बिरगंज नगर क्षेत्रमा स्वच्छ , स्वस्थ , गुणस्तरिय मासुको बिक्रिबितरण व्यवस्थित गर्ने बारे बैठक सम्पन्न
वीरगंज संजाल
१९ फाल्गुन २०७६, सोमबार ००:३४
८३३१
बिरगंज । बिरगंज नगरमा बढदै गैइ रहेको अव्यवस्थित माछा , मासुको बिक्रीवितरण व्यवस्थित गर्ने सम्बन्धमा आइतबार बैठक बसेको थियो ।जिल्ला प्रशासन कार्यालय पर्सामा पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीको अध्यक्षतामा बसेको बैठकमा बिरगंज नगर क्षेत्रमा स्वच्छ , स्वस्थ , गुणस्तरिय मासुको बिक्रीवितरण कार्य कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने बारे सरोकारवालाहरुको उपस्थिति रहेको थियो।बिरगंज महानगर क्षेत्रमा अस्वस्थकर तरिकाले सडक पेटि जस्ता खुल्ला स्थानमा माछा , मासु बिक्रीवितरणबाट उपभोक्ताहरुको स्वास्थ्य एवं महानगरलाई कुरुप र बधशालाको नगरको रुपमा चिनिने भएकोले यसले जनमानसमा नकारात्मक असर पर्ने र पर्यटकहरु भित्रीने मुख्य प्रवेशमा यसको प्रभाव पर्ने हुदा यसलाई व्यवस्थापन गर्न माछा , मासु व्यवसायीहरुलाई १५ दिन भित्र खुल्ला रुपमा माछा – मासुको बिक्रीवितरण हुन नदिने व्यवस्था मिलाउने , त्यसैगरी माछा- मासु पसल व्यवस्थापन गर्न जनचेतनाको लागी बिरगंज महानगर पालिका लगायत अन्य सरोकारवाला निकायले
व्यापक प्रचार- प्रसार गर्ने , माछा मासु बिक्रीवितरणबाट सिर्जना भएको फोहोर व्यवसायी आफैले व्यवस्थापन गर्ने , माछा- मासु बिक्रीवितरण सम्बन्धि कार्यलाई प्रचलित कानुन बमोजिम मापदन्ड योग्य बनाउन बधशाला घर लगायत पुर्वधारको बिकास गर्न महानगरलाई अनुरोध गर्ने , माछा- मासुको मुल्य निर्धारण गर्नको लागी १५:दिन भित्र सिफारिस गर्न बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको संयोजकत्वमा बिरगंज महानगर पालिका , माछा- मासु बिक्रीवितरण गर्ने व्यवसायी , उपभोक्ता अधिकारकर्मीहरु , अन्य सरोकारवाला कार्यालय तथा प्रतिनिधि रहेको समिति गठन गर्ने र समयावधि पछी सडकपेटि जस्ता खुल्ला स्थानमा एवं अस्वस्थकर तरिकाले माछा- मासुको बिक्रीवितरण भए नभएको निरीक्षण गर्न बिमनपाको नेतुत्वमा माछा- मासु बिक्रीवितरण गर्ने व्यवसायीका प्रतिनिधि तथा सरोकारवाला निकायको सहकार्य एवं
समन्वयमा सन्युक्त अनुगमन गरि मापदन्ड एवं उपरोक्त निर्णय बिपरित कार्य गर्नेलाई प्रचलित कानुन बमोजिम कार्वाही गर्ने गरि ६ वटा निर्णय भएको थियो ।बैठकमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेत , प्रशासकिय अधिकृत गोबिन्द प्रसाद भन्डारी , जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक बिरेन्द्र शाही , बाणिज्य आपूर्ति कार्यालय बिरगंजका निमित्त कार्यालय प्रमुख जित बहादुर भन्डारि , उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य धिरज शर्मा , प्रदेश न. २ का अध्यक्ष केसि लामिछाने , बिरगंज महानगर अध्यक्ष अजित कुमार भुजेल , बिरगंज महानगर पालिका पशु शाखा प्रमुख रामबिश्वास प्रसाद यादव , खाद्य अधिकृत बिपिन कुमार लाल दास , उपभोक्ता मञ्च बिरगंजका डा. हरेराम ठाकुर , पशु क्वारेन्टाईन कार्यालय बिरगंजका डा. हरेराम यादव , स्वास्थ कार्यालय पर्साका प्रमुख कामेस्वर चौरसिया, माछा- मासु व्यवसायी सघ पर्साका अध्यक्ष अनवारुल हक , सह- अध्यक्ष फिरोज आलम देवान , किरण खडकी , बिरगंज उद्योग बाणिज्य सघका कार्यकारी सचिव सुनिल कुमार कन्ठ र वडा न. ७ का वडा अध्यक्ष बसन्त कुमार अग्रवाल लगायतकाको सहभागिता रहेको थियो ।