• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    छपाबाट : कोरोना कहर : तीन हजार बढीको निधन, राष्ट्रिय-अन्तर्राष्ट्रिय कार्यक्रम बिथोलिए, जापानमा विद्यालय बन्द

  • वीरगंज संजाल
  • २१ फाल्गुन २०७६, बुधबार ११:१०
  • ४४६९

    नेपालस्थित कूटनीतिक समुदायले पूर्वनिर्धारित कार्यक्रम स्थागित गरेका छन्। अमेरिकी दूतावासले २४४ औं स्वतन्त्रता दिवसका अवसरमा फोहोरा दरबारमा शुक्रबार मनाउन लागेको कार्यक्रम स्थगित गरेको छ। कतारले चन्द्रगिरीमा गर्न आइतबार लागेको फुड फेस्टिबल स्थगन गरेको छ। विभिन्न ८२ मुलुक सहभागी रहने दोस्रो अन्तर्राष्ट्रिय रक्त सम्मेलन पनि स्थगित भएको छ।

    राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वभरका कूटनीतिज्ञलाई अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी नहुन यसअघि नै आग्रह गरेका छन्। नेपाल सरकारले पनि ठूला जमघट हुने कार्यक्रम नगर्न आग्रह गरेको छ। विदेश भ्रमणको तयारीमा रहेका मन्त्री, सांसद र कर्मचारीले कार्यक्रम स्थगित गरेका छन्
    संसारभर यस्ता कार्यक्रम स्थागित भइरहेका छन। राष्ट्रसंघका महासचिव गुटेरेसले न्युयोर्क र अन्य मुलुकमा तय गरेका कार्यक्रम रद्द गराएका छन्।

    गुटेरसले मुख्य कार्यक्रम छोट्याउन र सहायक कार्यक्रम रद्द गर्न सुझाव दिएका छन्। राष्ट्रसंघकी प्रवक्ता स्टेफनी डुजारिकले विश्वभर कोरोना भाइरस फैलिएका कारण राष्ट्रसंघले सम्पूर्ण ध्यान त्यसतर्फ केन्द्रित गरेको बताएकी छन्।
    चर्को आर्थिक अभाव भोगिरहेको राष्ट्रसंघले यसअघि पनि ठूला कार्यक्रम नगर्न र यात्रा नगर्न आफ्ना कर्मचारीलाई निर्देशन दिएको थियो।

    एसिया र प्रशान्त क्षेत्रमा शान्ति र निःशस्त्रीकरणका लागि संयुक्त राष्ट्रसंघ क्षेत्रीय केन्द्र (यूएनआरसीपीडी) ले काठमाडौंमा बुधबारदेखि तीनदिने कार्यक्रम गर्दै छ। सम्मेलनको तयारी पूरा भएको र पाहुना आइसकेकाले छोटो रूपमा कार्यक्रम सकिने बताइएको छ।

    तीन हजार बढीको निधन

    कोभिड-१९ नाम दिएको नयाँ कोरोना भाइरसबाट विश्वका तीन हजार बढी व्यक्तिको निधन भइसकेको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड-१९ भाइरस संक्रमण विश्वका ६३ मुलुकमा फैलिएको जनाएको छ। विश्वभर ९० हजारभन्दा बढीलाई भाइरस संक्रमण भएको छ। भाइरस डिसेम्बरमा चीनको हुपई प्रान्तबाट फैलिएको थियो। इरानमा २३ सांसदलाई भाइरस आक्रमण भएको छ भने ७७ जनाको ज्यान गइसकेको छ।

    डब्लूएचओका महानिर्देशक ट्रेडोसमा एडानोम गेहब्रेयससले भनेका छन्, ‘यो भाइरस आफ्नो देशमा भित्रिँदैन भनेर कोही ढुक्क नहुनू, सतर्कता अपनाउनू।’

    इटाली, बेलायत, जर्मनी, फ्रान्स, इटाली, स्पेन र अत्यधिक तापक्रम रहने खाडी मुलुकमा समेत यसको संक्रमण देखिएको छ। डब्लूएचओले दक्षिण एसियाका नेपाल, भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तानमा कोरोना संक्रमणको खतरा उच्च रहेको भन्दै जोखिम व्यवस्थापनमा लाग्न आग्रह गरेको छ।

    जापानमा विद्यालय बन्द

    जापानले सोमबारदेखि मुलुकभरका सार्वजनिक विद्यालय बन्द गरेको छ। प्रधानमन्त्री सिन्जो आबेले त्यहाँका सार्वजनिक विद्यालयलाई अस्थायी रुपमा बन्द गर्न निर्देशन दिएका हुन्। कम्तीमा एक महिना विद्यालय बन्द हुनेछ। घरमा रहने बालबालिकालाई बाहिर निस्किन नदिन र घरैमा बस्न लगाउन अभिभावकलाई आग्रह समेत गरिएको छ। साउदी अरेबियाले इस्लाम धर्मालम्बीहरूको पवित्रस्थल मक्का र मदिना तथा अन्य धार्मिक स्थल भ्रमणमा रोक लगाएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ
  • मेयर र सिडिओको एउटै स्वर : सिर्सिया नदीको प्रदुषण रोक्न अब अनुरोध होइन, सिधै दण्डित गरिन्छ
  • पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ
  • सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    मेयर र सिडिओको एउटै स्वर : सिर्सिया नदीको प्रदुषण रोक्न अब अनुरोध होइन, सिधै दण्डित गरिन्छ

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    एउटै पान नम्बरबाट दुईभन्दा बढी व्यवसाय सञ्चालन नगर्न अनुगमन समितिको निर्देशन

    कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २२ वर्षपछि पक्राउ

    भारतको हसन जिल्लामा ४० दिनभित्र हृदयघातबाट २१ जनाको मृत्यु, छानबिन सुरु

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    मेयर र सिडिओको एउटै स्वर : सिर्सिया नदीको प्रदुषण रोक्न अब अनुरोध होइन, सिधै दण्डित गरिन्छ

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    News

    मेयर र सिडिओको एउटै स्वर : सिर्सिया नदीको प्रदुषण रोक्न अब अनुरोध होइन, सिधै दण्डित गरिन्छ

    News

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    News

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    News

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑