प्रदेश २ सरकारले प्रहरीलाई २४ वटा मोटरसाइकल हस्तान्तरण
वीरगंज संजाल
२३ फाल्गुन २०७६, शुक्रबार १५:०९
३७२३
जनकपुरधाम | शान्ति सुरक्षाको लागि प्रदेश २ सरकारले नेपाल प्रहरीलाई २४ वटा मोटरसाइकल हस्तान्तरण गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्रालयले शुक्रबार २४ वटा मोटरसाइकल प्रहरीलाई प्रदान गरेको हो ।
मधेश भवनमा कार्यक्रम बिच आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेश २ का प्रदेश प्रहरी प्रमुख डीआइजी प्रधुम्न कार्कीलाई २४ वटै मोटरसाइकलको साँचो हस्तान्तरण गरेका हुन् ।मोटरसाइकल प्रदान गर्दै मन्त्री यादवले प्रहरीलाई प्रविधिसंग जोड्दै शान्ति सुरक्षा चुस्तदुस्त हुने विश्वास व्यक्त गरे ।