धनकुटामा कोरोना सतर्कताः जमघट हुने काम नगर्न प्रशासनको अपिल
वीरगंज संजाल
२३ फाल्गुन २०७६, शुक्रबार ०६:०६
४२४९
धनकुटा । कोरोना भइरसको संक्रमणबाट जोगिनका लागि जिल्ला प्रशासन कार्यालय धनकुटाले जमघट हुने काम नगर्न जिल्लाबासीलाई अपिल गरेको छ । प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरेले बिहिबार सूचना जारी गर्दै सार्वजनिक भेला, छलफल, अन्र्तरक्रिया, सभा सम्मेलन, बैठक, प्रदर्शन, मेला, जात्रा, महोत्सव जस्ता ठाउँमा सहभागि नहुन अपिल गरेका हुन् ।
भिडभाड हुने ठाउँदेखि अलग्गै बसी सम्भावित संक्रमण तथा जोखिमबाट बच्न÷बचाउन आवश्यक सतर्कता अपनाउन जिल्लाबासीलाई अपिल गरिएको हो । कोरोना भाइरस सम्बन्धि जनचेतना अभिबृद्धि गर्ने, सुरक्षा सतर्कता अपनाउने, व्यक्तिगत सरसफाईमा ध्यान दिने जस्ता सावधानीका उपाय सिकेर अरुलाई पनि सिकाउन धनकुटाबासीलाई प्रशासनले अपिल गरेको छ ।