताए।

    यस्तै बिल बिना नै महँगोमा मास्क बेच्ने त्रिपुरेश्वरको स्वस्तिक सर्जिकल सप्लायर्सलाई २० हजार र सचिन ट्रेड कन्सर्नलाई १० हजार रुपैयाँ तथा त्रिपुरेश्वरको खनाल सर्जरी सप्लायर्स, अर्चना सर्जिकल र फिस्टेल सर्जिकललाई पाँच–पाँच हजारका दरले जरिवाना तिराएको विभागका महानिर्देशक सुवेदीले जानकारी दिए।सोही क्रममा नेपाल केयर सर्जिकल सप्लायर्सले मास्कको कृतिम अभाव सिर्जना गरेको पाइएपछि २ लाख रुपैयाँ जरिवाना तिराइएको उनले बताए।यस्तै कलंकीको एक कस्मेटिक पसलमा सर्जिकल मास्क बेचिरहेको पाइएपछि उक्त पसललाई पनि कारबाही गरिएको सुवेदीको भनाइ छ।सरकारले मास्क लुकाइएको या महँगो बेचेको पाइएमा ११३७ मा टेलिफाेन गरेर खबर गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।नागरिकको उजुरीका आधारमा सरकारले अनुगमन गरी दोषी पाइएमा तीन लाख रुपैयाँसम्म जरिवाना तिराउनुका साथै मुद्दा चलाउने विभागले जनाएको छ।मङ्गलबारदेखि विभागले बजारमा अनुगममा सुरु गरेकाे थियाे।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • काठमाडौंको बालुवाटारमा लागेको आगलागी नियन्त्रणका लागि नेपाल प्रहरीका १० दमकल प्रयोग, पाँच करोडको क्षति
  • पतिसँग सुतिरहेकि थिइन् एक्कासी कसैले उनको शरीर चलाए जस्तो लाग्यो श्रीमान सम्झेर आँखा खोल्दा महिलाको होस उड्यो
  • नुपूर शर्माको समर्थन गरेको भन्दै भारतमा एक पुरुषको हत्या, दुईजना पक्राउ
  • सुनको मूल्य बढ्यो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    काठमाडौंको बालुवाटारमा लागेको आगलागी नियन्त्रणका लागि नेपाल प्रहरीका १० दमकल प्रयोग, पाँच करोडको क्षति

    पतिसँग सुतिरहेकि थिइन् एक्कासी कसैले उनको शरीर चलाए जस्तो लाग्यो श्रीमान सम्झेर आँखा खोल्दा महिलाको होस उड्यो

    नुपूर शर्माको समर्थन गरेको भन्दै भारतमा एक पुरुषको हत्या, दुईजना पक्राउ

    सुनको मूल्य बढ्यो

    काठमाडौंमा आगलागी, महानगरको दमकलले काम नगरेपछि प्रहरीको दमकल झिकाइयो

    श्रीलंकामा अत्यावश्यक बाहेकका सवारी साधनलाई पेट्रोल बिक्री बन्द

    काठमाडौंमा लागेको आगो अझै नियन्त्रणमा आएन

    जनकपुरमा दुई दिनदेखिको वर्षाका कारण जनकपुरधाम जलमग्न

    लगातार वर्षाका कारण डुबानको समस्याले विराटनगरका विद्यालय बन्द

    असार १५ मा किन खाइन्छ दही चिउरा ? यस्तो छ यस्को महत्व हेर्नुहोस्…

    काठमाडौंको बालुवाटारमा लागेको आगलागी नियन्त्रणका लागि नेपाल प्रहरीका १० दमकल प्रयोग, पाँच करोडको क्षति

    पतिसँग सुतिरहेकि थिइन् एक्कासी कसैले उनको शरीर चलाए जस्तो लाग्यो श्रीमान सम्झेर आँखा खोल्दा महिलाको होस उड्यो

    नुपूर शर्माको समर्थन गरेको भन्दै भारतमा एक पुरुषको हत्या, दुईजना पक्राउ

    सुनको मूल्य बढ्यो

    काठमाडौंमा आगलागी, महानगरको दमकलले काम नगरेपछि प्रहरीको दमकल झिकाइयो

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    काठमाडौंको बालुवाटारमा लागेको आगलागी नियन्त्रणका लागि नेपाल प्रहरीका १० दमकल प्रयोग, पाँच करोडको क्षति

    News

    पतिसँग सुतिरहेकि थिइन् एक्कासी कसैले उनको शरीर चलाए जस्तो लाग्यो श्रीमान सम्झेर आँखा खोल्दा महिलाको होस उड्यो

    News

    नुपूर शर्माको समर्थन गरेको भन्दै भारतमा एक पुरुषको हत्या, दुईजना पक्राउ

    News

    सुनको मूल्य बढ्यो

    News

    काठमाडौंमा आगलागी, महानगरको दमकलले काम नगरेपछि प्रहरीको दमकल झिकाइयो


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑