काठमाडौं | सेक्युरिटी प्रिन्टिङ प्रेसको कमिसनमा मुछिएका निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई कारबाही गर्नुपर्ने माग राख्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आज (आइतबार) काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
नविसंघ त्रिचन्द्र क्याम्पस इकाइले आइतबार बिहान क्याम्पस अगाडी प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागी भएकाहरूले सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए ।
सरकारले भ्रष्टाचारलाई प्रश्रय दिएको उनीहरूको आरोप छ । त्यसैगरी सरकारले नागरिकमा करको भार थोपरे खोजेको उनीहरुको आरोप छ ।नेविसंघले स्ववियु निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गर्न पनि माग गरेको छ । ललिता निवास जग्गा प्रकरणको निष्पक्ष छानबिन गर्न तथा इन्धन र पुस्तकमा लगाइएको अतिरिक्त कर खारेज गर्नुपर्ने माग अघि सारेका छन् । Nepalpostdaily