नेपाल राजपुत सेवा समाजको होली मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।
वीरगंज संजाल
२४ फाल्गुन २०७६, शनिबार २१:३७
६७७३
वीरगञ्ज । राजेन्द्र सिंह | नेपाल राजपुत सेवा समाज वीरगञ्जको आयोजनामा आज होली मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । वीरगञ्जको भिस्वामा भएको कार्यक्रम समाजका वरिठ उपाध्यक्ष जटेश्वर प्रसाद सिंहको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति बाराका सभापत्ति नवलकिशोर सिंहले होली मिलन समारोहलाई संबोधन गर्दै राजपुत समुदाय छरिएर रहेकोले सबै एक ठाउँमा संगठित हुनु पर्नेमा जोड दिनु भयो । वहाँले संख्याको कुरा गर्नु भन्दा कार्य गर्ने परिपाटिको बिकास गर्नु पर्नेमा जोड दिनु भयो । कुनै काम गर्दा लाजको बिषय नभएको जोड दिनु हुदै वहाँले संख्यात्मक भन्दा गुणस्तरमा जोड दिनु भयो । शुभकामना मन्तव्य दिदै वहाँले भोलीको मौलिक्ता हराउदै गरेको पनि बताउनु भयो । कार्यक्रममा महासचिव सुरेन्द्र कँुवारले संस्थाबाट अहिले सम्म भएको प्रगतीको बारेमा चर्चा गर्दै छिटै समाजको नाममा रहेको जग्गा घर निमार्णमा जुट्न सबैमा अनुरोध गर्नु भयो । शुभकामनमा आदान प्रदान कार्यक्रममा अभिवाक्ता रामचन्द्र सिंह, बिनय कुमार सिंह, डा.अखिलेश प्रसाद सिंह, शशिधर सिंह, लगायतकाले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा यमुना प्रसाद सिंह, निरज सिंह, धिरेन्द्र सिंह, अवधकिशोर सिंह, श्रीमति पिकि सिंह, अमरिश सिंह, राम कुमार सिंह, बिक्रम सिंह, राजेश सिंह,अम्बुज सिंह, अरबिन्द सिंह, पिन्टु सिंह, संजय सिंह, अभय सिंह, अशोक सिंह, श्याम सुन्दर सिंह, मुकेश सिंह लगायत बारा, पर्साका राजपुत समाजका अन्य धेरैको सहभागीता रहेको थियो । कार्यक्रमको सहजिकरण नेपाल राजपुत सेवा समाजका सचिव राम बाबु सिंहले गर्नु भएको थियो ।