सामुदायिक सेवा केन्द्र छपकैया-२ को मासिक नियमित बैठक सम्पन्न
वीरगंज संजाल
२४ फाल्गुन २०७६, शनिबार २२:५३
५८४१
बिरगंज । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया -२ का अध्यक्ष ग्यासुदिन ठकुराईको अध्यक्षता मासिक नियमित बैठक बसेको थियो ।सामुदायिक सेवा केन्द्र छपकैया-२ को कार्यालयमा बसेको बैठकले प्रत्येक महिनाको अन्तिम शनिबारको दिन नियमित बस्ने बैठक अन्तरगत आज बैठक बसेको थियो ।आज बसेको बैठकले दुई वटा महत्वपूर्ण निर्णय गरेको हो।पहिलो निर्णय यहि चैत्र २९ गते सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया -२
को प्राङ्गणमा छपकैया गुठी , सामुदायिक सेवा केन्द्र छपकैया-२ , र राईजिङ्ग बिरगंज नेपालको सन्युक्त आयोजनामा खुल्ला रक्तदान गर्ने र दोस्रो निर्णय सामुदायिक सेवा केन्द्र छपकैया -२ का पदाधिकारीहरुको सदस्यता नवीकरण बापत लिईने शुल्क रु, २००/- ( दुई सय ) लिने निर्णय गरिएको अध्यक्ष ठकुराईले जानकारी गराएका थिए ।बैठकमा अध्यक्ष ग्यासुदिन ठकुराई , वरिष्ठ उपाध्यक्ष मो. अब्दुल हक , सचिव प्रबिण बिक्रम शाह , सदस्य धिरज शर्मा , अजित कुमार भुजेल , अरुण कुमार गोयल , ऎराहनुल हक( बिट्टु नेपाली ) , श्रीमती मोमिला खातुन , टिका प्रसाई , अब्दुल कैश मिया तेलि , साहेब हुसेन , जयाउल समानी , प्रहरी हवल्दार देवेन्द्र पटेल र प्रहरी जवान राजकुमार तामाङ लगायतकाको उपस्थिति रहेको थियो ।