• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोनाका कारण विश्वभरका व्यवसाय प्रभावित

  • वीरगंज संजाल
  • १८ फाल्गुन २०७६, आईतवार ०६:१६
  • ४१६७

    एजेन्सी । अहिले अष्ट्रेलियाको पश्चिमी समुद्र छेउमा ‘लब्सटर्स’ को थुप्रो ट्याङकमै थन्किएको अवस्थामा छ किनकि यसका सबै मुख्य बजार हाल कोरोनाका कारण बन्द छन् । त्यस्तै अमेरिकाको न्यु जर्सी स्थित एउटा बुटिकले विवाहका पहिरनको अर्डर पूरा गर्न नसकिरहेको गुनासो गरेको छ । यता लन्डनमा पनि ‘विग’ अर्थात नक्कली कपाल र हेयर एक्सटेन्सन निर्माण गर्ने लगायतका साना व्यापारीहरुले कच्चा पदार्थको सप्लाइ पर्याप्त नभएको बताइरहेका छन् ।

    यसरी नयाँ कोरोना भाइरसले चिनियाँ अर्थतन्त्र मात्र नभएर विश्वभरका सानाठूला सबै व्यवसायलाई नराम्ररी प्रभाव पारिरहेको छ । यसमा विशेषगरी सवारी, प्रविधि, ऊर्जा र पर्यटन उद्योगहरु मारमा परेका छन् भने विश्वका सबै कुनामा दैनिकीका हिस्सा रहँदै आएका ससाना व्यापारीहरुले पनि कारोबारमा ठूलो अवरोध झेल्नु परिरहेको छ । जस्तै कि हामीले दैनिक खाने खाना, गर्ने काम, लगाउने लुगा  सबैले विश्व अर्थतन्त्रमा चीनको कति ठूलो भूमिका छ भन्ने याद दिलाइरहेको विज्ञहरु बताउँछन् ।

    यसरी पश्चिम अष्ट्रेलियामा माछाको सिजन सुरु हुनै लाग्दा ‘गेराल्डटन फिसरमेन्स’ को–ओपरेटिभले आफ्नो सबैभन्दा विशेष ‘रक लब्सटर्स’ ल्याउन बन्द गरेको छ जुन यसले लुनार नयाँ वर्षका लागि चीनलाई निर्यात गर्ने गरेको थियो । अहिलेको समय यस उद्योगका लागि सबैभन्दा व्यस्त हुने गर्दथ्यो । तर हाल यसको माग शुन्यमा झरेको कम्पनीका प्रवक्ता सन मेकनेसले सिएनएनसँग बताए । उनी भन्छन्, “अहिले हाम्रो उद्योगमा जिउँदा उत्पादनहरु ट्याङ्कमै थन्किएर बसेका छन् । यसरी कोरोना भाइरसले चिनियाँहरुमा पारिरहेको भयानक असरबारे हामीले सायदै कल्पना गर्न सक्छौँ होला तर हाम्रो उद्योगले भने आर्थिक रुपमा सो असर महसुस गरिरहेको छ ।”

    उक्त कम्पनीले हरेक वर्ष ६,६०० टन लब्सटर पकड्ने गरेको थियो जसमध्ये ९० प्रतिशत चीनमा निर्यात गर्ने गरिएको बताएको छ । तर योपटक भने उनीहरुले सबै मछुवाराहरुलाई लब्सटर ल्याउन बन्द गर्न भन्न बाध्य भएको बताए । किनकी उनीहरुसँग त्यसलाई विक्री गर्न अहिले उपयुक्त बजार छैन । त्यसैले यसको मूल्य विस्तारै स्थिर हुँदै गएपनि अझै प्रति किलो तीस डलर रहेको छ जुन औसत मूल्य को आधा मात्र हुन्छ ।

    एसओएस चाइना इन्सटिटिउटका निर्देशक स्टिभ साङका अनुसार कोरोनाले विश्वव्यापी अर्थतन्त्रमा पुर्याएको कूल क्षतिको वास्तविक आङ्कलन लगाउन असम्भव छ । किनकी चीनमा मात्र अनगिन्ती उद्योगहरु अहिले सञ्चालन विहिन अवस्थामा छन् । जस्तै केही समय अगाडि एप्पल एक्लैले मात्र रातारात ३४ अर्ब डलर बराबरको बजार भाउ गुमाउनु परेको थियो ।

    यसरी विश्व अर्थतन्त्रमा चीनको आजको स्थान मूल्याङ्कन गर्न सकिँदैन जसको पहिलो सुरुवात १९७० को दशकमा देङ जिओपिङले गरेका थिए । त्यस समय चीनको अर्थतन्त्र आजको उत्तर कोरियाको जस्तै थियो । प्राविधक, औद्योगिक लगायत सबै क्षमतामा उनीहरु पछाडि थिए । तर देङले चीनका लागि नयाँ महत्वाकांक्षी लक्ष्यको बाटो खोलिदिए । जसकारण नै आज चीन र अमेरिकाबीचको आर्थिक अन्तर कम हुँदै गइरहेको छ । यस प्रभावशाली बदलावले नै चीनका ८० करोड मान्छेलाई गरिबीबाट बाहिर निकाल्न सकेको विश्वबैंकको डाटाले देखाएको छ । सीएनएनबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑