• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना संक्रमण रोकथाम, मुलुकभर सभा सम्मेलनमा अनिश्चितकालीन रोक

  • वीरगंज संजाल
  • २३ फाल्गुन २०७६, शुक्रबार ०५:४८
  • ५५४६

    काठमाडौं । सरकारले नेपाल र भारतसँग सीमा जोडिएका जिल्लामा उच्च सतर्कता अपनाउन जिल्लास्थित कार्यालयलाई निर्देशन दिएको छ । विश्वभर कोरोना भाइरस संक्रमण फैलिरहेको बेला सरकारले भीडभाड तथा सभा सम्मेलन नगर्न निर्देशन दिएको हो ।चीनबाट फैलन सुरु भएको कोरोना भाइरस भारतका केही स्थानमा समेत देखिन थालेपछि सरकारले दुवै मुलुकको सीमा क्षेत्रमा उच्च स्वास्थ्य सतर्कता अपनाउन आह्वान गरेको छ । संक्रमण भित्रिन नदिन नेपाल–भारतका ३७ सीमा नाकामा पनि चेकजाँच गर्ने निर्णय सरकारले गरेको छ ।

    उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको उच्चस्तरीय समितिको बिहीबार बसेको बैठकले त्रिभुवन विमानस्थलमा भइरहेको चेकजाँचलाई अझ व्यवस्थित बनाउने निर्णय गरेको छ ।यस्तै, आउजाउ हुने चीन र भारतका ३७ वटा नाकामा स्वास्थ्य टोली खटाएर चेकजाँच गर्ने निर्णय गरेको छ । सरकारले प्रदेशहरूमा टोली पठाइसकेको छ भने अन्य नाकाका लागि पनि टोली पठाइने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

    यसैगरी, बाग्मती प्रदेशका १३ वटै जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय र स्वास्थ्यकर्मीलाई नोबेल कोरोना भाइरसविरुद्ध तयारी अवस्थामा राखिएको राजधानीकर्मी सरिता दाहालले जानकारी दिइन् । सामाजिक विकास मन्त्रालय मातहतका स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई भाइरसविरुद्ध सचेत पार्दै तयारी अवस्थामा राखिएको हो ।भाइरसको संक्रमण प्रदेशमा फैलन नदिन स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी तयारी हालतमा राखिएको स्वास्थ्य निर्देशनालय हेटौंडाले जानकारी दिएको छ । बाग्मती प्रदेश मातहतका ८ वटा अस्पताल, १३ वटा जिल्लाका स्वास्थ्य कार्यालय र १३ वटै जिल्लाका आयुर्वेद संस्थालाई सचेत रहँदै शंकास्पद बिरामीलाई उपचारको व्यवस्था मिलाउन निर्देशन दिइएको निर्देशनालयका निर्देशक रमेशप्रसाद अधिकारीले बताए ।

    बाग्मती प्रदेश सरकारले रसुवा अस्पतालबाट केरुङ नाकामा चिकित्सक खटाएको निर्देशक अधिकारीले बताए । त्यसैगरी, तातोपानी नाकामा पनि यसका शंकास्पद विरामी आइहालेमा उपचार गर्ने व्यवस्था मिलाइनुका साथै दुईवटा एम्बुलेन्स तयारी हालतमा राखिएको उनले बताए । मकवानपुर जिल्ला प्रशासन कार्यालयले भीडभाड हुने सभा सम्मेलनलगायत कार्यक्रम सञ्चालन गर्न पनि रोक लगाएको छ ।

    यस्तै, काठमाडौं जिल्ला प्रशासन कार्यालय र ललितपुरले छुट्टाछुट्टै सूचना जारी गरी जिल्लाभित्र भीडभाड हुने भेला, सभा, सम्मेलन जस्ता कार्यक्रम नगर्न सबैमा अनुरोध गरेको छ । दुवै जिल्लामा अर्को निर्णय नभएसम्मका लागि भन्दै अनिश्चितकालीन रोक लगाइएको हो । काठमाडौंका प्रशासकीय अधिकृत मानबहादुर बुढा र ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बुधबार सूचना जारी गरेका हुन् ।यस्तै, प्यूठान जिल्ला प्रशासन कार्यालयले पनि सबै स्थानीय तह तथा जिल्लास्थित सबै कार्यालयलाई पत्राचार गर्दै सभा, सम्मेलन तथा भीडभाड जम्मा हुने कार्यक्रम स्थगित गर्न निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्तले बुधबार पत्राचार गर्दै सबै कार्यक्रम सञ्चालनमा रोक लगाएका हुन् ।

    यसैगरी, दार्चुला जिल्ला अस्पतालले सावधानी अपनाउन आह्वान गरेको राजधानीकर्मी नरेन्द्र कार्कीले जानकारी दिए । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. राजन वाडेले बिहीबार विज्ञप्ति निकालेर यस्तो जानकारी गराएका हुन् ।
    यसैगरी, सिन्धुपाल्चाक जिल्ला प्रशासन कार्यालयले बुधबार विज्ञप्ति जारी गरी जिल्लामा सभा, सेमिनार, गोष्ठी, मेला, पर्व, महोत्सव, भोजभतेर, होलीजस्ता भीडभाड हुने कार्यक्रममा रोक लगाइएको राजधानीकर्मी दिनेश थापाले जनाएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले विज्ञप्ति जारी गरी यस्तो कार्यमा सहभागी नहुन अनुरोध गरेका छन् ।यसैगरी, काभ्रे जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै भीडभाड हुने कार्यक्रमहरू स्थगन गर्न र कार्यक्रममा सहभागी नहुन सबैमा अनुरोध गरेको राजधानीकर्मी सुरज श्रेष्ठले बताए । प्रमुख जिल्ला अधिकारी उद्धव केसीको अध्यक्षतमा बसेको सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

    यसैगरी, नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेको अध्यक्षतामा बुधबार बसेको सुरक्षा समितिको बैठकले कोरोना भाइरसको जोखिम नियन्त्रण गर्न आठ बुँदे निर्देशन जारी गरेको राजधानीकर्मी शोभा जीसीले जानकारी दिइन् । जिल्लामा कुनै पनि सभा सम्मेलनजस्ता भीडभाड हुने कार्यक्रम सञ्चालनमा रोक लगाएको छ ।यस्तै, कोरोना भाइरसको संक्रमणका कारण अहिले संखुवासभाका १० वटै स्थानीय तहमा तय गरिएका कार्यक्रम गर्न रोक लगाउन निर्देशन दिइएको राजधानीकर्मी भविन कार्कीले बताए । प्रमुख जिल्ला अधिकारी जीवनप्रसद दुलालले संक्रमण हुनबाट बच्ने उपायहरूको पालना गर्न र भीडभाड हुने कार्यक्रममा सहभागी नहुन सबैमा आह्वान गरेका छन् । भोटखोला गाउँपालिका ची सँग जोडिएका कारण सचेत रहन प्रशासनले आग्रह गरेको हो ।यसैगरी, स्याङ्जामा पनि अर्को निर्णय नभएसम्मका लागि मेला, महोत्सव, सम्मेलन लगायत कार्यक्रम नगर्न अनुरोध गरेको प्रशासन कार्यालयले निर्देशन दिएको राजधानीकर्मी कृष्ण सिग्देलले जानकारी दिए । कोभिड—१९ का बारेमा हरेक स्थानीय तहका स्वास्थ्य शाखाबाट जनचेतामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णयसँगै जिल्ला अस्पताल, जनस्वास्थ्य कार्यालय, स्वास्थ्य चौकीहरूलाई तयारी अवस्थामा रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले जानकारी दिए ।

    यस्तै, जिल्ला प्रशासन कार्यालय पाल्पाले बिहीबार सूचना जारी गर्दै सार्वजनिक समारोह नगर्न अनुरोध गरेको राजधानीकर्मी किरण कौशलले बताएका छन् । प्रशासकीय अधिकृत रमा श्रेष्ठले जारी गरेको सूचनामा जिल्लाका स्वास्थ्य संस्थाहरूमा रोकथामका लागि पूर्वतयारी तथा सचेतना कार्यक्रम सञ्चालन गर्न भनिएको छ ।यस्तै, धनगढी उपमहानगरपालिकाले कोरोना भाइरसको संक्रमण रोकथामका लागि भीडभाड हुने कुनै पनि गतिविधि नगर्न सूचना जारी गरेको छ । नगरप्रमुख नृपबहादुर ओडले नगरवासीमा अपिल गर्दै संक्रमणको जोखिमबाट बच्ने उपाय अवलम्बन गर्न आह्वान गरेका हुन् ।यसैगरी, जिल्ला प्रशासन कार्यालय मोरङले पनि बिहीबार सूचना जारी गरी संयमता अपनाउन आह्वान गरेको मोरङस्थित राजधानीकर्मी सुदीप कोइरालाले जानकारी दिए । जिल्लाभित्र कुनै पनि सभा समारोह नगर्न जिल्ला प्रशासनले आह्वान गरेको छ ।

    यसैगरी, उदयपुर जिल्ला प्रशासन कार्यालयले पनि सभा सम्मेलन गर्न रोक लगाएको उदयपुरस्थित राजधानीकर्मी ईश्वर तामाङले जानकारी दिए । सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बिहीबार विज्ञप्ति जारी गर्दै अनिश्चितकालका लागि सभा सम्मेलन तथा भीडभाड हुने कार्यक्रम नगर्न निर्देशन दिएको छ ।यस्तै, इलाम जिल्ला प्रशासन कार्यालयले पनि जिल्लामा भीडभाड हुने किसिमका कुनै पनि कार्यक्रम सञ्चालनमा रोक लगाएको इलामस्थित राजधानीकर्मी भगीरथ भण्डारीले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै
  • विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा
  • एक महिलामाथि प्रहरीले गरे हातपात
  • माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    News

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    News

    एक महिलामाथि प्रहरीले गरे हातपात

    News

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    News

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑