जनकपुरधाम | प्रदेश २ को नामाकरणका लागि दलहरुबीच अहिलेसम्म कुनै सहमति हुन सकेको छैन् । सत्तारुढ दल राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी तथा प्रतिपक्षी दल नेपाल कम्युष्टि पार्टी र नेपाली काँग्रेसबीच प्रदेश २ को नामाकरणका लागि सहमती नहुने निश्चित देखिएको हो ।
त्यसैले अब प्रदेश २ को नामाकरणका लागि प्रदेशसभामा मतदान हुने करिव पक्का जस्तै छ । नामाकरण टुङ्गयाउनका लागि गठित विशेष संसदीय समितीको आज अन्तिम बैठक बस्दै छ । तर बैठकमा सहमति हुने कुनै सम्भावना नरहेको समितीका एक सदस्यले बताएका छन्।
सत्तारुढ राजपा र समाजवादी पार्टीले प्रदेशको नाम मधेस प्रदेश नै हुनुपर्ने अडान राखेपछि दलहरुबीच नामाकरण टुङ्गयाउन सकस परेको श्रोतले जनाएको छ ।
छलफलको क्रममा नेकपा लचक हुँदै ‘जानकी मधेस’ प्रदेश नामाकरण हुनुपर्ने बताउँदै आएको छ भने काँग्रेसले ‘मिथिला मधेस’ वा ‘मिथिला भोजपुरा मधेस’ प्रदेश नाम राख्नुपर्ने अडानमा छ ।
आज बस्ने संसदिय समितीको बैठकमा प्रदेशको नामाकरण टुङ्गो नलागे भोली बस्ने प्रदेशसभा बैठकमा मतदानकालागि प्रस्ताव हुनसक्ने प्रदेशसभा सचिवालयले जनाएको छ । Thenepaltop