• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विश्‍वभर आज : १८ वर्षपछि रोकियो अफगान युद्ध, कोरोना त्रासले अमेरिकाको एसियन सम्मेलन स्थगित

  • वीरगंज संजाल
  • १८ फाल्गुन २०७६, आईतवार ०६:२९
  • ५१५७

    मेक्सिकोमा पनि भेटियो कोरोना संक्रमण

    मेक्सिको सिटी : मेक्सिकोका स्वास्थ्यमन्त्रीले कोरोना भाइरसबाट तीनजना मेक्सिकन संक्रमित भएको बताएका छन् । कोरोना भाइरसको संक्रमण देखिएको मेक्सिको दोस्रो ल्याटिन अमेरिकी देश हो ।

    एकैचोटि तीनजना मेक्सिकन नागरिकलाई कोरोना भाइरस भेटिएको चिकित्सकहरुले पुष्टि गरेका हुन् । तीमध्ये दुई मेक्सिकन सिटीका र एक उत्तरी राज्य सिनालोआका हुन् ।
    उनीहरु तीनैजना इटालीको उत्तरी क्षेत्र भ्रमण गरेको बुझिएको छ ।

    साथै उनीहरु तीनैजना एकै तरिकाबाट संक्रमित बनेको हुनसक्ने बताइएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै मेक्सिन सरकरले यसबारे जानकारी दिएको हो । संक्रमित हुनेहरु एकजना ३५ वर्षीय, ४१ वर्षीय र अर्का ५९ वर्षीय पुरुष रहेको बताइएको छ ।

    मलेसियन राजाले नियुक्त गरे नयाँ प्रधानमन्त्री


    क्वालालम्पुर : मलेसियाका राजाले नयाँ प्रधानमन्त्रीको रुपमा मुहिद्धीन यसीनलाई नियुक्त गरेका छन् । पछिल्लो राजनीतिक संक्रमणका बीच सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

    यसअघि गृहमन्त्री बनिसकेका मुहिद्धीन बर्सातु पार्टीका अध्यक्ष समेत हुन् । यही आइतबार उनले सपथ ग्रहण गर्ने कार्यक्रम छ । महाथिर मोहम्मदले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि मलेसियामा राजनीतिक अन्योल सुरु भएको थियो ।

    अमेरिकामा हुने एसियाली सम्मेलन कोरोनाका कारण स्थगित


    वासिङ्टन : आगामी महिनामा लस भेगासमा हुने भनिएको दक्षिण पूर्वी एसियाली राष्ट्रहरुको सम्मेलन कोरोना भाइरस संक्रमणको त्रासका कारण स्थगित भएको छ । ‘साउथ इस्ट एसियन नेशन्स, एसियन’को क्षेत्रीय सम्मेलन स्थगित भएको अमेरिकी उच्च अधिकारीहरुले यही शुक्रबार जानकारी दिएका हुन् ।

    अमेरिकी अधिकारीहरुले उक्त सम्मेलन कोरोना भाइरसको भयका कारण स्थगित गरेको बताएका छन् । आगामी मार्च १४ मा हुने भनिएको उक्त कार्यक्रमको नेतृत्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गर्ने भनिएको थियो ।

    साथै दक्षिण पूर्वी एसियाली नेताहरु सामेल हुने उक्त कार्यक्रमलाई एक महत्वपूर्ण क्षेत्रीय सम्मेलन मानिन्छ । यस सम्मेलन गत वर्ष थाइल्याण्डको बैंककमा भएको थियो ।

    अमेरिका-तालिबान वार्तासँगै रोकियो १८ वर्षे युद्ध


    काबुल : अन्ततः अमेरिका र तालिबानबीच शान्तिवार्ता भएको छ । कतारको दोहामा शनिबार दुबै पक्षले संयुक्त हस्ताक्षर गरेका हुन् । यससँगै अफगानिस्तानमा तैनाथ अमेरिकी सेना फिर्ता गरिनुका साथै १८ वर्षे युद्ध रोकिएको छ ।

    अफगानिस्तानका लागि अमेरिकी विशेष प्रतिनिधि जाल्मे खाजिलजाद र तालिबान नेता मुल्लाह अब्दुल घानी बरादारले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यस सहमतिलाई ऐतिहासिक घटनाको रुपमा दुबै तर्फबाट अथ्र्याइएको छ । सम्झौता अनुसार अब १४ महिनाभित्र अमेरिकी सेना फिर्ता भइसक्ने छन् ।

    शान्तिवार्ताको समारोहमा दोहामा शनिबार ५० देशका प्रतिनिधि सहभागी थिए । २००१ सेप्टेम्बर ११ का दिन अमेरिकाको ट्रेड टावर ध्वस्त पारेपछि जर्ज डब्लु बुस नेतृत्वको अमेरिकी सरकारले अफगानिस्तानमा हमला सुरु गरेको हो ।

    गुगलले मनायो ‘लिप डे’


    वासिङ्टन : गुगलले आज डुडलको साथमा लिप डे मनाइरहेको छ । लिप डे हरेक चार वर्षमा एक पटक, फब्रुअरी २९ को दिन आउने गर्छ । लिप डे ग्रीगोरियन पात्रोसँगै विभिन्न स‌ौर्य पात्रोहरुले मनाउने दिन हो ।

    सन् २०२० लिप इयर हो, जसमा ३६६ दिन छ। चार वर्षमा एकपटक एकदिन अधिक हुनेगर्छ । यो एक अधिक दिनलाई लिप डे भन्ने गरिन्छ । ग्रीगोरियन पात्रोमा ती वर्ष जुन १०० ले भाग गर्न मिल्छ तर ४०० ले भाग गर्न मिल्दैन, ती वर्षमा लिप डे हुँदैन। लिप डे पहिलो पटक ४६ बी. सी. मा जुलियस सिजरले जुलियन पात्रोमा समावेश गरेका थिए।

    सूर्यको वरिपरि पृथ्वीको परिक्रमा गर्न ३६५ दिन ६ घण्टा लाग्छ। बढी भएको सो ६ घण्टा ४ वर्षको अवधिमा २४ घण्टा भइ एक दिन क्षतिपूर्तिको रुपमा लिप डे हुने गर्छ।

    कोरोना त्रासले साउदीमा पर्यटक भिसा बन्द


    साउदी अरेबिया : विश्वभर तिव्र गतिमा कोरोना भाइरस संक्रमणपछि साउदी अरेबियाले आपत्कालीन अवस्था भन्दै पर्यटक भिसा बन्द गरेको छ। उसले हवाईसेवा पनि बन्द गरेको छ।कोरोनाप्रभावित मुलुकबाट आउने पर्यटकका लागि अहिले प्रतिबन्ध लगाइएको साउदी सरकारले जानाएको छ। उसले इस्लाम धर्मावलम्बीको सबैभन्दा पवित्र स्थल मक्का र मदिनालगायत धार्मिक स्थान भ्रमणका लागि विदेशीको आगमनमा प्रतिबन्ध लगाउनुका साथै पर्यटक भिसा नदिने निर्णय गरेको हो।

    उमराका लागि वर्षभर लाखौं व्यक्ति साउदी आउँछन्। हजका बेला पर्यटकको संख्या बढ्ने भएकाले संक्रमणलाई ध्यान दिँदै साउदीले यो निर्णय लिएको हो। साउदी सरकारको सेल्स टिमले बिहीबार विज्ञप्ति निकाल्दै भाइरस नियन्त्रण गर्न भिजिट भिसामा चीन, जापान, थाइल्यान्ड, मलेसिया, इन्डोसिया, दक्षिण कोरिया, इरान, इजिप्ट, पाकिस्तान, भारत, यमनलगायत मुलुकको नामै तोकेर पर्यटक भिसा उपलब्ध गराउन नसक्ने उल्लेख गरेको छ। साउदीले मुलुकभित्र पनि उच्च सतर्कता अपनाएको जनाएको छ। साउदीमा कोरोना संक्रमण नदेखिए पनि पहिले नै सचेतता देखाइएको हो।

    इस्लाम धर्मअनुसार मक्कामा पैगम्बर मोहम्मदको जन्म भएको थियो। मदिनामा उनको अन्तिम संस्कार गरिएका कारण पनि त्यो स्थानमा संसारभरका मुस्लिम पुग्छन्। साउदीले अक्टोबरयताको ६ महिनामा ५ लाख विदेशीलाई प्रवेशाज्ञा उपलब्ध गराएको छ।

    सम्पूर्ण मुस्लिमले विश्वास गरी मक्का मदिनामा गरिने उमरा र हजका लागि आवतजावातलाई केही समयका लागि बन्द गरिएको छ। ट्राभल एजेन्सीलाई पनि यो सूचना जानकारी गराइएको छ। विभिन्न मुलुकबाट आउने आफ्ना नागरिकलाई आईडी कार्ड देखाई आफ्नोमा प्रवेशका लागि उसले आग्रह गरेको छ।

    विश्वमा कोरोनाबाट संक्रमित व्यक्तिको संख्या ८३ हजार पुगेको छ। चीनको वुहानबाट फैलिएकोले त्यहाँ अत्यधिक प्रभावित थिए। त्यो अहिले सर्दै विश्वका मुलुकमा देखिन थालेको हो। गर्मी हुने मुलुकमा नदेखिने भनिए पनि पहिले नै सतर्कता अपनाइएको बताइएको छ। सन् २०१९ को डिसेम्बरमा चीनको हुपैको वुहान सहरबाट उक्त भाइरस संक्रमण आरम्भ भएको हो। यो संक्रमण बढ्दै जाँदा हुपै प्रान्तमा रहेका नेपालीलाई काठमाडौं ल्याएर क्वारेन्टाइनमा राखिएको छ। साउदी अरेबियामा सतर्कता अपनाउन थालेपछि यहाँ रहेका नेपाली पनि हुलमुलमा नजाने र काम–घर मात्र गरिरहेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑