• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    कोरोना संक्रमण रोक्न सिक्किममा विदेशीलाई प्रतिबन्ध

  • वीरगंज संजाल
  • २४ फाल्गुन २०७६, शनिबार ०७:१२
  • ५१६३

    सिक्किम | सिक्किम सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोक्न ‘इनर लाइन’ पर्मिट बन्द गरेको छ । विदेशी आगन्तुकलाई सिक्किम प्रवेशमा रोक लगाउन पर्मिट बन्द गरिएको हो । यसमा नेपाली नागरिक पनि पर्ने छन् ।भुटानमा एक अमेरिकी नागरिकमा कोरोना भाइरस संक्रमण भएलगत्तै सिक्किम सरकारले विदेशीलाई आफ्नो भूभाग प्रवेशमा रोक लगाएको हो। भारतभर कोरोना संक्रमितको संख्या ३० पुगेकाले सुरक्षात्मक उपाय खोज्दै ‘इनर लाइन पर्मिट’ बन्द गरेको सिक्किमका राज्यपाल गंगाप्रसादले जनाएका छन्।

    राजभवनले जारी गरेको विज्ञप्तिमा विदेशी नागरिक वा पर्यटकलाई सिक्किम प्रवेश गर्न अनुमति नदिने र विशेष नाकामा सतर्कता बढाउन निर्देशन दिइएको उल्लेख छ। चीनसँग सीमा जोडिएको व्यापारिक नाका ‘नाथुला पास’ जान पनि सिक्किम सरकारले रोक लगाएको छ। नेपालसँग सीमा जोडिएका नाकासहित रम्फू र मल्ली चेकपोस्टमा निगरानी बढाइएको छ भने चेकजाँचलाई चुस्त पारिएको छ। दुवै नाकामा खटिएका स्वास्थ्यकर्मीले हालसम्म कोभिड–१९ को लक्षण भएका कोही नभेटिएको जनाएका छन्। पर्टयनका हिसाबले चर्चित नाथुला र छाङ्गु दुवैमा विदेशी पर्यटक छिर्न दिइएको छैन। भर्खरै सिक्किम फर्किएका चीनमा अध्ययनरत पाँच विद्यार्थीमा पनि भाइरस संक्रमणको नभेटिएको सिक्किम स्वास्थ्य विभागले जनाएको छ।

    सिक्किमसँग सीमा जोडिएको पश्चिम बंगाल सरकारले पनि कोरोना भाइरस संक्रमण रोकथामका लागि विशेष सतर्कता सुरु गरेको छ। सिलगढी र वरपरका क्षेत्रमा स्वास्थ्य विभागका टोली तैनाथ गरिएका छन्। भारत–नेपाल सीमा पानीट्यांकीमा जाँच र निगरानी कडा गरिएको छ। सीमा वारपार गर्ने सबैलाई सशस्त्र सीमा बलको टोलीसहित पश्चिम बंगाल राज्य स्वास्थ्य विभागका कर्मचारीले निगरानी कडा गरेका छन्। बागडोगरा एयरपोर्टमा अलर्ट जारी गर्दै सबै विदेशी नागरिकलाई स्क्रिनिङ गर्ने गरिएको छ। विशेषगरी थाइल्यान्ड, भुटान र ढाका उड्ने यात्री निगरानीमा छन्। भुटानमा कोरोना संक्रमित पाइएलगत्तै निगरानी अझ चुस्त पारिएको हो।


    सिक्किममा ‘इनर लाइन पर्मिट’ बन्द गरेलगत्तै पर्यटन व्यवसायमा व्यापक असर देखिएको छ। सिलगढीका टुर अपरेटर तथा हिमालयन टुरिज्म एन्ड ट्राभल नेटवर्कका महासचिव सम्राट सन्यालले सिक्किममा महिनामा ४ सयभन्दा धैरै पर्यटक आउने गरेकोमा यो संख्यामा कटौती हुने भन्दै चिन्ता व्यक्त गरेका छन्। ‘सिक्किम युरोपलगायत दक्षिण पूर्वी एसियाका पर्यटकको गन्तव्य बनिसकेको छ। दक्षिण पूर्वी एसियामै कोरोना भाइरसको आतंक छ,’ सन्यालले भने, ‘अहिले पर्यटक आउन बन्द भइसकेका छन्। इनर लाइन पर्मिट बन्द गरेलगत्तै पर्यटन व्यवसाय चौपट बन्ने स्थिति बनेको छ।’ कान्तिपुर दैनिकमा खबर छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !
  • ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ
  • स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र
  • कोही किन सन्तान जन्माउन अनिच्छुक ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    News

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    News

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    News

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    News

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑