• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    वीरगञ्जका सडकमा मासु नबेच्न अदालतले दिएको आदेशकाे अवज्ञा

  • वीरगंज संजाल
  • २० फाल्गुन २०७६, मंगलवार ११:१३
  • ४९१२

    वीरगञ्ज  । वीरगञ्ज महानगरपालिकाका सडकपेटीमा माछामासु बिक्री वितरण नगर्न उच्च अदालत जनकपुरले आदेश दिए पनि अझै कार्यान्वयन भएको छैन ।वीरगञ्ज महानगरपालिका क्षेत्रका खुला स्थानमा माछामासु बिक्री–वितरण गर्ने गरिएको छ । यस्तो विकृति बढेपछि उपभोक्ता हित संरक्षण मञ्च, वीरगञ्ज उच्च अदालत जनकपुर गएको थियो । वीरगञ्ज महानगरपालिकासँगै नियामककारी निकायलले गम्भीर विषयमा उदासीनता देखाएको भन्दै रोक लगाउन माग गरिएको थियो । यसमाथि फैसला गर्दे उच्च अदालत, वीरगञ्जकामे अस्थायी इजलासले सडक पेटीमा पशुपंक्षी वध र मासु बिक्रीमा रोक लगाउन आदेश दिएको थियो ।

    तर वीरगञ्ज महानगरपालिकाले त्यसलाई कार्यान्वयन गर्न सकेको छैन ।वीरगञ्ज महानगरपालिकाको सामाजिक महाशाखाका प्रमुख अरुण महतो नाला माथि माछामासु किनेर खाने अवस्था धेरै दिन नरहने बताउँछन् ।‘माछामासुको बजार व्यवस्थित र स्वस्थ हुनुपर्छ,’ उनले भने, ‘त्यसैले अब अस्वस्थकर ढंगले माछामासु बिक्री गर्न बन्द गर्छौं ।’ त्यसका लागि संयुक्त प्रयास सुरु भइसकेको उनले जानकारी दिए | उपयुक्त स्थान खोजेर व्यवस्थित पशु बधशाला निर्माण गर्न लागिएको महानगरपालिकाले जनाएको छ ।

    हाल महानगरपालिकाले नै निर्माण गरेको ‘मिनाबजार’ तरकारी पसलकै छेउमा माछा बिक्री गर्ने गरिएको छ ।खुला स्थानमा हुने माछामासु बिक्री रोक्न महानगरपालिकालाई जिल्ला प्रशासन कार्यालयले समेत दबाव दिएको छ । प्रशासनको आइतबार बसेको बैठकले उपभोक्ताको स्वास्थ्यमा महानगरको सरसफाइ व्यवस्थापनले गम्भीर समस्या सिर्जना गरेको ठहर गर्दै खुल्ला रूपमा माछा, मासुको बिक्रीवितरण हुन नदिने व्यवस्था मिलाउने निर्णय गरेको छ । यसलाई व्यवस्थापान गर्न माछा मासु व्यवसायीहरुलाई १५ दिनको समय दिने निर्णय पनि बैठकले गरेको हो ।

    जनचेतनाको लागि वीरगञ्ज महानगरपालिकालगायत अन्य सरोकारवालाले प्रचार प्रसार गर्ने, त्यसपछि वीरगञ्ज महानगरपालिकाको नेतृत्वमा मासु बिक्रीवितरण गर्ने व्यवसायीका प्रतिनीधि तथा सरोकारवाला निकायको सहकार्य एवं समन्वयमा संयुक्त अनगुमन गरी मापदण्ड एवं निर्णयविपरीत कार्य गर्नेलाई प्रचलित कानुन बमोजिम कारबाही गर्ने निर्णय पनि बसेको बैठकले गरेको छ ।माछामासु बिक्री वितरणबाट सिर्जना भएको फोहोर व्यवसायी स्वयंले व्यवस्थापन गर्नुपर्ने सरोकारवालाको भनाइ छ ।

    त्यस्तै बैठकले माछा, मासु, बिक्रि वितरण सम्बन्धी कार्यलाई प्रचलित कानुन बमोजिम मापदण्ड योग्य बनाउन बधशाखा घर (स्लटर हाउस) लगायतका पूर्वाधार विकास गर्न महानगरपालिकालाई अनुरोध गर्ने, माछामासुको मुल्य निर्धारण गर्नका लागि वाणिज्य तथा आपूर्ति कार्यालयको संयोजकत्वमा वीरगञ्ज महानगरपालिका, मासु बिक्री वितरण गर्ने, उपभोक्ता अधिकारकर्मी अन्य सरोकारवाला कार्यालयका प्रतिनिधि रहको समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।

    महानगर क्षेत्रको अव्यवस्थित माछामासु किनबेचलाई सुव्यवस्थित बनाउन सरोकारवाला एकमत देखिएको प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले जानकारी दिए । ‘व्यवसायी स्वयंलाई व्यवस्थापन गर्न १५ दिनको समय दिने निर्णय भएको छ, त्यसपछि अनुगमन टोलीले अनुगमन गर्छ,’ प्रजिअ कार्कीले भने, ‘ अब द्रूत गतिमा माछामासु खरिद बिक्री व्यवस्थित बनाउने काम हुन्छ ।’उपभोक्ता हकहित संरक्षण मञ्च वीरगञ्जका अध्यक्ष अजित भुजेल निर्णय कार्यान्वयन हुनुपर्ने बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑