निःशुल्क आँखा तथा कोरोना भाईरस सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न
वीरगंज संजाल
१९ फाल्गुन २०७६, सोमबार ००:३७
५५१५
बिरगंज ।सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया- २ पर्सा र किरण आँखा अस्पताल बीरगंजको संयुक्त आयोजनामा “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैयाका अध्यक्ष हाजी श्री ग्यासुदिन ठकुराईको अध्यक्षता र प्र.चौ. आदर्शनगरका ईन्चार्ज प्र.ना.नि. श्री सुर्य नारायण चौधरी ज्यू, को प्रमुख आतिथ्यमा आइतबार जिल्ला पर्सा वीरगंज महा-नगर पालिका वडा नं. ३ स्थित रहेको श्री सेस्मी ईङ्गलिस बोर्डिङ्ग स्कुलमा निःशुल्क आँखा परिक्षण तथा कोरोना भाईरस सम्बन्धी जनचेतना मुलक पर्चा पम्प्लेट वितरण गरिएको थियोे ।
सो कार्यक्रममा जना ९५ छात्र र ७१ जना छात्रा गरि १६६ जनाको निःशुल्क आँखा परिक्षण गरिएको थियो ।त्यस मध्ये २० जनालाई नजिक तथा टाढ दुरीको समस्यन देखिएकोले निजहरुलाई किरण आँखा अस्पतालबाट ५०% छुटमा उपाचर गराई दिने गरि हस्पिटलमा पठाईएको र उक्त कार्यक्रममा किरण आँखा अस्पतालका नेत्र सहायक कबिता पोखरेल, रामबाबु चौरसिया, आजात हुसेन, सामुदायिक सेवा केन्द्र छपकैयाका कोषाध्यक्ष श्रीमति प्रेम कुमारी सिंह, सचिव प्रविण विक्रम शाह , सदस्य अरुण कुमार गोयल, प्र.ह.देवेन्द्र कुमार पटेल, प्र.ज. राज कुमार तामाङ्ग र राईजिङ्ग बीरगंज नेपालका अध्यक्ष आरजु खान तथा पदाधिकारी विधालयका प्रिन्सिपल श्रीमति आस्मा सिंह यादव लगायतका शिक्षक शिक्षिकाहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।।