• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कुन उमेर समूहका मानिसलाई कोरोनाको उच्च जोखिम ?

  • वीरगंज संजाल
  • २३ फाल्गुन २०७६, शुक्रबार ०८:१३
  • ५४१७

    काठमाडौं । चीनको हुबेइ प्रान्तको वुहान सहरबाट सुरु भएको नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ बाट अहिले विश्व नै आतंकित बनेको छ । बिहीबार बिहानसम्म विश्वभरका ८४ वटा मुलुकमा महामारी फैलिएको छ । हालसम्म यसको संक्रमणबाट मृत्यु हुने मानिसको संख्या तीन हजार २५४ पुगेको छ।९५ हजार १ सय ८४ जना मानिस संक्रमित भएका छन् । कोरोनाबाट चीनमा सबैभन्दा बढी तीनहजार बढीको मृत्यु भएको छ भने ८० हजार २ सय ८२ मानिस संक्रमित भएका छन् ।चीन बाहिर १४ वटा मुलुकमा दुई सय ७३ जनाको मृत्यु भइसकेको छ । दुई सय ७३ मध्ये ६ जनाको डायमण्ड प्रिन्सेस जहाजमा मृत्यु भएको छ ।

    अमेरिकामा ११ जनाको मृत्यु भएपछि क्यालिफोर्निया राज्यमा आपतकाल घोषणा गरिएको छ । विश्वभर कोरोनाबाट ९० हजारभन्दा बढी संक्रमित भएका छन् । चीन बाहिर सबैभन्दा बढी इरान कोरोनाको प्रकोपमा परेको छ । इरानमा २३ जना सांसदलाई कोरोनाको संक्रमण भएको छ भने एक उच्च सरकारी अधिकारीसहित करिब एकसय जनाको मृत्यु भइसकेको छ । त्यसपछि दक्षिण कोरिया बढी प्रभावित भएको छ । नेपालको अर्को छिमेकी मुलुक भारतमा पनि २५  जना कोरोना संक्रमित भेटिएका छन् । नेपालमा पनि कोरोनाबाट एकजना संक्रमित भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । तर, नेपाल सरकारले भने नेपालमा कोरोना संक्रमित नभएको दाबी गरिरहेको छ । कोरोना आशंकमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका २३ जनामध्ये कसैलाइ पनि कोरोना पुष्टि नभएको अस्पतालले जनाएको छ ।विश्वभर कोरोना संक्रमण नियन्त्रणका लागि आवतजावतमा प्रतिबन्ध लगाउनुका साथै मुलुकभित्रका विद्यालय र सरकारी कार्यालयहरु पनि बन्द गरिएका छन् ।

    कुन उमेर समूहका छन् उच्च जोखिममा ? 

    कोरोनाभाइरस व्यक्तिबाट अर्को अस्वस्थ्य व्यक्तिमा संक्रमण भएमा मृत्यु हुने दर बढी हुन्छ । बीबीसीले ४४ हजारभन्दा बढी कोरोना संक्रमितको विश्लेषण गर्दा वयस्कलाई भन्दा वृद्ध मानिसको मृत्युदर १० गुणा बढी हुने निष्कर्ष निकालेको थियो ।३० वर्षभन्दा कम उमेरका कोरोना संक्रमित मानिसको मृत्युदर कम भएको जनाइएको छ । ३० वर्षभन्दा कम उमेर समूहका चार हजार पाँच सय कोरोना संक्रमितमा आठ जनाको मृत्यु भएको थियो । त्यसमा पनि मधुमेह, उच्च रक्तचाप,  मुटु र श्वासप्रश्वाससम्बन्धी रोग भएका मानिसको मृत्यु हुने जोखिम सामान्यभन्दा पाँच गुणा बढी हुन्छ । महिलाको तुलनामा पुरुषको मृत्युदर बढी हुनेसमेत बीबीसीले जनाएको छ । बीबीसीले उक्त तथ्यांकलाई विभिन्‍न अन्य पक्षहरुले फरक पार्नसक्‍ने जनाएको छ । तर, स्थान अनुसार पनि कोरोनाबाट मृत्यु हुने दरमा फरक पर्ने जनाइएको छ ।

    कोरोना संक्रमणबाट मृत्यु हुनेमा ८० वर्षभन्दा बढी मानिस उच्च जोखिममा रहेका छन् भने ५० देखि ८० वर्षसम्मका मानिसहरु जोखिममा रहेका छन् । बीबीसीले विश्लेषण गरेको ४४ हजार कोरोना संक्रमितको तथ्यांकमध्ये ८० वर्षभन्दा बढी उमेर समूहका १४ प्रतिशत मानिसहरु संक्रमित भएका छन् भने ७० देखि ८० वर्ष उमेर समूहका पाँचदेखि १० प्रतिशत संक्रमित भएका छन् भने ४०-७० उमेरसमूहका मानिसहरु पाँचदेखि १० प्रतिशत छन् भने ४० भन्दा कम उमेरहसमूहका मानिसहरुमा पाँच प्रतिशत मानिसहरु संक्रमित भएका छन् ।

    स्थानअनुसार जोखिमको दर फरक !

    चीनमा ८० वर्षका पुरुषलाई हुने कोरोना जोखिम चीन बाहिर युरोप अर्थात अफ्रिकाका पुरुषमा संक्रमणको जोखिम फरक हुन्छ । कोरोना निको हुने दर पनि संक्रमितले पाउने उपचारमा भरपर्छ । संक्रमण हुँदा महामारीको स्थिति कस्तो थियो भन्‍ने कुराले पनि फरक पर्छ । भाइरसको महामारी फैलिएको क्षेत्रमा उपचारको स्थिति र आईसियुको र भेन्टिलेटरको सुविधा कस्तो छ भन्‍ने कुराले पनि जोखिमको दरलाई फरक पार्छ । फ्लुको सामान्य लक्षण देखिएका मानिसहरु जाँचका लागि अस्पताल जाँदैनन् । बेलायतमा हरेक हिउँदमा फ्लुबाट मानिसहरुको मृत्यु हुने गरेकोले कोरोना भाइरस अन्य फ्लुभन्दा कति खतरापूर्ण छ भन्‍ने कुरा यकिन गर्न नसकिने बीबीसीले जनाएको छ ।विश्व स्वास्थ्य संगठनले  सबै किसिमका श्वासप्रश्वास रोगबाट जोगिनका लागि साबुनपानीले हात धुन, रुघाखोकी लागेका मानिसहरुबाट टाढा रहने, हाँछ्यु गर्दा मुख छोप्‍न सुझाव दिएको छ । त्यसैगरी संगठनले कोरोना भाइरस हुँदैन भनेर ढुक्क हुनु ‘घातक गल्ती’ हुने समेत बताएको छ । – एजेन्सीहरुको सहयोगमा

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑