प्रदेश २ को प्रदेशसभा बैठक पुनः ३० गतेका लागि सारिए
वीरगंज संजाल
२१ फाल्गुन २०७६, बुधबार १२:१५
६०९७
जनकपुरधाम | प्रदेश २ को प्रदेशसभा बैठक पुनः सरेको छ। सभामुख सरोजकुमार यादबले सबै दलको सहमतिमा प्रदेशको नाम र राजधानी टुंगाे लगाउने बताए। सोमबारको प्रदेशसभा बैठकले प्रदेशको नाम र राजधानी टुंगाे लगाउन बिहीबार तोकेको थियो। उक्त बैठकमा मतदान गर्ने विषय छलफल गर्ने र फागुन २३ गते मतदान गर्ने तयारी गरेको थियो।
तर मंगलबार अचानक प्रदेशसभा सचिवालयले प्रदेशसभा बैठक सारिएको सूचना निकालेको छ। सचिवालयका सचिव रञ्जित यादबले बैठक फागुन ३० गतेका लागि सारिएको बताए। उनले सो दिन नाम र राजधानी विषयमा छलफल पछि चैत १ गते मतदानबाट टुंगो लगाउने जानकारी दिए। प्रदेश २ मा २७ गते होली पर्छ। तर जनकपुरमा २८ गते यसवर्ष होली मनाउने छ।सोही कारण प्रदेससभा बैठक ३० गतेका लागि सारिएको स्रोतले जनाएको छ।