• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    प्रदेश २ ले नाम र राजधानी मतदानबाट टुंगो लगाउँदै

  • वीरगंज संजाल
  • २० फाल्गुन २०७६, मंगलवार १०:५२
  • ५८८९

    जनकपुरधाम |  प्रदेश २ को नाम र राजधानी टुङ्गो लगाउन प्रदेशसभा बैठकमा मतदान हुनेभएको छ।  नाम र राजधानी टुङ्गो लगाउन चार महिनापछि फागुन २३ मा प्रदेशसभा बैठक बस्न लागेको हो। सभामुख सरोज यादको संयोजकत्वमा प्रदेशको नाम र राजधानी टुङ्गो लगाउन विशेष समिति गठन भएको थियो। तर उक्त समितिले पटक पटक बैठक बसेपछि सत्तारुढ र प्रतिपक्षले आ–आफ्नो अडान नत्यागेपछि सहमती जुट्न सकेन। सहमती नजुटेपछि भोटिङ मार्फत नाम र राजधानीको टुङगो लगाउन फागुन २३ गते प्रदेशसभा बैठक डाकिएको सभामुख सरोज यादवले जानकारी दिए।

    उनले भने, ‘सोमवार समितिको बैठक बसेको थियो। तर आफ्नो अडान प्रमुख प्रतिपक्षी नेकपा र प्रतिपक्षी नेपाली काँग्रेसले नत्यागेपछि सहमती जुट्न सकेन। त्यसैले मतदानबाटै टुङगो लगाउने निर्णय भएको छ।’ समितिले प्रदेशको राजधानी जनकपुरधाम राख्ने विषयमा सहमती भने जुटाएको छ। तर नामको विषयमा सहमती नजुटेपछि मतदान प्रक्रियाबाट पनि टुङ्गो लाग्ने सम्भावना न्यून देखिएको छ। नाम र राजधानी टुङ्गो लगाउन दुई तिहाई बहुमत चाहिने संवैधानिक व्यवस्था छ।  राजधानी विषयमा सहमती जुटेकाले मतदान प्रक्रियाबाट टुङ्गो लाग्नेछ।

    नामको विषयमा भने सत्तारुढ र प्रतिपक्ष आ–आफ्नो अडान अनुसार मतदान गरेमा टुङ्गो लाग्न सक्दैन। सत्तारुढ राजपा र समाजवादी पार्टीले ‘मधेस प्रदेश’ नाम राख्नुपर्ने अडान सुरुदेखि नै राखेको छ। तर काँग्रेसले प्रदेशको नाम ‘मिथिला–भोजपुरा’ र नेकपाले ‘जानकी’ राख्ने अडान कायम राखेको छ।  केहि सांसदले भने मध्य मधेस नाम राख्ने प्रस्ताव समेत गरेका छन्। समितिको बैठकमा कांग्रेस र नेकपा लचकता देखाए।  दुवै दलले मधेस शब्द स्वीकार गरे तर कांग्रेसले मधेसको अगाडि ‘मिथिला’ र नेकपाले ‘जानकी’ मधेसको अगाडी जोडेर नाम राख्न सकिने विकल्प अगाडी सारेका थिए।

    समाजवादी पार्टीले भने असहमती जनाउँदै ‘मधेस प्रदेश’ नाम नै राख्ने अडान नत्यागेपछि सहमती बन्न सकेन। नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले अब ‘मिथिला–भोजपुरा’मै मतदान गर्ने बताएका छन्। उनले भने, ‘सहमती बनोस् भनेर भोजपुरा छाडेर मधेसको अगाडी मिथिला जोडेर विकल्प दिए। तर सत्तापक्षले आफ्नो अडान नत्योगेपछि सहमती बन्न सकेन।’ यस्तै नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डलले भने ‘जानकी’ नाममै मदातान गर्ने बताए। उनले पनि सत्तापक्षले नै आफ्नो अडानमा तलमाथि नहुँदा सहमती बन्न नसकेको बताउँछन्।

    उनले अब नेकपाका सबै सांसद ‘जानकी’ नाममै मदातान गर्ने उनको भनाइ छ। यता, सत्तारुढ राजपाका सचेतक परमेश्वर साहले निर्वाचनका बेला मधेसी हुँ भनेर मत लिए पनि अहिले ‘मधेस प्रदेश’ नाम राख्नबाट पछाडी हटेकोमा चिन्ता व्यक्त गरे। उनले भने, ‘अहिले उनीहरु (कांग्रेस–नेकपा) मधेशी जनताको पहिचान मधेश प्रदेश नाम राख्नबाट भाग्न थालेका छन्।’ मधेस प्रदेशमा सहमती नजुटेपछि विकल्पको रुपमा ‘मध्य मधेस’ नाम अगाडी सार्दा पनि प्रतिपक्षले नमानेको उनको भनाइ छ। प्रदेश २ मा कुल १ सय ७ सांसद छन्। जसमध्ये नेकपासँग ३२, समाजवादी पार्टीसँग ३०, राजपासँग २५, कांग्रेससँग १९ र संघीय समाजवादी नेपालसँग १ सांसद छन्।  सत्तारुढ राजपा र समाजवादी पार्टी एक ठाउँमा उभिँदा पनि स्पष्ट बहुमत पुग्दैन। जसका कारण नाम राख्ने विषयमा झमेला हुने देखिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑