आजकाल अधिकाशं मानिस सामाजिक सञ्जालको प्रयोग गर्दछन् ।एकैसाथ करौडौ मानिसको पहुचमा रहने भएकाले पनि सामाजिक सञ्जालमा कुनै नौलो र केहि फरक भेटिएपछि त्यो एकाएक भाइरल हुने गर्दछ ।यस्तैमा भारतका एक डेलिवरी ब्वाईको भिडियो भाइरल भएको छ । जहाँ उनको हासो अर्थात स्माइलले नै उनलाई चर्चित बनाएको हो ।
भाइरल भिडियोमा देखा परेका डेलिवरी ब्वाइ हुन् सोनु । उनी जोमेटो नामक फूड डेलिवरी कम्पनीमा कार्यरत छन् ।खासमा उनी एक ग्राहकको अर्डर दिन गएका थिए । जहाँ ती ग्राहकले आफ्नो कमाई तथा कामका बारेमा बडो सुन्दर तवरले हासेर जवाफ दिएका छन् ।
उनको यहि हासो नै उनलाई चर्चित बनाउने साधन बनिदियो । सोनुको स्माइलकै कारण फ्यान भएका ग्राहकले अब जोमेटोसंग सोनुलाई नै अर्डर पठाउन अनुरोध गर्न थालेका छन् ।उनको चर्चा चुलिएसंगै जोमेटो इण्डियाले शुक्रवार आफ्नो ट्विटर हैण्डल सहित अन्य सबै सामाजिक सञ्जालको प्रोफाइल राखेको छ ।