• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रेम

  • वीरगंज संजाल
  • १७ फाल्गुन २०७६, शनिबार १२:०३
  • ११६९१

    इभान तुर्गनेभ

    सिकारबाट फर्कंदै गर्दा म बगैंचाको बीचबाट बनेको बाटोमा हिँडिरहेको थिएँ । मेरो कुकुर मभन्दा अघिअघि दौडिरहेको थियो । अचानक उसले आफ्नो रफ्तार कम ग¥यो र विस्तारै हिँड्न थाल्यो, मानौं उसले सिकार सुँघेर पत्ता लगाएको छ । मैले बाटोको किनारातर्फ ध्यानपूर्वक हेरेँ । मेरो दृष्टि भँगेराको सानो बच्चामाथि पर्न गयो, जसको चुच्चो पहेँलो र शीर कमलो रौंले भरिएको थियो । तीव्र गतिमा चलिरहेको हावाले बगैंचाका रुखहरुलाई हल्लाइरहेको थियो । बच्चा गुँडबाट बाहिर खसेको थियो । र, आफ्नो अर्धविकसित पँखेटा फट्कार्दै असहाय जसरी बसिरहेको थियो ।

    कुकुर विस्तारै त्यसको नजिक पुगिसकेको थियो । त्यसैबखत नजिकै रहेको रुखबाट कालो छाती भएकी बूढी भँगेरी कुकुरको मुखैसामु कुनै ढुङ्गा जसरी ओर्लन पुगी । उसले दयनीय तथा हृदयस्पर्शी ढङ्गमा वरिपरि घुम्दै चिँचिँचुँचुँ गर्दै कुकुरको दाँतको छेउछाउमा ठुङ्न थाली ।

    बूढी भँगेरी बच्चालाई बचाउन कुकुरलाई झम्टिरहेकी थिई र आफ्नो पँखेटाले उसलाई सकेसम्म छोपिरहेकी थिई । तर कुकुरको डरले ऊ काँपिरहेकी थिई । उसको आवाज फाटिन पुग्यो र बन्द हुन पुग्यो । उसले बच्चाको रक्षाका लागि आफैंले आफूलाई मृत्युको मुखमा झोसिदिएकी थिई ।

    उसलाई कुकुर जत्ति नै भयङ्कर जनावर लागेको भए पनि ऊ आफ्नो गुँडमा बसिरहन सकिन । आफूलाई जोगाउने इच्छाभन्दा पनि ठूलो ताकतले उसलाई गुँडबाट तल ओरालिदिएको थियो । मेरो कुकुर (टेजर) रोकियो, पछि हट्यो…यस्तो लाग्थ्यो– उसले पनि त्यो ताकत महसुस गरेको थियो ।
    मैले कुकुरलाई फिर्ता आउन भनेँ र सम्मानपूर्वक पछि हट्न आदेश दिएँ । होइन, नहाँस्नोस् । मलाई ती विराङ्गना पन्छीप्रति, उनको प्रेमको आवेगप्रति श्रद्धा उत्पन्न हुन पुगेको छ ।

    मैले सोचेँ, प्रेम मृत्यु र मृत्युको डरभन्दा कयौं गुणा बढी शक्तिशाली छ । केवल प्रेममा नै जीवन टिकेको छ र अगाडि बढिरहेको छ ।

    (तुर्गनेभ प्रख्यात रुसी साहित्यकार हुन् । रुसमा १८१८ मा जन्मिएका यिनको निधन १८८३ मा फ्रान्समा भएको थियो । ‘फादर्स एन्ड सन्स’ यिनको चर्चित उपन्यास हो । यिनका लघुकथा पनि उत्तिकै चर्चित छन् । पश्चिमा साहित्यतर्फ ढल्किएको भन्दै रुसी लेखक फ्योदर दोस्तोयब्स्की र टोल्सटोयले यिनको विरोध गरेका थिए । फ्रान्सेली लेखक गुस्ताभ फ्लबर्टसँग यिनको घनिष्ट मित्रता थियो ।)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा
  • कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?
  • शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान
  • ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    सुकुम्बासीलाई सुरक्षित बनाउन खोजिएको हो : बालेन

    निर्वाचन सर्दैन, तोकिएकै मितिमा हुन्छ : प्रधानमन्त्री कार्की

    बालेन्द्रले मात्रै प्रयोग गर्ने गरेको महानगरको लिफ्ट सर्वसाधारणका लागि खुला

    ११ वर्ष से फरार हत्या आरोपी सिराहा से गिरफ्तार

    अमेरिका र भारतबीच ‘व्यापार सम्झौतामा सहमति’

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    News

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    News

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    News

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    News

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑