सिरहा । मधेसका गाउँ–सहरमा चर्को आवाजमा बजाइने डिजे बाजामाथि सिरहा प्रशासनले नियन्त्रण गर्न थालेको छ। बिवाह र अन्य पर्वलगायतमा मनोरञ्जनको नाममा बजाइने डिजे बाजाका कारण मानिसको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भन्दै प्रशासनले नियन्त्रण अभियान सुरु गरेको हो।
चर्को आवाजमा बजाइने डिजे बाजाका कारण मानिसको शान्तिपूर्ण रुपमा बस्न पाउने अधिकारको हुने, विद्यार्थीहरुको पठनपाठनमा अवरोध पुग्ने भएकोले नियन्त्रण अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए । सिरहा प्रशासनको निर्णय उल्लंघन गरी डिजे बाजा बजाएको पाइए जफत गरि कानुनी कारबाही हुने सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।
पिकअप ट्र्याक्टर, जीपलगायतका सवारी साधनको पछाडी डिजे बाजा राखेर बजाउँदै गरेको पाइएपछि प्रहरीले सवारी नियन्त्रणमा लिएर डिजे बाजा जफत गरिने बताए। ‘मौलिक संस्कृतिलाई जोगाउँदै विकृति नबढ्ने खालका वातावरणमा मनोरञ्जनात्मक कार्य गर्न रोक नरहेको ‘डीजे बाजा अश्लील गीतले समाजमा नकारात्मक असर परिरहेकाले रोक लगाइएको हो ।
सिरहाको लहान, गोलबजार सदरमुकाम सिरहा माडर बन्दिपुर धनगढीमाइ लगायतका नगरपालिकाले डिजे बाजा बजाउन रोक लगाए पनि कार्यान्वयन भएको थिएन। प्रशासनले सूचना जारी गरेर प्रहरीमार्फत नियन्त्रण अभियान चलाएपछि सिरहाबासी चयनको सास फेर्न पाएका छन्। गीत बजाउन नपाइने होइन प्रजिअ अधिकारीले भने, ‘डीजे बाजाको चर्को आवाजले ध्वनि प्रदूषणसँगै वातावरण र मानवीय स्वास्थ्यमा असर पर्छ।’ आम मानिसको शान्तिपूर्वक बाँच्न पाउने अधिकार रक्षाका लागि यो निर्णय गरिएको बताए।’