सुनको भाउले दिनहुँ नयाँ रेकर्ड राख्दै, ५ दिनमा ४५ सयले बढ्यो
वीरगंज संजाल
२३ फाल्गुन २०७६, शुक्रबार ११:२३
४१४९
काठमाडाैं । केही दिनयता निरन्तर उकालो लागिरहेको सुनको भाउले आज शुक्रबार पनि फेरि नयाँ रेकर्ड बनाएको छ । शुक्रबार एकै दिन प्रतितोला १८ सयले बढेर नयाँ कीर्तिमान बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ८२ हजार ५ सय रुपैयाँले कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन भने ८२ हजार २ सयमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
बिहीबार छापावाला सुन प्रतितोला ८० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन ८० हजार चार सयमा कारोबारमा भएको थियो । बुधबार तेजावी सुन प्रतितोला ८० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार छापावाला सुन प्रतितोला ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने सोमबार ७८ हजार रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला यी पाँच दिनमा मात्र सुनको भाउ ४ हजार ५ सयले बढेर नयाँ उचाइमा पुगेकाे हाे ।