आज:
  • होमपेज / जीवनशैली

    विश्वका ४६ करोड मानिसमा श्रवण समस्या, नेपालमा तथ्यांकै छैन

  • वीरगंज संजाल
  • २१ फाल्गुन २०७६, बुधबार ०६:२७
  • ६९०३

    काठमाडौं | जीवनका लागि श्रवण’ भन्ने नाराका साथ आज (मंगलबार) विश्व श्रवण दिवस मनाइएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वभर ६.१ प्रतिशत मानिसमा श्रवण समस्या छ ।साढे तीन करोड बालबालिका र ३४ करोड वयष्क मानिसमा श्रवण समस्या रहेको संगठको भनाइ छ । त्यस्तै ६५ वर्षमाथिका एक तिहाइमा श्रवण समस्या छ । श्रवण समस्या यही क्रममा बढ्दै गएमा सन् २०५० सम्ममा १ अर्ब मानिसमा श्रवण समस्या हुने अनुमान छ ।श्रवण समस्या भन्नाले कम सुन्ने, सुन्नमा समस्या पर्ने वा पूर्णरुपमा बहिरोपना हुने बुझिन्छ । बहिरोपन अपांगतामध्ये प्रमुख अपांगतामा पर्छ। विश्वमा हरेक दिन ४ देखि ६ जना बहिरोपनासहित बच्चा जन्मिन्छन्।विकसित देशहरुमा जन्मजात २ देखि ४ प्रतिशत मानिसमा श्रवण समस्या छ भने नेपालमा ३ देखि ५ प्रतिशत मानिसमा श्रवण समस्या छ । तर ६० प्रतिशत श्रवण समस्याको समाधान गर्न सकिने नाक, कान, घाँटी रोग विषेशज्ञ डा. योगेश न्यौपाने बताउँछन् ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    नेपालमा तथ्यांक छैन

    नेपालमा श्रवण समस्या कति मानिसमा छ भन्ने यकिन तथ्यांक कुनै निकायसँग छैन । २६ वर्षअगाडि सन् १९९३ मा चिकित्सकको एक टोलीले श्रवण समस्याको विषयमा अध्ययन गरेको थियो । त्यतिबेला नेपालमा दुई तिहाई स्कुले विद्यार्थीमा सुन्ने क्षमतामा समस्या थियो ।काठमाडौंका स्कुलका ३० हजार विद्यार्थीमा उक्त अध्ययन गरिएको थियो । त्यतिबेलै विभिन्न हेल्थ क्याम्पमा गरिएको अध्ययनमा पनि दुईतिहाइ मानिसमा श्रवण समस्या भएको पाइएको थियो ।कति नेपालीमा श्रवण समस्या छ भन्ने विषयमा यकिन तथ्यांक निकाल्न जरुरी भएको चिकित्सकरु बताउँछन् । नेपालमा ईएनटी (कान, आँखा, घाँटी) का सर्जन १९५ जनामात्रै रजिस्टर छन् ।

    विश्व स्वास्थ्य संगठनले पहिलो पटक आगामी मार्चमा वर्ल्ड हियरिङ रिपोर्ट निकाल्दै छ। वायु तथा ध्वनि प्रदूषण, कोलाहल र विविध संक्रमणका कारण श्रवण शक्तिमा क्रमिक ह्रास आइरहेको डा. प्रकाश बुढाथोकी बताउँछन् ।अत्यधिक ध्वनि सहितका कलकारखाना, विमानस्थल वरपरका बासिन्दा, अनियन्त्रित सार्वजनिक सवारीका ध्वनि, लामो समय र ठूलो आवाज सहितको एअरफोन, चर्काे आवाज सहितको मनोरञ्जन र कानका संक्रमणहरु जस्तैः दादुरा, गलगाँड, रुवेलाले श्रवण शक्तिमा ह्रास ल्याउने र क्रमशः बहिरोपना निम्त्याउने गरेका छन्।क्षयरोग र औलोविरुद्धको औषधि, जन्मजात, चोटपटक, पिटाइ, कान कोट्याउने, विभिन्न झोल कानमा राख्ने, प्रदूषित पानीमा पौडी खेल्ने, कानको हेरचाह नगर्नाले पनि श्रवण क्षमतामा असर गर्ने चिकित्सक बताउँछन् ।सामान्य बोलिचालीमा ४० डेसिबल ध्वनि निस्किन्छ । ९० डेसिबलको ध्वनि असरदार हुन्छ भने १२० डेसिबलको ध्वनिलाई कर्कश मानिन्छ । हेयर ड्रायरको ९५, मोटरसाइकल र रेलको आवाज ९५ देखि १०५, सवारी साधनको हर्न तथा साइरन १२० देखि १५० डेसिबलको हुन्छ।

    ८५ भन्दा बढी डेसिबलको आवाजले श्रवण शक्तिमा ह्रास गराउने डा. बुढाथोकी बताउँछन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर १ अर्ब २ करोड अर्थात् १४ प्रतिशत युवा ध्वनि प्रदूषणको जोखिममा छन्।रुघाखोकी लागेमा मध्य कान र नाकको पछाडि भाग जोड्ने नली बन्द हुन जान्छ। यो नली लामो समयसम्म बन्द भइरहेमा मध्य कानमा असर पर्छ। यो समस्या बच्चामा बढी देखापर्ने भएकोले बच्चाहरुलाई रुघाखोकी लाग्नबाट बच्नको लागि आमाको दूध खुवाउने, दूध खुवाउँदा बच्चाको टाउको उठाएर खुवाउने, घर वरिपरि पाइने ताजा खानेकुरा खुवाउने र जंक फुड नखुवाउन चिकित्सकले सुझाव दिएका छन् ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    कसरी बच्ने ?

    –मोबाइल वा इयरफोन धेरै समयसम्म प्रयोग नगर्ने । यसबाट निस्केको तरंगले भित्री कानमा असर पर्छ।
    – कानको वरिपरि चोट लागेमा वा कान कोट्याउँदा कानको जाली फुट्ने सम्भावना हुन्छ। त्यसैले कान कोट्याउने बानी हटाउनु पर्छ ।
    –कान पाकेमा जँचाउनुपर्छ ।
    –चर्को ध्वनि आउने ठाउँमा काम गर्दा एयरप्लग लगाउनु पर्छ।
    –गर्भवती भएको बेला आफूखुसी औषधि सेवन गर्नु हुँदैन ।
    –गर्भवतीले जाँडरक्सी र चुरोट सेवन गर्नु हुँदैन।
    –कानको श्रवण कम भएमा छिट्टै उपचार गर्नुपर्छ ।
    –तौल कम भएका, समयपूर्व जन्मिएका, सघन कक्षमा राखिएका बच्चालाई जतिसक्दो छिटो जाँच र उपचार गर्नुपर्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन
  • प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय
  • १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने
  • कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

    प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

    १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने

    कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न

    रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

    हरियाली र स्वच्छ बीरगंजको अभियान १५ औँ दिनमा: सीमाक्षेत्र सौन्दर्यकरणमा सरकारी–सामुदायिक संयुक्त सहभागिता

    गुणराज पाठक मेमोरियल नर्सिङ क्याम्पसमा नवआगन्तुक नर्सिङ विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न

    मधेस प्रदेशमा जनमत पार्टीद्वारा वीरगञ्जमा विरोध प्रदर्शन

    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

    नेपालमा इन्टरनेटको नयाँ युग — 6G WiFi Router!” इन्टरनेट स्पिड ४ गुणा फास्ट हुने दाबी

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

    प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

    १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने

    कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न

    रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

    News

    प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

    News

    १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने

    News

    कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न

    News

    रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑