• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    चीनसँगका नाका बन्द गर्ने प्रदेश सरकारको निर्णय

  • वीरगंज संजाल
  • २४ फाल्गुन २०७६, शनिबार १२:४३
  • ५०८७

    सुर्खेत | कर्णाली प्रदेश सरकारले उत्तरी छिमेकी चीनसँगका सीमा नाका बन्द गर्ने निर्णय गरेको छ। चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि उत्तरतर्फका सीमा नाका बन्द गर्ने निर्णय गरेको हो।प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले शुक्रबारको मन्त्रिपरिषद्को बैठकले चीनसँग सीमा जोडिएका हुम्लाको हिल्सा, डोल्पाको शे–फोक्सुण्डो र मुगुको धो–मोरिम्ला नाका बन्द गर्ने निर्णय गरिएको बताइन्।

    प्रदेश सरकारले हात र गला नमिलाउन पनि आम समुदायमा आग्रह गरेको छ। ‘कोरोना भाइरस रोकथामका हात मिलाउन र गला मिलाउन आम समुदायमा आग्रह गछौं,’ शनिबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता केसीले भनिन्, ‘यसका साथै प्रदेशभित्र मेला, महोत्सव, आमसभा, भेला तथा सार्वजनिक कार्यक्रममा पनि रोक लगाइएको छ।’प्रदेश सरकारले पाँच वटा सीमा नाकामा हेल्पडेक्स राख्ने निर्णय गरेको छ। चीनसँगको सीमा हुम्लाको हिल्सा, प्रदेश पाँचसँगको सीमा सल्यानको कपुरकोट, सुर्खेतको बबई, सुदूरपश्चिमसँगको सीमा सुर्खेतको कुइने र सुर्खेत विमानस्थलमा हेल्पडेक्स र आवश्यक जनशक्तिको व्यवस्था गर्ने निर्णय गरेको छ। यस्तै कर्णाली प्रदेश अस्पताललाई क्वारेन्टाइन र आइसोलेसन कक्ष स्थापनाका लागि आवश्यक बजेट विनियोजन गर्ने निर्णय पनि प्रदेश सरकारले गरेको छ।

    मन्त्रिपरिषद् बैठकले कालिकोट, रुकुम (पश्चिम) र सल्यानमा कारागार भवन निर्माणका लागि एक–एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। यस्तै कर्णाली प्रदेशमा गोदाम घर निर्माणका लागि संघीय सरकारसँग चार करोड ६३ लाख रुपैयाँ माग गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।प्रदेश सरकारले जुम्लाको हिमा गाउँपालिकाको केन्द्र र सल्यानको छत्रेश्वरी गाउँपालिकाको नाम परिवर्तन र केन्द्र सार्नका लागि आएको प्रस्तावलाई अघाडी नबढाउने निर्णय गरेको छ। दुबै प्रस्ताव स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा ४ को उपदफा (५) अनुसार गाउँसभाबाट पारित हुनुपर्नेमा सो नभएको प्रदेश सरकारको ठहर छ।

    ‘जुम्लाको हिमा गाउँपालिकाको प्रशासनिक केन्द्र वडा नम्वर–५ को गुरामाडु तालखेत र बाजागाड तालखेत मध्ये कुन स्थानमा राख्ने सन्दर्भमा गाउँसभाको प्रतिनिधिहरुको दुई तिहाई नपुग्ने हुँदा प्रदेश सरकारले तोकिदिन निर्णय भई आएकोमा स्थानीय सरकार सञ्चालन ऐनको दफा ४ को उपदफा (३) बमोजिम गर्न गाउँपालिकालाई जानकारी गराउने निर्णय भयो,’ सरकारका प्रवक्ता केसीले भनिन्, ‘सल्यानको छत्रेश्वरी गाउँपालिकाको प्रशासनिक केन्द्र तारुपरेमा सार्न तथा गाउँपालिकाको नाम पाथीभरा कायम गर्न माग भइआएको भए पनि गाउँसभाबाट पारित नभएकाले यो विषयलाई अगाडि नबढाउने निर्णय गरियो।

    प्रदेश सरकारले जाजरकोटको छेडागाड नगरपालिकाको प्रशासनिक केन्द्र साविकको कार्कीगाउँ गाविसको चंखेली र डोल्पाको मुड्केचुला गाउँपालिकाको प्रशासनिक केन्द्र इलनिल दहमा तल्लो नर्कुमा कायम गर्नका लागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम
  • पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    News

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    News

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑