दादुरा रुवेला खोप सम्बन्धी पालिका स्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन
वीरगंज संजाल
२१ फाल्गुन २०७६, बुधबार १२:१६
४१६८
पर्सा | पर्साको कालिकामाई गाउपालिकाको आयोजनामा आज स्वास्थ्यचौकी मुडलीमा दादुरा रुवेला खोप अभियान २०७६ सम्बन्धी पालिका स्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन भएको छ ।
स्वास्थय संयोजक जोगिन्द्र प्रसाद चौरसियाको अध्यक्षतमा भएको कार्यक्रममा वडानम्बर १ मुडलीका वडाअध्यक्ष रामाशिष यादव, वडानम्बर २ का वडाअध्यक्ष सोनालाल चौरसिया, वडानम्बर ४ का निमित वडाअध्यक्ष छोटेलाल चौरसिया लगायतकाले अभियानलाई सफल बनाउन प्रतिबद्धता जनाएका थिए ।
कालिकमाई गाउपालिकामा फाल्गुन २२ गते देखी २९ गते सम्म वडानम्बर १ देखी वडानम्बर ५ सम्म २ वटा समुहमा अभियान संचालन हुने संयोजक चौरसियाले जनाएका छन । ७ दिन सम्म संचालन हुने अभियानमा जन्मे देखी ५ बर्ष मुनिका बालबालिकाहरुलाई पोलियो थोपा खुवाउईने र ९ महिना देखी ५ बर्ष मुनिका बालबालिकाहरुलाई दादुरा रुवेला खोप लगाईने समेत चौरसियाले जनाए ।
जन्मे देखी ५ बर्ष मुनिका ४४ सय २९ जना बालबालिकाहरु रहेको समेत प्रस्तुती गरिएको थियो । कालिकामाई गाउपालिकाको वडानम्बर १ मुडलीमा जन्मे देखी ५ बर्ष मुनीका बालबालिका १२ सय ५० छन, ९ महिना देखी ५ बर्ष मुनि १ सय ८ जना र २ बर्ष देखी ५ बर्ष मुनी ९ सय ५४ जना रहेका छन । वडानम्बर २ मा जन्मे देखी ५ बर्ष मुनी ११ सय ५० रहेका छन भने ९ महिना देखी ५ बर्ष मुनी १ सय ५३ जना रहेका छन , भने २ बर्ष देखी ५ बर्ष मुनी ६ सय ९१ जना छन , वडानम्बर ३ मा जन्मे देखी ५ बर्ष मुनी ७ सय १ जना छन भने ९ महिना देखी ५ बर्ष मुनी ७३ जना छन भने २ बर्ष देखी ५ बर्ष मुनी ५ सय १२ जना छन , वडानम्बर ४ मा जन्मे देखी ५ बर्ष मुनी ५ सय ९८ जना छन, ९ महिना देखी ५ बर्ष मुनी ३२ जना छन, भने २ बर्ष देखी ५ बर्ष मुनी ३ सय ६६ जना रहेका छन । यसैगरी वडानमबर ५ मा जन्मे देखी ५ बर्ष मुनी ७ सय २८ जना छन, ९ महिना देखी ५ बर्ष मुनी १ सय ८ जना छन भने २ बर्ष देखी ५ बर्ष मुनी ५ सय ६१ जना रहेका छन । यी सम्मपुर्ण बालबालिकाहरु नछुटोस भने प्रतिबद्धता जनप्रतिनिधी, स्वास्थ्यकर्मी र समाजसेवीहरुले गरेका छन ।