वीरगन्ज | बाराको विश्रामपुर गाउँपालिकाकी उपाध्यक्ष सुमित्रादेवी साह तेलीमाथि हातपात भएको छ ।उक्त गाउँपालिका अध्यक्ष अमिरीलाल राउत पाल र उपाध्यक्ष तेलीबीच लामो समयदेखि आपसी विवाद हुँदै आएको थियो ।उपाध्यक्ष साहमाथि गाउँपालिका अध्यक्षका आफन्त भतिजो निरन्जन पाल, सन्तोष र राजगुरु लगायतका व्यक्तिले हातपात तथा दुव्र्यवहार गरेपछि शुक्रबार गाउँपालिका कार्यालय तनावपूर्ण बनेको थियो ।
अध्यक्ष पालले आफ्ना भाईभतिजो लगाएर उपाध्यक्ष साहलाई न्यायिक समितिमा बसिरहेको बेला हातपात गर्नुका साथै दुई घण्टा समितिको कोठामा समेत थुनेको पिडित साहका श्रीमान भोला साह तेलीले बताए ।उपाध्यक्ष माथि हातपात गर्नुका साथै गाली गलौज गर्दैै उनकै कार्यकक्षमा अध्यक्ष र उनका आफन्तहरुले थुनेको थाहा पाएपछि गाउँपालिकामा स्थानिय सहित प्रहरी र वडा नम्बर ४ का वडा अध्यक्ष मदन प्रसाद यादव घटनास्थल पुगेर थुना मुक्त गराएका थिए ।घटनामा संलग्न तीनैजनालाई प्रहरीले पक्राउ गरेपनि गाउँपालिकाका बोर्ड सदस्य र अध्यक्ष पालले शनिबार गाउँपालिकाको कार्यालयमा बसेर समस्या समाधान गर्ने भन्दै पक्राउ परेका छुटेका छन् । Thenepalpost