• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / देश

    छाउ हुँदा विद्यालय छाड्ने छात्राको संख्या घट्दै

  • वीरगंज संजाल
  • २४ फाल्गुन २०७६, शनिबार १२:५३
  • १२७३

    Shares

    बाजुरा । जिल्लाको बूढीनन्दा नगरपालिका–४ सिमकुरुको भावना आधारभूत विद्यालयमा अध्ययनरत रमिता रोकाया र बीमा रोकाया दुई वर्ष अघि वार्षिक परीक्षाको समयमा महिनावारी भए । महिनावारी हुँदा विद्यालय जानु हुँदैन भन्ने अन्धविश्वास थियो । त्यसै कारण कक्षा ७ मा पढ्ने दुवै परीक्षा छोड्न तयार भए तर विद्यालय गएनन् । विद्यालय नजिकै देवीदेउताको मन्दिरसमेत भएकोले समाजकै डरले उनीहरु विद्यालय पुगेनन् । उनीहरुलाई अर्को प्रश्न पत्र बनाएर परीक्षा लिन विद्यालयलाई सम्भव थिएन । शिक्षकले पनि विद्यालयमा नै आएर परीक्षा दिन लगाउने आँट गरेनन् बरु घरमै प्रश्न पत्र पु¥याएर शिक्षकको निगरानीमा परीक्षा दिन लगाइयो ।

    यो कुरुक्षेत्रको एउटा प्रतिनिधिमूलक प्रसङ्ग मात्र हो । विद्यालय परिसरमै भगवती माई, कैलाश, मस्टा देउताका मन्दिर छन् । देउताकै डरले उनीहरु महिनावारी भएको पाँच दिन विद्यालय नआउने गरेको भावना आधारभूत विद्यालयका निमित्त प्रधानाध्यापक दिनानाथ चौधरीले बताए । छात्रा मात्र नभई विद्यालय पढाउने शिक्षिकादेखि विद्यालय व्यवस्थापन समितिका महिला सदस्यसमेत विद्यालयमा पढाउन र बैठकमा जाँदैनन् । महिनावारी हुन थालेका छात्राले वर्षको ६० दिन अनिवार्य विद्यालय बाहिर बस्नुपर्ने बाध्यता थियो । तर, हाल बिरामी र घरको अनिवार्य कामबाहेकका अरु दिन नियमित विद्यालय आउने गरेको शिक्षकको भनाइ छ ।

    सोही नगरपालिका–४, कुरुक्षेत्रका देवलडाँडा मावि, भावना र बूढीनन्दा आधारभूत विद्यालयमा देखिने यी समान प्रकृतिका समस्या हुन् । महिनावारी हुँदा छात्रा विद्यालय नआउने देवलडाँडा माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रह्लाद श्रेष्ठ स्वीकार्छन् । ‘अहिले केही समय भयो छात्रा नियमित विद्यालय आउँछन्, अघिल्लो शैक्षिक सत्रसम्म कोही पनि आउँदैन थिए,’ ? श्रेष्ठले भने, ‘विद्यालयमा छात्रा नै बढी हुने तर उनीहरुनै नआउँदा पठनपाठनमा समस्या भएर शैक्षिक उपलब्धि नै न्यून हुन्थ्यो । यो शैक्षिक सत्रदेखि केही सुधार भएको छ ।’

    देवडाँडा माविको शैक्षिक उपलब्धि दर हालसम्म पनि ४० देखि ४५ प्रतिशत छ । ‘छात्रा नियमित आउन थालेपछि सुधार भएको हो, केटाले मात्र नियमित कक्षा लिएर हुँदैन, शिक्षिका पनि नआउने दैनिकजसो पढाइ नै प्रभावित हुने गरेको थियो,’ प्रअ श्रेष्ठले सुनाए ।

    उनका अनुसार अझै कुरुको घोडाकोट क्षेत्रका ३५ बढी छात्रा नियमित विद्यालय आउने गरेका छैनन् । बाटोमा दोगाडे खोला पर्ने र पर्वतबाट आएको पवित्र पानी महिनावारी भएको महिलाले नाघ्न नहुने अन्धविश्वासले नआएको बताइएको छ । तर यो शैक्षिक सत्रदेखि भने कुनै समस्या नभएको वडाध्यक्ष राजन रोकायाको भनाइ थियो । कुरुक्षेत्रलाई देवभूमिका रुपमा चिनिन्छ । कुरुक्षेत्रमा १२ कोटी देउता बस्ने गरेको धार्मिक मान्यता छ । हिँड्ने बाटासमेत अलग हुने र सिङ्गो बस्तीमा समेत छाउ हुँदा बस्न नपाइने प्रचलन छ । राज्यले ल्याएको कानून र त्यसको कार्यान्वयनसँगै सबै प्रकारका विभेद र अन्धविश्वास हटाउने अभियानपछि अवस्था सुधार हुँदै गएको छ ।

    ‘वर्षमा ६० दिन बढी छात्रा गयल हुनुपर्ने अवस्था थियो, अब त्यो हटेको र शैक्षिक गुणस्तरमा सुधार देखिन थालेकामा खुशी लागेको छ’, वडा अध्यक्ष रोकायाको भनाइ छ ।

    विद्यालयमा पढाइ र शैक्षिक उपलब्धिसँगै महिलाको स्वास्थ्य र सुरक्षामा पनि सुधार हुँदै गएको भावना आधारभूत विद्यालयका शिक्षिका बेलकुमारी रोकायाले बताए । पिसविन नामक गैरसरकारी संस्था र वडा कार्यालयले संयुक्तरुपमा छाउपडीविरुद्धको अभियान चलायो । गोठ भत्काएपछि बल्ल नियमित विद्यालय आउने र गोठ छोडेर घरभित्र बस्न थालेको वडाध्यक्ष रोकायाको भनाइ थियो । जनप्रकाश मावि कोल्टी कक्षा १२ मा पढ्ने करिश्मा रोकायासँग छाउ हुँदा विद्यालय नगएको सम्झना छ ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतमा उच्च संख्यामा बढ्दै कोरोना संक्रमित, एकै दिन ८८० को मृत्यु
  • कोरोना संक्रमण फेरि भयावह बन्दा यसपटक किन बालबालिका धेरै प्रभावित भए ?
  • महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएर भए पनि ओलीको विकल्प खोज्नुपर्छ : डा. कोइराला
  • तत्काल स्कुल बन्द नगर्ने, स्वास्थ्य मापदण्डमा कडाइ गर्ने मन्त्रिपरिषद्को निर्णय
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतमा उच्च संख्यामा बढ्दै कोरोना संक्रमित, एकै दिन ८८० को मृत्यु

    कोरोना संक्रमण फेरि भयावह बन्दा यसपटक किन बालबालिका धेरै प्रभावित भए ?

    महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएर भए पनि ओलीको विकल्प खोज्नुपर्छ : डा. कोइराला

    तत्काल स्कुल बन्द नगर्ने, स्वास्थ्य मापदण्डमा कडाइ गर्ने मन्त्रिपरिषद्को निर्णय

    रोमाञ्चक खेलमा पञ्जाबसँग राजस्थान ४ रनले पराजित, सन्जुको शतक काम लागेन

    आज मंगलवार – ३१ चैत्र २०७७ को राशिफल

    चलचित्र ‘लाल मोहन जी’ मा संगीत भर्दै सन्तोष राज साहनी

    रोग प्रतिरोधात्मक क्षमता बढाउने ५ पेयपदार्थ

    धेरै पसिना आउनु पनि हृदयघातको लक्षण हुनसक्ने, नगर्नुहोस् नजरअन्दाज

    प्रस्तावित नागरिकता विधेयक प्रतिगामी र पितृसत्तात्मक सोचले लिप्त : सांसद् यादव

    भारतमा उच्च संख्यामा बढ्दै कोरोना संक्रमित, एकै दिन ८८० को मृत्यु

    कोरोना संक्रमण फेरि भयावह बन्दा यसपटक किन बालबालिका धेरै प्रभावित भए ?

    महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएर भए पनि ओलीको विकल्प खोज्नुपर्छ : डा. कोइराला

    तत्काल स्कुल बन्द नगर्ने, स्वास्थ्य मापदण्डमा कडाइ गर्ने मन्त्रिपरिषद्को निर्णय

    रोमाञ्चक खेलमा पञ्जाबसँग राजस्थान ४ रनले पराजित, सन्जुको शतक काम लागेन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    भारतमा उच्च संख्यामा बढ्दै कोरोना संक्रमित, एकै दिन ८८० को मृत्यु

    News

    कोरोना संक्रमण फेरि भयावह बन्दा यसपटक किन बालबालिका धेरै प्रभावित भए ?

    News

    महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएर भए पनि ओलीको विकल्प खोज्नुपर्छ : डा. कोइराला

    News

    तत्काल स्कुल बन्द नगर्ने, स्वास्थ्य मापदण्डमा कडाइ गर्ने मन्त्रिपरिषद्को निर्णय

    News

    रोमाञ्चक खेलमा पञ्जाबसँग राजस्थान ४ रनले पराजित, सन्जुको शतक काम लागेन


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑